पर्सा । रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नुपरेको हो ।
किसानले खेतमा पानी लगाउन दमकलको चर्को मूल्य तिर्न बाध्य छन् । रोपिएको धान पनि हुन्छ की हुँदैन भनेर किसान चिन्तित छन् । डिजलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा रु चार सय तथा बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा रु तीन सय तिर्नु परिरहेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले जानकारी दिए ।
गण्डक नहरमा पानी छैन । स्थानीय तहले कुलो सफा नगर्दा किसान मारमा छन् । उनीहरु दमकलको भरमा खेतमा पानी हाल्न बाध्य छन् । “आकासे पानी अभावमा रोपाइँ गर्न ढिला हुँदा यसवर्ष बाली उत्पादन घट्ने अवस्था छ”, पर्साको जगतपुरका सुरेशप्रसाद पटेलले भने । गत वर्ष पानीको सुविधा भएपनि मल उपलब्ध नगराउँदा समस्या भएको थियो । यसवर्ष सरकारले बेलैमा मल उपलब्ध गराए पनि वर्षा नहुँदा किसानलाई समस्या भएको छ ।
पर्सामा साउनको दोस्रो साता वित्दा समेत ५० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए । ग्रामीण भेगमा आकासे पानी नपरेकाले रोपाइँ गर्न ढिला भएको र उत्पादनमा कमी आउने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - ११:४३
विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । मोरङको रंगेली नगरपालिका २ घर भई काठ...
पौष २५ गते, २०८१ - ११:२७
काठमाडौं। महुली लघुवित्तले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगरी उक्त नाफालाई सञ्चित गर्ने भएको छ । क...
पौष २५ गते, २०८१ - ११:१२
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँ...
पौष २५ गते, २०८१ - १०:५९
काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ३.२६ अंकले बढेको छ । यससँगै सूचक २६५६.४९ विन्दुमा आएको छ । २९ लाख ७९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ...
पौष २५ गते, २०८१ - १०:४८
मुम्बई। भारतमा एक चोरको अनौठो काम सार्वजनिक भएको छ, जसको बारेमा थाहा पाएर प्रहरी समेत छक्क परेको छ । पीडित महिलाले प्रहरीमा उजुरी दिए पछि यो बिषय ब...
पौष २४ गते, २०८१ - १७:०७
काठमाडौँ। वैदेशिक रोजगारीमा पोल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षी...
पौष २४ गते, २०८१ - १७:००
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगको आवश्यकत...
पौष २४ गते, २०८१ - १६:५३
तुलसीपुर। बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-५ विरेन्द्र चोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको लु.प्र. ०२००१ ख. ४४ नम्...
पौष २४ गते, २०८१ - १६:४५
काठमाडौं। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर...
पौष २४ गते, २०८१ - १६:३६
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ। मन्त्रालयले निजी, ...
प्रतिकृया लेख्नुहोस्: