विराटनगर । सर्वोच्च अदालतले उद्धव थापाको नियुक्ति बदर गरेपछि आफू कामचलाउ मुख्यमन्त्री भएको दाबी गरेका नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री कार्यालय फर्कन गाडी कुरेर बसेका छन् ।
काठमाडौंबाट फर्किएर कार्यालय जान खोजेका कार्कीलाई लिन प्रदेश प्रमुख सचिवले मुख्यमन्त्रीले प्रयोग गर्ने गाडी नपठाए पछि निजी निवास पुगेका कार्की कार्यालय जानको लागि गाडी कुरेर बसेका हुन् ।
मुख्यमन्त्री कार्यालयलाई शुक्रबार हाजिर हुन आउने जानकारी गराएका कार्कीको सचिवालयले शुक्रबार बिहान विराटनगर एयरपोर्ट गाडी पठाउन भने पनि कार्कीलाई लिन प्रदेश प्रमुख सचिवले मुख्यमन्त्रीले प्रयोग गर्ने गाडी पठाएनन् ।
अर्कै गाडी पठाएपछि कार्की प्रमुख प्रतिपक्षी दलको नेताले प्रयोग गर्ने गाडी चढेर पिपलचोक स्थित निवास पुगे । निवासमा रहेका उनी कार्यालय फर्कन गाडी पर्खिरहेका छन् । प्रमुख सचिवले गाडी पठाएपछि कार्की मुख्यमन्त्री कार्यालय जाने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
उनले अदालतले सुरुकै विन्दुबाट सरकार गठनको आदेश गरेपछि कार्की स्वत कामचलाउ मुख्यमन्त्री भएको दाबी गरे । संघीय सरकारले निर्देशन नदिएका कारण प्रदेशको प्रमुख सचिवले मुख्यमन्त्री चढ्ने गाडी नपठाएको उनले आरोप लगाएका छन् ।
अदालतले स्पष्ट नभनेका कारण मुख्यमन्त्रीले प्रयोग गर्ने गाडी नपठाएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ । प्रदेश प्रमुखको कार्यालयले अदालतको आदेशपछि नयाँ सरकार गठनको आह्वान गरी सकेको छ ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान गरेको हो । साउन १६ गते बेलुका ५ बजेसम्मको समय दिएर सरकार गठनको आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले कामचलाउ मुख्यमन्त्रीका बारेमा केही बोलेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: