Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

वन मन्त्रालय अन्तर्गतको निकुञ्ज विभाग: एक वर्षमा के-के काम भए ?

खबरडबली संवाददाता

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत आर्थिक वर्षमा महत्वपूर्ण नीतिगत तथा अन्य महत्वपूर्ण काम भएको जनाएको छ । विभागमा आर्थिक वर्ष २०७९/८० मा विभिन्न नीतिगत निर्णय गरी कार्यान्वयनमा लगिएको, राष्ट्रिय र अन्तर्राष्ट्रिय संरक्षणका कार्यक्रम गर्नाका साथै विभिन्न सहयोग जुटाउन सफल भएको जनाएको छ ।

यस अवधिमा विभागले संरक्षित क्षेत्र व्यवस्थापन रणनीति २०२२/२०३०, वन्यजन्तु अपराध नियन्त्रण आदेश, २०८० र वन्यजन्तु राहत निर्देशिका, २०८० तर्जुमा गरी कार्यान्वयनमा ल्याएकोे छ ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रमलाई आर्थिक वर्षको सुरूमै खर्च गर्नेगरी योजना तर्जुमा गरिएको, राष्ट्रिय निकुञ्ज तथा आरक्षमा काम गर्ने करिब दुई हजार कर्मचारीको दुर्घटना बीमाको व्यवस्था गरिएको विभागको तथ्याङ्क छ । विसं २०७९ साउन २० गतेदेखि यही साउन १० गतेसम्म विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका डा। महेश्वर ढकालले विभागलाई थप उचाइ र फराकिलो बनाउन तथा विगतको विरासतलाई अझै खदिलो बनाउन इमान्दार प्रयास गरिएको बताए ।

विभागमा कार्यरत कर्मचारीका लागि स्थलगत उपकरण उपलब्ध गराउने गरी आयोजना तयारी गरिएको र सो आयोजना अक्टोबर २०२३ सम्म कार्यान्वयन हुने उनको भनाइ थियो । यसैगरी जिइएफ–८ साइकल ९डब्लुआइडी विन्डो० अन्तर्गत वन्यजन्तु संरक्षण र सहअस्तित्वसम्बन्धी पाँच मिलियन अमेरिकी डलर बराबरको आयोजना (तयारीका क्रममा रहेको) छ । साथै सोही आयोजनाको (ग्रिड विन्डो( अन्तर्गत वन्यजन्तु मैत्री तथा जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्न क्षमता अभिवृद्धिका लागि करिब चार मिलियन अमेरिकी डलर तयारीका क्रममा रहेको छ ।  

सहसचिव डा ढकालले जि टु जी योजनाअन्तर्गत युएसएआइडीको सहकार्यमा संरक्षित क्षेत्र व्यवस्थापन तथा जैविक विविधता व्यवस्थापनसम्बन्धी आयोजना तयारीका क्रममा रहेको जानकारी गराए । यस अवधिमा विभागले युएसएआइडी जैविक विविधता ९जलजङ्गल० आयोजना तथा विभागको समन्वय र सहकार्यमा गैँडा पाइने एशियन देश र सरोकारवालाबीच अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको छ ।
त्यस्तै गिद्ध पाइने एशियन देश र सरोकारवाला सम्मिलित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको, वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी राष्ट्रिय कार्याशाला गोष्ठी आयोजना गरिएको, राष्ट्रिय बाघ संरक्षण कार्ययोजना ९२०२३–२०२७० तयार गरिएको, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा गौरीशङ्कर र कृष्णसार संरक्षण क्षेत्रको व्यवस्थापन योजना तयार गरी र स्वीकृत गरिएको उनले बताए ।

विभागअन्तर्गत यस अवधिमा आव २०७८/२०७९ मा रु ३५ करोड राजस्व उठेकामा आव २०७९/२०८० मा रु ७४ करोड राजस्व उठाउन सफल भइएको, गिद्ध संरक्षण कार्ययोजना (२०२३–२०२७)स्वीकृत भएको, साइटिसको १९ औँ सम्मेलनमा सरकारका तर्फबाट भाग लिई नेतृत्व प्रदान गरिएको, विगत पाँच वर्षदेखि रिक्त रहेका दुई सय ५० गेम स्काउट दरबन्दीको लोकसेवा आयोगबाट विज्ञापन गर्न सफल भएको, ४५ जनाभन्दा बढी कर्मचारीलाई वैदेशिक गोष्ठी, सेमिनार र तालिममार्फत क्षमता अभिवृद्धि गरिएको विभागको तथ्याङ्क छ ।  

विभागले यस अवधिमा वन्यजन्तु मैत्री पूर्वाधार नीति कार्यान्वयनसम्बन्धी सात प्रदेशमा प्रदेशस्तरीय कार्याशाला गोष्ठी आयोजना गरेको, संरक्षित क्षेत्रबाट लिने प्रवेश शुल्कका दररेट संशोधनका लागि प्रक्रिया सुरु गरेको, भारत सरकारले सुरु गरेको ठूला बिरालाका लागि अन्तर्राष्ट्रिय गठबन्धन फोरमको संस्थापक सदस्य बन्न समन्वय गरेको तथा विभाग मातहतमा रहेका विभिन्न तीन आयोजनाको ८० प्रतिशतभन्दा बढी वित्तिय प्रगति हासिल गरिएको मन्त्रालयका सहसचिव डा ढकालले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

महेश बस्नेतलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ बुझाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रे...

सिमकोटमा खानेपानीको अभाव

हुम्ला। जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खान...

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ। रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सञ्चालन हुने 'उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम' को एघारौँ संस्करण आइतबारदेखि सुरु...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगायो

सुनसरी । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ। धरानमा आज बसेको केन्द्रीय समिति बैठकले नाम टुंगो लगाएको जानकार...

जेनजी प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छ...

प्रधानमन्त्री कार्कीले ओलीलाई गुण्डु पुगेर दिइन् समवेदना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनका निवास पुगेकी छन्। केहीबेरअघि उनी श्...

बालेन शाहलाई संसदीय दलको नेता बनाउने रास्वपाको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिरहेको जनाएको छ। पार्टीभित...

रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो, को - को परे ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। आज बसेको सचिवालय बैठ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: