ललितपुर । ठूला मिटरब्याजीविरुद्ध ललितपुर प्रशासनले कारबाही सुरु गरेकाे छ । अनुचित लेनदेनक आयोग गठन भएलगत्तै ललितपुरमा मात्र दुई सयभदा बढी मिटरब्याजपीडितले उजुरी दिएका थिए ।
ललितपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनेमा देशकै सबैभन्दा ठूलो मुद्दा देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले दर्ता गराएका थिए । उनले १५ जना मिटरब्याजीविरुद्ध पाँच अर्ब ४० करोडबराबरको मुद्दा ०८० असार १२ गते जिप्रका ललितपुरमा दर्ता गराएका थिए। सो मुद्दामा ०८० साल असार २५ गतेदेखि छानबिन सुरु भएको थियो । छानबिन सुरु भएलगत्तै दुईजना मिटरब्याजीले चलनचल्तीभन्दा बढी लगेको ब्याज फिर्ता गरेको मिटरब्याजीपीडित चौलागाईंले बताए।
उनले उजुरी दिएकामध्ये बाँकी १३ जनासँग ठूलो कारोबार भएको कारण छानबिन गर्न समय लागेको बताए । चौलागाईंले दर्ता गरेको मुद्दामा सबैभन्दा धेरै कारोबार पुल्चोकका रोविन महर्जनसँग भएको पाइएको छ । उनीसँग करिब चार अर्ब करोबार भएको चौलागाईंले बताए ।
विवरण हेर्दा रोविन महर्जनले चौलागाईंलाई दिएको कारोबार ६० करोड छ भने उनले चौलागाईंसँग चार अर्ब बराबर बैंकमार्फत लिएको देखिएको छ । सामान्य जग्गाको कारोबार गर्ने रोविन महर्जनको तीन वर्षयता करिब ६ अर्ब सम्पत्ति थुप्रिएको स्रोतको दाबी छ । मिटरब्याजीपीडितका अनुसार रोवनको ललितपुर सैबु भैँसेपाटी आवासभित्र तीनवटा घर, करिब ५० करोड मूल्यबराबरको सातदोबाटोमा २० आनामा आलिसान घर, करिब ३० करोडको बी एन्ड बी अस्पतालसँगै १७ आना जग्गा, २५ करोडबराबरको झम्सीखेलमा २३ आनामा आलिसान दरबार (जो ५५ करोडभन्दा बढीको छ, जहाँ उनी आफैँ बस्ने गरेका छन् ), झम्सीखेल डिएभी स्कुल मेनरोडमा २५ आनामा करिब ६० करोडको जग्गा, बखुन्डोल चैतन्य स्पा ३२ आनामा करिब ५० करोडको स्पा, सानेपामा १० आना जग्गा, इमाडोलमा १० आना जग्गामा घर छ।
उनको व्यापारका नाममा सम्राट मार्केटिङ नाम गरेको छोराको नाममा कम्पनीसमेत छ । उक्त कम्पनीमा माछापुच्छ्रे बैंकले चार करोड कर्जा दिएको छ । रोविन महर्जनको पुच्व: नाम गरेको सहकारी पनि छ। कुमारीपाटी पञ्चशील सहकारी, ज्योतिपुञ्ज सहकारी, पुच्व: सहकारीमा उनले ठूलो कारोबार गरेको देखिन्छ ।
जिल्ला प्रशासन कार्यालयले रोविनको सबै कारोबार मागिसकेको छ। उनको बैंक र सहकारी गरेर करिब सात अर्बजतिको कारोबारको कागजपत्र फेला परेको प्रशासन कार्यालयले जनाएको छ । यस्तै, ०८० सालमा समस्यामा परेको गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ अहिले जेलमा रहेका छन् । उनको नाममा पनि कारोबार देखिएका कारण उनलाई बयान दिनका लागि जिप्रका बोलाइएको थियो।
दिवाकर श्रेष्ठले पनि रोविन महर्जनले दुई अर्ब मिटरब्याजमा लिएकाले आफ्नो सहकारीको पैसा फिर्ता दिन नसकेर जेल परेको बताउने गरेका छन् । रोविनलगायत अरू १२ जना रवि महर्जन, विज्ञान भारी, देवेन्द्र आचार्य, मोहन घिमिरे, सुमन महर्जन, सञ्जय अधिकारी, रुविन महर्जन, सीताराम राउत, विवेक केसी, आशिष प्रधान सबै मिटरब्याजी पुष्टि भएको जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: