Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

भारतको गौरीकुण्डमा पहिरो: १३ नेपालीसहित १९ जना बेपत्ता

खबरडबली संवाददाता

केदारनाथ । भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा पहिरो जादा १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् । 

बिहीबार रातिबाट खसेको पहिरोमा जुम्ला जिल्लाका १०, हुम्लाका ३ जना र भारतका ६ जना बेपत्ता भएका हुन् । उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका तीन होटेल पहिरोले बगाएको छ । 

जुम्लाको पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका हुन् । बेपत्ता भएकामध्ये तीन नेपालीको शव भेटिएको भारतीय प्रहरीको भनाइ छ ।  

पातारासी–३ का वडाध्यक्ष गोविन्द रावतले २८ वर्षीय अमर बोहरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, ८ वर्षीया छोरी पिंकी, ७ वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र ३ वर्षीय छोरा वकिल बेपत्ता भएको बताए । 
त्स्तै पातारासी–२ पेरेका २२ वर्षीय चन्द्र नेपाली र ५५ वर्षीया धनराज बुढा पनि सोही पहिरोमा बेपत्ता भएका छन् । 

भारतीय प्रहरीले पातारासी–२ कै सुखराम रावत, हुम्लाका वीरबहादुर, उनकी पत्नी सुमित्रा र छोरी निशा पनि बेपत्ता भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई भारत सरकारसँग समन्वय गरेर बेपत्ताको खोजतलास गर्नका लागि निर्देशन दिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास, धार्मिक पर्यटन प्रवद्र्धनका लागि आगामी आर्थिक वर्ष २०८१/...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

चितवन । नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले ...

बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

भोजपुर । उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर–...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौँ । सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब रु १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री ...

सोमपाल र सागरको शानदार बलिङ, वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई १७३रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएक...

हेटौंडाको बसपार्कमा एक युवकमाथि खुकुरी प्रहार

हेटौंडा । हेटौंडा १० बसपार्कमा आज बिहान एक युवक माथि खुकुरी प्रहार भएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने बर्ष १९ को आयुष...

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना प्रवाहलाई प्रभावकारी बनाइ सूचनाको हकलाई नागरिकको दायित्वका रुपमा स्थापित ...

चितवनमा गैँडाको आक्रमणबाट ७२ वर्षीय वृद्ध घाइते

हेटौंडा । चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा शुक्रबार गैँडाको आक्रमणबाट एकजना घाईते भएका छन् ।  घाइते हुनेमा भरतपुर महानगरपालिका २२ पटिहानीका...

कैलालीमा भन्सार छलेर ल्याएको ५ लाखको सामान बरामद

धनगढी। कैलालीमा भन्सार छली गरी ल्याइएको पाँच लाख रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ। धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपाल...

सागरको उत्कृष्ट बलिङ, वेस्ट इन्डिज ए का तीन विकेट लिए

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ ।  नेपाली बलर सागर ढकालले तिनै विकेट लिएका हुन् । सागरले वेस्ट इन्डिज ए का जोन्सन चार्लेज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies