काठमाडौं । शुक्रबार ग्राफसहित एलन मस्कले एक ट्वीट गर्दै ट्वीटरको मासिक प्रयोगकर्ताको ग्राफ सार्वजनिक गरेकाे छ ।
ग्राफअनुसार ट्वीटर को मासिक प्रयोगकर्ताको सङ्ख्या ५४ करोड पुगेको देखिन्छ । कम्पनीमा धेरै कुरा परिवर्तन गरिरहेको र मेटाले हालै सुरु गरेको थ्रेड्ससँग प्रतिस्पर्धाको सामना गरिरहेको बेला मस्कले यस्तो लेखेका हुन् । मस्कले एक्स (ट्वीटर) खरिद गर्नुअघि यसमा २२ करोड ९० लाख मासिक सक्रिय प्रयोगकर्ता रहेको थियो ।
तर, जब मस्कले आफ्नो हातमा ट्वीटर ल्याए, त्यसपछि उनले ट्वीटरको नाम र लोगो परिवर्तन गरे, विभिन्न सःशुल्क फिचर थप्ने, कर्मचारी कटौती गर्ने जस्ता कामहरु गरे। जसले गर्दा ट्वीटर किनेको ९ महिनामै दोब्बरभन्दा बढी संख्याले ट्वीटरको प्रयोगकर्तामा वृद्धि आएको विश्वास गरिन्छ ।
प्रतिकृया लेख्नुहोस्: