काठमाडौं । कोशी प्रदेश सरकार गठनको विषयमा छलफल गर्न प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एकिकृत समाजवादी) का शीर्ष नेता दुवैजना बालुवाटर पुगेका छन ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकिकृत समाजवादी) का नेता माधव कुमार नेपालसहितका शीर्ष नेता केहिबेर अघि प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् । यसअघि शनिबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच कोशी प्रदेशमा सरकार गठनका सन्दर्भमा छलफल भएको थियो ।
आजको बैठकमा प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएरै भए पनि गठबन्धन सरकार गठनबारे छलफल भईरहेको स्रोतले जानकारी दिएको छ । सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्रीमा उद्धव थापालाई निरन्तरता दिने वा अरु कसैलाई बनाउने भन्नेबारे समेत आजको छलफलले जोड दिएको छ ।
आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि सरकार गठनमा भाग दिने गरी छलफल भईरहेको छ ।
प्रतिकृया लेख्नुहोस्: