काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागको टोलीले शनिबार राति टोखास्थित एक फ्याक्ट्रीमा छापा मारेको छ । विभागकाे टालीले तस्कर समूहले खोलेको फ्याक्ट्रीमा रातभर अपरेशन गरेकाे हाे ।
प्रि-फ्याबको घरभित्र सुन गाल्ने र रि-फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने फ्याक्ट्री भेटिएपछि छापा मारेर सिल गरिएको विभागका एक उच्च अधिकारीले बताए । उनका अनुसार विभागको टोलीले त्यहाँबाट आगो बाल्नका लागि राखिएका काठका धुलोका बोरा, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायतका सामान बरामद गरेको छ ।
यो सुन तस्करको समूह सोचेभन्दा निकै ठूलो देखिएकाे र राजधानीमा अर्कै फ्याक्ट्री खोलेर सुनलाई अर्कै स्वरुपमा परिणत गराउने गरेको देखिएको छ । रातभर छापा हानेर घरमा सिल गरिएकाे विभागका एक अधिकारीले बताए । उनका अनुसार सुन कस्तो स्वरुपमा परिणत गरिन्थ्यो भन्ने खुलिसकेको छैन ।
स्रोतका अनुसार, हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन नेपालसम्म ल्याइएपनि भारतमा त्यहीँ स्वरुपमा लैजाँदा जोखिम हुने भएकाले नेपालमा फेरि रिफ्रेम हुने गरेको आशंका गरिएको छ । अपरेशनमा खटिएका अधिकारीहरुका अनुसार, टोखाको फ्याक्ट्री र त्यहाँबाट बरामद सामानहरु हेर्दा यो गिरोहले ठूलो परिणामको सुन गालेर लगेको हुनसक्ने देखिएको छ ।
राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसता हालसम्म यो प्रकरणमा विभागले १८ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार मात्रै विभागको टोलीले ठमेलस्थित होटल भियनामा छापा मारेर एक जना नेपाली मुलका बेल्जियमका नागरिकलाई पक्राउ गरेको छ ।
हालसम्म पक्राउ परेकामध्ये एक आरोपीको बयानका आधारमा विभागको टोलीले यो फ्याक्ट्रीसम्म पुगेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: