Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

तनहुँमा ‘लार्भा खोजौँ र नष्ट गरौँ’ अभियान

खबरडबली संवाददाता

तनहुँ । वर्षायामसँगै देशैभर डेङ्गुको सङ्क्रमण फैलिन थालेको छ । तनहुँमा डेङ्गु ज्वरोको प्रकोपका साथै बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्ने क्रममा छ ।

डेढ महिनाको अवधिमा जिल्लामा सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेङ्गुका ४४ बिरामी फेला परेका छन् । डेङ्गुका कारण विगत एक महिनामा एकजनाको मृत्यु भएको छ । जिल्लामा डेङ्गु फैलिँदै गएपछि रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको छ ।

लामखुट्टेले फुल पार्ने स्थान ‘खोजौँ र नष्ट गरौँ’ नारासहित जिल्लाका सबै पालिकामा अभियान सञ्चालन गरिएको छ । व्यास नगरपालिकामा अभियान सञ्चालन गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले  तत्काल थाहा नहुने र धेरै अङ्गप्रत्याङ्गमा असर गरेपछि मात्रै थाहा हुने भएकाले चेतना फैलाउन अभियान सञ्चालन गरिएको बताए ।

सचेतना कार्यक्रम प्रभावकारी बनाउन विद्यालयमार्फत गर्दा प्रभावकारी हुने भएकाले विद्यालयमासमेत अभियान सञ्चालन गरिने न्यौपानेले बताए । उनले भने, “लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको सङ्क्रमण फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै विद्यालयमा अभियान सञ्चालन गर्ने योजना बनाएका छौँ ।”

नगर उपप्रमुख इन्दिरा दरै नेतृत्वको टोलीले बजार क्षेत्रमा पानी जम्ने स्थान नष्ट गर्ने कार्य थालिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लार्भा नष्ट गर्न घरदैलो अभियान भइरहेको जानकारी दिए ।

नगरपालिकाले लामखुट्टेको वासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहभागी हुन सबै टोलवासीलाई अनुरोध गरेको छ । नगरपालिकाको सहरी क्षेत्र वडा नं २, ३ र ४ मा अभियान सञ्चालन गरिएको छ । डेङ्गुको सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकामा कार्यरत इञ्जीनीयर कमलप्रसाद शर्माको निधन भएको थियो । व्यास नगरपालिका–१० का शर्माको गत असार १६ गते मृत्यु भएको हो । उनको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा निधन भएको थियो । 

वर्षायाम सुरु भएसँगै लामखुट्टे फैलिने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन स्वास्थ्य कार्यालय तनहुँले आग्रह गरेको छ । बिहान, दिउँसो राति जुनसुकै बेला झुल टाँगेर सुत्ने, पूरा बाहुला भएका र पूरा शरीर ढाक्ने कपडा लगाउने, लामखुट्टेको वासस्थान मास्न पानी जम्न नदिने, घरवरपर सफा राख्न, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, लामखुट्टेको वृद्धि हुने स्थानको नष्ट गर्ने जस्ता सजकता अपनाउन स्वास्थ्य प्रमुख शङ्करबाबु अधिकारीले आग्रह गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

मकवानपुर । वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आज रासससँग कुरा गर्दै उ...

प्रतिनिधि सभा बैठक अघि सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि सभापति देउवाले विपक्षी दलहरुक...

दरबारमार्ग ट्राफिकमा कार्यरत प्रहरी जवानको हत्या, ६ जना पक्राउ

काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर स...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

वागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पू...

प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै छन् । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका ला...

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

काठमाडौँ । इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ । जसमा दुई महिला पनि छन् । इरानमा मे महिनामा अहिलेसम्म कम्तीमा ५० जनालाई फाँसी दिइएको छ । फाँसीम...

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलम...

कामपाका सहकारीमा सूचना अधिकारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् । कामपाको ...

सन्तानब्बे वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

भरतपुर । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुन मग...

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

ललितपुर । गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकाले हात पारेको छ । गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies