काठमाडौँ । पूर्वमिस नेपाल माल्भिका सुब्बाले सम्बन्ध विच्छेद बेला आफुले रित्तो महसुस गरेकाे बताएकी छन् । श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकाे कुरा सार्वजानीक भए सँगै उनले यस्ताे बताएकी हुन् ।
अभिनेत्री प्रियंका कार्कीको 'द फोर्थ ट्राइमेस्ट' नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि नै श्रीमानसँग सम्बन्ध विच्छेद गरेको बताएकी थिइन् । तर आफूले सम्बन्ध विच्छेद गरेर पछुतो भने नलागेको उनकाे भनाइ छ । उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताइन् ।
सुब्बाले भनेकी छन्, 'मैले सम्बन्ध विच्छेद गर्दा केही लिइनँ। मलाई केही चाहिँदैन, बच्चाको लागि मात्र हेरिदेऊ भनेँ । हामीले समझदारीमै छोराको को-कस्टडी गर्ने निर्णय लियौं। सम्बन्ध विच्छेद गरेर पछुताएको होइन तर त्यति बेला मैले रित्तो महसुस गरेँ।'
विवाहको केही समयसम्म ठीकठाक चले तापनि आफू गर्भवती भएदेखि सम्बन्धमा दरार सुरु हुन थालेको माल्भिकाको भनाइ छ । गर्भावस्थामा आफूले श्रीमानबाट पर्याप्त साथ नपाएको उनले बताएकी छन् । आफूहरुको अन्तरजातीय विवाह भएका कारण पनि समस्या उब्जिएको उनले बताएकी छन् । दुई परिवारको संस्कृति र परम्परामा धेरै फरक भएकाले पनि समस्या उब्जिएको उनको भनाइ छ।
श्रीमानसँग सम्बन्ध बिग्रिएपछि आफूले एक्लै छोरा हुर्काउनु परेको बताएकी छिन् । छोरा २ वर्षको भएपछि आफूले श्रीमानको घर छाडेको उनले बताइन् । यो उनको एकल निर्णय थियो।
आफूले घर छाड्दा माइतीले पनि साथ नदिएको र त्यसबेला आफूलाई २-३ जना साथीहरुबाहेक कसैको सपोर्ट नगरेको बताएकी छन्।
डिभोर्स पछि छोरालाई दुवैले ‘को प्यारेन्टिङ’ गरेर हुर्काइरहेको र श्रीमानसँग सम्पत्ति केही पनि नलिएको माल्भिकाको भनाइ छ । माल्भिकाले ३ वर्षको प्रेम सम्बन्धपछि रियाज श्रेष्ठसँग २०६९ सालमा विवाह गरेकी थिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: