सिरहा । सिरहामा भाडाको भैँसी अनुदानमा बाँड्ने सहकारीलाई कारबाही गरिएको छ । जिल्लाको औरही गाउँपालिकावडा नं.४ स्थित खजनपुर सहकारी संस्थालाई कारबाही गर्ने निर्णय गरिएकाे हाे ।
सहकारीले भाडामा भैँसी ल्याएर अनुदानको भन्दै किसानलाई वितरण गरेकाे थियाे । गाउँपालिकाका अध्यक्ष शिवजी यादवले वडा नं.४ स्थित खजनपुर सहकारी संस्थालाई कानुनबमोजिम कारबाही गर्ने र भुक्तानी नदिने निर्णय गरेको गरेकाे बताए ।
गत आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले सहकारीलाई कारबाही गर्ने निर्णय गरिएको जनाइएको छ । सहकारीले भैँसी वितरणमा अनियमितता गरेकाले उक्त सहकारीलाई भुक्तानी नदिने र कालो सूचीमा राख्ने निर्णय गाउँपालिकाले गरेको गाउँपालिकाका अध्यक्ष यादवकाे भनाइ छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गाई÷भैँसी साना व्यावसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रमका लागि उक्त सहकारीलाई गाउँपालिकाले छनोट गरेको थियो । उक्त कार्यक्रमका लागि २५ लाख बजेट थियो । जसमा १५ लाख भैँसी वितरण र १० लाख औषधि, च्याप कटर, दूध राख्ने भाँडो, घाँसको बीउ वितरणका लागि छुट्याइएको थियो ।
वितरण गर्ने भैँसी उन्नत जातको १ लाख ५० हजार बराबरको हुनुपर्ने र कूल रकमको ५० प्रतिशत किसानले व्यहोर्ने सम्झौता गाउँपालिका र सहकारीबीच भएको थियो । तर कार्यक्रम गर्दा उन्नत जातको २० वटा भैँसी वितरण गर्नुपर्नेमा व्यापारीबाट ३ हजारका दरले भाडामा ल्याएको १७ वटा लोकल भैँसी मात्र १७ किसानलाई बाँडेर उक्त सहकारीले गाउँपालिकाबाट भुक्तानी लिन खोजेको थियो ।
भाडाको भैँसी किसानलाई बाँडेको र पुनः फिर्ता लिएको आरोप लागेपछि गाउँपालिकाले छानबिन समिति समेत बनाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: