Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

डेंगु नियन्त्रणमा तीनवटै सरकारको भूमिका महत्वपूर्ण

खबरडबली संवाददाता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले डेंगु नियन्त्रणका लागि तीनवटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित ‘डेंगु महामारी र नियन्त्रणसम्बन्धी अन्तरक्रिया’मा सचिव पोखरेलले डेंगु  नियन्त्रणका लागि ‘डेंगु बस्ने ठाउँ खोज र नष्ट गर’ अभियान सक्रियताका साथ सुरु गर्नुपर्ने बताए ।

तथ्याङ्कअनुसार सन् २०२३ को जुलाई ६ सम्म नेपालमा डेंगु  संक्रमितको सङ्ख्या सात हजार सात सय ३३ पुगेको छ । जसमा डेंगु सङ्क्रमण ७१ वटै जिल्लामा फैलिएको र हालसम्म यसको सङ्क्रमणबाट सात जनाको मृत्यु भएको जानकारी दिए । उनले डेंगु सङ्क्रमितको उपचार नि:शुल्क भइरहेको बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमन सिंहले डेंगु नियन्त्रणमा स्वास्थ्यसम्बन्धी साक्षरता बढाउनुपर्नेमा जोड दिए । “डेंगु नियन्त्रणका लागि सबैले आ–आफ्नो स्थानबाट स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गरी व्यक्ति, परिवार र समुदायको भूमिकालाई सशक्त बनाउन जरुरी छ”, उनले भने ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।रुद्र मरासिनीले नेपालमा डेंगुको अवस्था, लामखुट्टे बस्ने र विकास हुने स्थान, डेंगु रोग रोकथाम, व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी राष्ट्रिय निर्देशिका, हालसम्म भएका प्रमुख उपलब्धी, उपचार तथा व्यवस्थापन लगायतका विषयमाथि कार्यपत्र प्रस्तुत गरेका थिए । उनले ‘डेंगु नियन्त्रण स् खोज र नष्ट गर अभियान’मा स्थानीय तहको जिम्मेवारी बढी रहेको बताए ।

सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले डेंगु नियन्त्रणमा ‘टायर हटाउ तथा लुकाउ’ अभियान गरी लामखुट्टे बस्ने र विकास हुने ठाउँमा सफाइ गर्नुपर्ने बताए । मञ्चका अध्यक्ष सरोज पोखरेलले स्वास्थ्य क्षेत्रको हकमा सङ्घीयता प्रभावकारी नभएको बताउँदै डेंगु नियन्त्रणमा व्यक्ति स्वयमले सुरुवात गर्न आवश्यक रहेको बताए । विसं २०६१ मा पहिलो पटक डेंगुका बिरामी देखापरेपछि प्रत्येक वर्ष क्रमश: यस्ता सङ्क्रमित बढ्दै गएको उनको भनाइ छ । 

नेपालमा सन् २०२२ मा ५४ हजार सात सय ८४ डेंगु सङ्क्रमित पुष्टि भएका थिए । जसमध्ये कर्णाली प्रदेशमा छ सय ८२, मधेस प्रदेशमा एक हजार १८, सुदुरपश्चिम प्रदेशमा एक हजार तीन सय ५३, गण्डकी प्रदेशमा एक हजार नौ सय ५७, कोशी प्रदेशमा दुई हजार तीन सय नौ, लुम्बिनी प्रदेशमा पाँच हजार ३७ र बाग्मती प्रदेशमा ४२ हजार चार सय २८ डेङ्गु सङ्क्रमित पुष्टि भएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु

सिरहा। सिरहाको अर्नमा गाउँपालिमा जग्गाको बिषयमा विवादको क्रममा आफ्नै छिमेकीले कोदालो प्रहारगर्दा एक जनाको मृत्यु भएको छ। अर्नमा २ ब्रहमपुरिका करिव ५५ ...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’

रुपन्देही । प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुआतमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्...

संसद् अवरोध जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको...

पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी, तीनजना विदेशी महिला पक्राउ

काठमाडौं । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्...

प्रधानमन्त्रीको ब्रिफिङ: कांग्रेसले संसद्‌मा गृहमन्त्रीलाई बोल्न दिन्छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउने बताएका छन् ।  विहिबार बसेको मन्त्रिपरिषद्को बैठकम...

फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले फिनल्याण्ड सरकारबाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अन...

खाँदवारी नगरपालिकाको न्यायिक समिति, काठमाडौँ महानगरको अध्ययन अवलोकनमा

काठमाडौँ । ‘वडा स्तरीय महिला सञ्जाल’, ‘मेलमिलाप कक्ष’ र ‘कानुनी सहायता’ काठमाडौँ महानगरपालिकाका सिकाइ योग्य काम भएको उपप्रमुख सुनिता डंगोलले बताएकी छन...

एकीकृत समाजवादीद्वारा श्रम आयोग गठनको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अनौपचारिक क्षेत्रका श्रमजीवीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न श्रम ...

सिप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ । वैशाख १९ गते ...

चितवनमा जङ्गली जनावरको आक्रमणबाट सात जनाको मृत्यु

चितवन । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies