केदारनाथ । भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा पहिरो जादा १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् ।
बिहीबार रातिबाट खसेको पहिरोमा जुम्ला जिल्लाका १०, हुम्लाका ३ जना र भारतका ६ जना बेपत्ता भएका हुन् । उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका तीन होटेल पहिरोले बगाएको छ ।
जुम्लाको पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका हुन् । बेपत्ता भएकामध्ये तीन नेपालीको शव भेटिएको भारतीय प्रहरीको भनाइ छ ।
पातारासी–३ का वडाध्यक्ष गोविन्द रावतले २८ वर्षीय अमर बोहरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, ८ वर्षीया छोरी पिंकी, ७ वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र ३ वर्षीय छोरा वकिल बेपत्ता भएको बताए ।
त्स्तै पातारासी–२ पेरेका २२ वर्षीय चन्द्र नेपाली र ५५ वर्षीया धनराज बुढा पनि सोही पहिरोमा बेपत्ता भएका छन् ।
भारतीय प्रहरीले पातारासी–२ कै सुखराम रावत, हुम्लाका वीरबहादुर, उनकी पत्नी सुमित्रा र छोरी निशा पनि बेपत्ता भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई भारत सरकारसँग समन्वय गरेर बेपत्ताको खोजतलास गर्नका लागि निर्देशन दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - १७:४८
काठमाडौं । फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटन मा सोमबार रिट दायर गरिएको छ। वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर ग...
बैशाख १४ गते, २०८३ - १७:२०
काठमाडौँ । मनोहरास्थित सुकुम्बासी बस्तीमा अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियान अन्तर्गत पूर्वमन्त्री गोपाल किरातीको घर प्रहरीले भत्काएको छ। सर...
बैशाख १४ गते, २०८३ - १७:०२
रूपन्देही। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवनमा दिनदहाडै एक स्थानीयमाथि साङ्घातीक आक्रमण भएको छ । वडाबासी वर्ष ४० का थि...
बैशाख १४ गते, २०८३ - १६:४६
ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित नभएको बताएको छन्। पार्टी केन्द्रीय कार्यालय सान...
बैशाख १४ गते, २०८३ - १६:३५
काठमाडौं। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले आजदेखि संविधान तथा कानुनविद्हरूसँग औपचारिक छलफल सुरु गरेको छ। प्रधानमन्त्री बालेन...
बैशाख १४ गते, २०८३ - १६:०९
काभ्रेपलाञ्चोक । गत शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुन: सञ्चालनमा आएको छ। रोशी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेका डाइभर्सन मर्मतपछ...
बैशाख १४ गते, २०८३ - १५:५८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। पार्टी सभापति गगन थापाले आङ्देम्बेलाई दलको नेतामा निर्वाचि...
बैशाख १४ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीचको भाडा सम्झौता पुन: नवीकरण हुने सरकारले स्पष्ट पारेको छ। प...
बैशाख १४ गते, २०८३ - १५:१६
काठमाडौं । माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई...
बैशाख १४ गते, २०८३ - १५:०४
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मह...


प्रतिकृया लेख्नुहोस्: