Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

मनाङका किसान स्याउ खेतीतर्फ आकर्षित

खबरडबली संवाददाता

मनाङ । हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन् ।

मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका-८ ताचैका सोलबहादुर गुरुङका परिवारले परम्परागत खेती गर्दै आउनुभएको थियो । उत्पादन वृद्धि गर्ने उद्देश्यले अहिले विकासे (हाइब्रिड) स्याउखेतीतर्फ लागेका हुन् ।

परम्परागत स्याउ खेतीलाई परिस्कृत गर्दै आम्दानी बढाउन हाइब्रिड स्याउ खेती गर्न थाल्नुभएको गुरुङ बताउँछन् । उनले खेतबारीमा स्थानीय प्रजातिका स्याउ, मकै, भट्मास, आलु, जौ, करु, फापर र राजमाको खेती गर्दै आउनुभएको थियो । यी बाली ढिला र कम उत्पादन हुने भएकाले हाइब्रिड स्याउ खेती गर्न थालिएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘मेहनतअनुसार खासै आम्दानी लिन नसकेपछि फेरेका हौं ।’ परम्परागत खेतीबाट मेहनतअनुसारको आयआर्जन नभएपछि अहिले मनाङका किसानले विकासे स्याउ खेती गर्न थालेका छन् ।

विकासे स्याउ खेतीमा उच्च प्रविधिको प्रयोग हुने हुँदा यसलाई विस्तार गर्दै गएका छन् । सुरुआतमा चार रोपनी क्षेत्रफलमा उच्च प्रविधिको ‘हाई डेन्सिटी एम्पल फर्म’ले स्याउ खेती गरेको गुरुङले बताए ।

यहीँबाट प्रोत्साहन हुँदै मनाङका किसानले उच्च प्रविधिका स्याउ खेती विस्तार गर्दै गइरहेको उनले बताए । ‘यही फर्मबाट अधिकांश मनाङका किसानले विभिन्न प्रजातिका स्याउका बिरुवा विस्तार गर्दै गइरहेका छन्, यसले आम्दानी पनि वृद्धि भएको छ’, उनले भने ।

फर्मले सुरुआतमा इटाली र सर्बियाबाट ल्याएको धेरै फल दिने फुजी, गाला, गोल्डेन र रेड डिलिसिस जातका स्याउ खेती विस्तार गर्दै गएको छ ।

चार वर्षअघि विस्तार गरेको स्याउ खेतीबाट अहिले फल दिन थालेको यो दोस्रो वर्ष हो । यो प्रजातिको स्याउको बोटले दुई वर्षदेखि नै दिन थालेको र प्रत्येक वर्ष उत्पादन बढ्दै जाने भएकाले पनि यो प्रजातिको स्याउ खेतीतर्फ किसान आकर्षित भएको उनले बताए ।

उनले भने, ‘लगाएको एक वर्षदेखि नै उत्पादन लिन थालेको हो, फल दिएको चार वर्ष भयो ।’ करिब रु.१० लाख लगानी गरेको उनले बताए । लगानीअनुसार उत्पादन राम्रो हुने भएपछि उनी खुसी हुन्छन् ।

त्यस्तै नासों गाउँपालिका-६ तिल्चेका टङ्क गुरुङले पनि विकासे स्याउ खेती शुरु गर्नुभएको छ । तीन रोपनीमा यही प्रजातिका स्याउ खेती गर्दै आएका छन् । यसको प्रजातिको स्याउ खेतीबाट छिटो उत्पादन लिन सकिने भएकाले लगानी छिटै उठ्ने उनले बताए । ‘यहाँ उत्पादित स्याउ बजारसम्म पुर्‍याउन समस्या भने रहेको छ, उत्पादनले भने आकर्षित भएका छौं’, उनले भने ।

अहिले यहाँका अधिकांश किसानले परम्परागत खेतीलाई विस्तापित गर्दै उच्च प्रविधियुक्त स्याउ खेतीतर्फ लागेको पाइन्छ । जति चिसो त्यति नै सप्रिने स्याउको बिरुवा भएकाले अनुकूल वातावरण भएमा एउटै बोटबाट ४५ किलोसम्म उत्पादन दिन सक्ने कृषि प्राविधिक बताउँछन् ।

मनाङमा अधिकांश कृषकले यस प्रविधिको स्याउ खेतीलाई अनुसरण गर्दै गएको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । उनका अनुसार उत्पादन वृद्धि हुँदा आयस्तरमा पनि बढ्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको पाइएको छ । किसानको बारीमै पुगेर प्राविधिक सेवा दिदै आएको प्रमुख सिलवालले बताए ।

‘ज्ञान केन्द्रसँगै पालिकामार्फत पनि किसानको सहज रुपमा समस्या समाधानका लागि प्राविधिक खटिन्छन्, जसले कृषकलाई सहज भएको पाइएको छ’, उनले भने ।

मनाङको तल्लो भेगदेखि माथिल्लो भेगसम्म यस प्रविधिको स्याउ खेती विस्तार भइरहेको उनले बताए ।

 यस प्रविधिको स्याउको सुरुवात र विकास

एग्रो मनाङ प्रालिबाट यस प्रविधिमार्फत स्याउ उत्पादनको पहिलो सुरुआत भएको हो । मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङमा रहेको एग्रो मनाङले सात सय ३५ रोपनी क्षेत्रफलको जमिन भाडामा लिएर व्यावसायिक स्याउ खेती गरिरहेको छ ।

यहाँ गाला, गोल्डेन र फुजी गरी तीन प्रकारका स्याउ उत्पादन हुँदै आएको छ । यस प्रालिले लगाएको स्याउ टिप्न मात्रै एकदेखि डेढ महिना समय लाग्ने गरेको प्रालिका अध्यक्ष समराज गुरुङले जानकारी दिए । उनका अनुसार यस वर्ष चार सय ५० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन हुने अनुमान गरिएको छ ।

गतवर्ष चार सय मेट्रिक टन बढी स्याउ उत्पादन भएको थियो । स्याउबाट वार्षिक रु।पाँच करोडभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए । पूर्व सांसद पोल्देन छोपाङ गुरुङले इटाली र सर्भियाबाट विभिन्न प्रजातिका स्याउको बेर्ना ल्याएर स्याउ खेती प्रारम्भ गरेका हुन् ।

एग्रो मनाङको स्याउ काठमाडौं, पोखरा लगायत विभिन्न प्रमुख शहरका साथै ठूला(ठूला डिमार्टमेन्ट स्टोर्स तथा होटलमा बिक्री हुन्छ। ‘हाइडेन्सिटी’ प्रविधिबाट फलेका स्याउ ‘हिमालयन फ्रेस’ ब्रान्डबाट बजारमा बिक्री भइरहेको छ ।

समुद्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइको भ्राताङमा स्याउ फलेको सात वर्ष भयो । स्याउलाई भण्डारण गर्न भ्राताङ, बेसीशहर र काठमाडौंमा चिस्यान केन्द्र (कोल्ड स्टोर्स) निर्माण गरिएको छ ।

एग्रो मनाङले हालसम्म रु।दुई करोड २४ लाख अनुदान सहयोग पाएको छ । ‘अहिले पनि नेपालमा बाहिरी देशबाट रु.१३ सय करोडको स्याउ आयात हुन्छ, देशको करोडौं रकम बाहिर जान्छ, देशमा खपत हुने गरी स्याउ उत्पादन गर्नुपर्छ, स्याउ खेतीलाई अझ प्रोत्साहन र उत्पादन गरी स्वदेशमा खपत हुने यही उत्पादन हुनुपर्छ’, पूर्वसांसद पोल्देनले भने, ‘हिमाली क्षेत्रमा यसैगरी फर्म सञ्चालन गर्न सके आयात रोकेर निर्यात गराउन सकिन्छ ।’

यो प्रजातिको स्याउ नेपालमै पहिलो पटक रोपिएको र  ठूलो क्षेत्रमा रहेको स्याउ फर्म साउथ एसियामै ठूलो रहेको उहाँको दावी छ ।

फर्ममा उत्पादित स्याउ भारतको कोलकाता हुँदै तेस्रो मुलुकसम्म निर्यात गर्ने योजना रहेको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिइएको छ ।

उक्त जग्गा २७ वर्षका लागि रु.१२ करोड ९१ लाख ११ हजारमा भाडामा लिएर स्याउ खेतीको क्षेत्रफल बढाइएको उहाँले बताउनुभयो । यस फर्ममा अहिलेसम्म रु।३० करोड लगानी गरिसकेको अध्यक्ष गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार स्याउ खेतीका लागि सुरुमा हिमाली परियोजनाले रु।दुई करोड २४ लाख अनुदान दिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट मल, बीउ र प्याकेजिङमा अनुदान पाएको छ । बाँकी लगानी बैंकमार्फत जुटाइएको उनले बताए । फर्ममा रहेका ६२ हजारमध्ये धेरै बिरुवाले उत्पादन दिन थालेका छन् ।

केही बिरुवा प्रत्येक वर्ष थप्ने गरिएको छ । फर्ममा प्रत्यक्ष रुपमा ३२ जना रोजगारर भएका छन् ।

स्याउको विस्तार

कृषि ज्ञान केन्द्र मनाङको तथ्याङ्कअनुसार १३ हजार बढी क्षेत्रफलमा यो प्रविधिको स्याउ खेती विस्तार भएको छ । ज्ञान केन्द्रका अनुसार पछिल्लो समय कृषक छनोट गरी व्यवस्थापनमा ५० र बिरुवामा ७५ प्रतिशत अनुदान समेत उपलब्ध गराएको छ ।

राम्रो उत्पादन भएमा प्रतिहेक्टर २१ मेट्रिक टनसम्म स्याउ उत्पादन हुने ज्ञान केन्द्र मनाङका प्रमुख सिलवालले बताए ।

समुद्री सतहबाट एक हजार आठ सय मिटर उचाईभन्दा माथि यस प्रविधिको स्याउ राम्रो फल्ने र स्वादिलो हुने उनले बताए । स्याउ स्वादिलो भएपछि माग समेत उच्च रहेकाले यसतर्फ किसानको आकर्षण बढेको सिलवालले बताए ।

मनाङमा उत्पादित स्याउ लमजुङको बेसीसहर हुँदै पोखरा, चितवन, काठमाडौं देखि अन्तराष्ट्रिय बजारसम्म निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

स्थलमार्गको पहुँचमा समस्या

मनाङको स्थलमार्गको पहुँचमा समस्या रहेको छ । यसले गर्दा मनाङमा उत्पादित वस्तु निर्यातमा समस्या हुने गरेको छ । यहाँको स्थलमार्गलाई सहज बनाउन सकेमा उत्पादित वस्तु बजारसम्म पुर्‍याउन सहज हुन्छ । तर, मनाङ आवतजावतका लागि एउटा मात्रै स्थलमार्ग हुँदा पनि यो मार्ग निर्माणमा कठिनाइ छ ।

सडक सञ्जालको ट्रयाक खोलिएको २० वर्ष बितिसक्दा पनि सुधार भएको छैन । यसले गर्दा मनाङमा उत्पादित वस्तु बजारसम्म सग्लो पुर्‍याउन मुस्किल छ ।

मनाङबाट वस्तु सग्लो प्याकेजिङ गरिए पनि बजारसम्म पुग्दा सडकका कारण एकापसमा ठोक्किएर बिग्रने र बजारमा यहाँबाट ढुवानी भएका स्याउ पुरा बिक्री गर्न नसक्दा किसान नोक्सान व्यहोर्न बाध्य छन् ।

सडक सञ्जाल सहज भएमा यहाँबाट बजारसम्म पुग्दा स्याउ समयमा र सग्लो पुर्‍याउन सकिने किसान बताउँछन् । यहाँबाट समयमा बजारसम्म स्याउ पुर्‍याउन सकेमा जिल्लाकै आयस्तर बढ्ने जिल्लावासीको भनाइ छ ।

मनाङको विकास र सडक सञ्जाललाई सहज बनाउने कार्यमा सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको चासो पुग्नुपर्ने आवश्यकता छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: