काठमाडौं । कैलालीमा अनुमति नलिइ अवैध रुपमा मेडिकल र क्लिनिक सञ्चालन गर्ने ६ जना पक्राउ परेका छन् । औषधि व्यवस्था विभाग नेपालगन्जका फार्मेसी अधिकृत दीपेन्द्रकुमार शाह र जिल्ला प्रहरी कार्यालयका संयुक्त टोलीले सोमबार २ जना र बिहीबार ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धनगगढी उपमहानगरपालिका३, बोराडाँडीस्थित अर्जुन क्लिनिकका सञ्चालक अर्जुन कुँवर, देवरीयाकी २१ वर्षीया कमला बोहरा, एभरेस्ट मेडिकलका सञ्चालक अमर चौधरी, मानवी फार्मेसीका सञ्चालक नवीन धामी, फारवेस्ट प्याथलोजीका सञ्चालक दीपक महरा र रेस्मी क्लिनिकका सञ्चालक गोरखबहादुर श्रेष्ठ रहेका छन् ।
अनुमति नलिएका, सिफारिस गर्न नमिल्ने औषधि बिक्री, क्लिनिक सञ्चालनका मापदण्ड पनि पूरा नगरेका गैरकानुनी रूपमा चिकित्सकीय सेवाको दुरुपयोग गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यस यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: