दाङ । दाङमा महिलामाथि सामूहिक बलात्कार प्रयास गर्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिकल चौधरी, अबिशेक परियार र दुर्गा केसी रहेका छन् ।
तुलसीपुरकी रमिता खत्री(परिवर्तित नाम) बुधबार बेलुकी दाइ नाता पर्नेसँग जसपुर आफन्तको घरबाट फर्कँदै गर्दा घटना घटेकाे थियाे । बेलुकीको करिब पौने ७ बजे तुलसीपुर १२ गुहार खोला किनारमा थकाई मार्न बसिरहेका थिए । यत्तिकैमा ३ जना युवा आएर उनीसँगै रहेका आफन्तलाई हेल्मेटले टाउकोमा प्रहार गर्दै बन्धक बनाए । अनि महिलालाई अलिपर झाडीमा लगेर निबस्त्र बनाई बलात्कार गर्ने प्रयास गरे । तीनै जनाले पालैपालो बलात्कार गर्ने प्रयास गरेपछि महिला चिच्याउँदै हारगुहार गरिन् ।
महिला चिच्याएको आवाज सुनेपछि गाउँलेले बलात्कार हुनबाट बचाए । गाउँले आउनुपुर्व नै उनीहरूले महिलाको साथबाट सुनको सिक्री र मोबाइल लुटिसकेका थिए । महिलालाई बलात्कार हुनबाट जोगाएका गाउँलेले घटना संलग्न भएका तिकल चौधरी, अबिशेक परियार र दुर्गा केसीलाई प्रहरीको जिम्मा लगाएको स्थानीय टोपबहादुर बुढाथोकीले जानकारी दिए ।
इप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक पर्वत केसीका अनुसार पक्राउ परेकाहरू २० देखि २५ वर्ष उमेर समुहका छन् । बुधवार बेलुकीको घटना भएपनि आज मात्रै किटानी जाहेरी परेकाले सामूहिक बलात्कार प्रयास र डाँकाचोरी मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई म्याद थपका लागि दाङ जिल्ला अदालत घोराही लगिएको छ ।
पक्राउ परेका तीनै जना तुलसीपुर १२ टरीगाउँका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: