महेन्द्रनगर । चार दिनअघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ । सो ठाउँमा स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटेल पहिरोले बगाएको थियो ।
सो क्रममा कालिकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको थियो । कालिकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो ।
भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए । “एघार नेपाली नागरिक पहिरोमा बेपत्ता भएको यकिन भएको छ, दुई जनाबारे आशङ्का मात्रै गरिएको छ”, उनले भने– “खोजी कार्यमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरेको छ ।”
दूतावासले भारतीय पक्षसित खोजी कार्यका लागि आवश्यक समन्वय र आग्रह गरिरहेको उल्लेख गर्दै वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले खोजी कार्य तीव्र रूपमा भइरहेको जानकारी दिए । लगातार वर्षा भइरहेको र मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भइरहेको उनको भनाइ छ ।
बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्र मन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसित आग्रह गर्नुभएको वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए । सो क्षेत्रमा लामो समयदेखि सयौँ नेपाली नागरिक घोडा चालक, होटेल व्यवसाय तथा मजदुरी गरी जीविका चलाउँदै आएका छन् । बेपत्ता भएकाहरू सबै जुम्ला घर भएकाहरू रहेको दूतावासले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ६ गते, २०८१ - १६:४१
काठमाडौँ। मकवानपुरको सिस्नेरी पहिरोमा परेर ज्यान गुमाएका ६ जना यु–१३ फुटबल खेलाडीका परिवारले बिहीबार अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मुख्यालयमा ताला लगा...
मंसिर ६ गते, २०८१ - १६:२७
काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमले भारतको कर्नाटकाको यू-१९ टिमविरुद्धको सिरिज ३-२ ले जितेको छ । विहिबार टियु क्रिकेट मैदानमा सम्पन्न सिरिजको अन्...
मंसिर ६ गते, २०८१ - १६:२३
परिपत्रपछि विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी
मंसिर ६ गते, २०८१ - १६:०५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान गरेका छन् । शीतल निवासमा आयोजित कार...
मंसिर ६ गते, २०८१ - १५:५९
काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व...
मंसिर ६ गते, २०८१ - १५:५५
काठमाडौँ । विहिबार नेप्से ३१ अंकले घटेको छ । आज नेप्से ३१.३१ अंकले घटेर २६८. ४४ विन्दुमा बन्द भएको छ । आज कुल ३१४ कम्पनीका एक करोड ८४ लाख ७४ हजार ...
मंसिर ६ गते, २०८१ - १५:५०
प्रतिमन कति ?
मंसिर ६ गते, २०८१ - १४:४१
काठमाडौं । नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-३१ घर भई काठमाड...
मंसिर ६ गते, २०८१ - १४:३५
पाँचथर। जिल्लाको सूदुर उत्तरी याङवरक गाउँपालिका १ च्याङथापूको खोलाघारीकी सुकमाया राईका नातिनीहरु यस वर्षबाट कक्षा ९ मा पढ्न थालेका छन् । कक्षा ८ सम्म ...
मंसिर ६ गते, २०८१ - १४:१७
काठमाडौं। एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त गर्दै ठूलो उपलब्ध...
प्रतिकृया लेख्नुहोस्: