दोलखा । दोलखा र रामेछापमा यो वर्षपनि भालुको आतंका सुरु भएको छ । गर्मी मौसम लागेसँगै यी दुई जिल्लाको विभिन्न क्षेत्रमा भालुले मानिसलाई आक्रमण गर्न थालेको हो ।
यो वर्ष लागेपछि दोलखा र रामेछापमा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । असार अन्तिममा भालुको आक्रमणबाट रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ का एक पुरुष गम्भीर घाइते भएका थिए ।
उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको सिमानामा पर्ने चित्रे पोखरीमा दुई वटा भालुले आक्रमण गर्दा उमाकुण्ड–२ का ४७ वर्षीय पासाङ लामा गम्भीर घाइते भएको स्थानीयले बताएका छन् ।
गौरीशंकर संरक्षण क्षेत्रभित्र र सोको आसपासका क्षेत्रमा भालुले धमाधम स्थानीय नागरिकलाई आक्रमण गरेपछि घटनाको सबै जिम्मेवारी संरक्षण क्षेत्रले लिनुपर्ने स्थानीय बताउँछन् ।
आतबार मात्रै पनि संरक्षण क्षेत्रमै पर्ने दोलखाको उत्तरी क्षेत्रमा भालुको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । आइतबार विहान करिब साँढे ९ बजे गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याँकुका ५० वर्षीय प्रकाश खड्कालाई भालुले आक्रमण गरेको हो ।
वडाध्यक्ष युगबहादुर बस्नेतका अनुसार उनलाई जंगलमा खाँबा काट्न गएका बेला भालुले आक्रमण गरेको थियो । आक्रमण परि सामान्य घाइते भएका उनलाई उपचारका लागि काठमाडौं पुर्याइएपनि अहिले अवस्था सामान्य रहेको छ ।
गौरीशंकर संरक्षण क्षेत्र र संरक्षण क्षेत्र र आसपास पर्ने क्षेत्रमा वर्षेनी भालुले मानिसलाई आक्रमण गर्दै आएको छ । गत वर्ष र अघिल्लो वर्ष पनि केही मानिसहरु आक्रमणमा परि घाइते भएका थिए । अघिल्लो वर्ष जिरी नगरपालिका वडा नम्बर ९ मा एकै परिवारका दाजुभाई भालुको आक्रमणमा परि गम्भीर घाइते भएका थिए ।
विशेषगरी वैशाखदेखि साउनसम्म भालु आहारको लागि हिमाली क्षेत्रबाट तल्लो पहाडी भेगमा आउने गरेका छन् । जलवायु परिवर्तनका कारण पनि भालुले वासस्थान परिवर्तन गर्न थालेका छन् । उनीहरू खास गरी हिमाली भेगमा हिउँ पग्लिँदा तल्लो पहाडी क्षेत्रमा झर्न थालेको छ ।
रामेछापको ठोसे दोर्जेका स्थानीय विपिन कार्कीका अनुसार खास गरी माथिल्लो क्षेत्रमा हिमपात हुन थालेपछि कालो भालु आहारा खोज्दै तल्लो क्षेत्रमा झर्ने क्रमसँगै असोजदेखि मंसिर महिना सम्म पनि भालु आक्रमणका घटना बढी हुने गरेका छन् । सोही क्रममा स्थानीय नागरिकहरु घाँस दाउरामा निस्कँदा आक्रमणमा पर्ने गरेका छन् ।
खास गरी यौन तथा प्रजननको अवस्था, बच्चा हुर्काउने बेला र आहाराको खोजीमा निस्किने क्रममा भालुले मानिसमाथि आक्रमण गर्ने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...




प्रतिकृया लेख्नुहोस्: