Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

चीनको ‘अन्न भण्डार’मा बाढीको वितण्डा, खाद्य सङ्कटको जोखिम

खबरडबली संवाददाता

काठमाडाैं । रुस–युक्रेन युद्ध र भारतको पछिल्लो कदमले विश्वभर खाद्य सङ्कटको जोखिम बढेको समयमा चीनको ‘अन्न भण्डार’ भनिने उत्तरी क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । चीनका उत्तरी क्षेत्रका धेरै प्रदेशमा एक साथ आएको बाढीका कारण ठुलो मात्रामा कृषिजन्य क्षति बेहोर्नु परेको हो ।

ग्लोबल टाइम्सका अनुसार चीनको अन्न भण्डार भनिने हेइलोङजियान प्रदेशमा आएको बाढीले जनजीवन प्रभावित पार्नुका साथै ठूलो मात्रामा कृषि उत्पादन क्षति पुर्‍याएको छ । यो प्रदेशका १२ वटा नदीले खतराको सूचक पार गरेका छन् । यी नदीलाई नियन्त्रण गर्न प्रदेशमा २६ जलाशय सञ्चालनमा रहे पनि नियन्त्रण गर्न मुस्किल भइरहेको छ ।

उत्तरी क्षेत्रको सोङ्घुह्वा, वुच्हाङ्ग लगायतका नदीमा बाढी आउँदा धान उत्पादनमा प्रसिद्ध क्षेत्रमा ठुलो क्षति पुगेको हो । हेइलोङजियानमा चीनकै सबैभन्दा धेरै धान उत्पादन हुन्छ । सन् २०२२ मा यो प्रदेशमा मात्रै चीनमा उत्पादन हुने कूल धानको ११.३ प्रतिशत उत्पादन भएको सरकारी तथ्याङ्क छ । ‘बाढीबाट प्रभावित क्षेत्रमा कृषि उत्पादन समेत क्षति पुगेको छ,’ रुरल डेभलपमेन्ट इन्स्टिच्यूट अफ चाइनिज एकेडेमी अफ सोसियल साइन्सका अनुसन्धानकर्ता ली गुओजियाङले भने ।

230807075150-05-china-floods-grain-regions-0805-henan

तर, बाढीबाट पुगेको क्षतिको पूर्ण आँकलनपछि मात्रै धान उत्पादन पूर्णरुपमा प्रभावित बनेको वा न्यून क्षति भएको बारे जानकारी मिल्ने उनको भनाई छ । बाढीबाट क्षतिग्रस्त भए पनि धानमा पुगेको क्षति न्यून रहेमा उत्पादन हुन सक्ने आस चिनियाँ अधिकारीहरूमा देखिन्छ । चीनमा हेइलोजियानसहित उत्तरी क्षेत्रको जिलिन प्रदेशमा समेत बाढीले वितण्डा मच्चाएको छ । ग्लोबल टाइम्सका अनुसार यस क्षेत्रका कार्यकारी उप–मेयरसहित १४ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै, उद्धारमा खटिएका ३ जनाले समेत आफ्नो ज्यान गुमाउनुपरेको छ ।

समाचार संस्था सीएनएनले हेइलोजियान प्रदेशको राजधानी हार्बिन लगायतका क्षेत्रमा ९० हजार हेक्टर क्षेत्रफलमा फैलिएको खेतीमा बाढी पसेको छ । चीनको पिपुल्स डेलीलाई हवाला दिँदै सीएनएनले शाङ्झी सहरमा समेत ४२ हजार हेक्टरभन्दा धेरै क्षेत्रफलमा फैलिएको क्षति पुगेको छ । चीनका सबैभन्दा धेरै धान उत्पादन हुने यी उत्तरी प्रदेशमा बाढीको वितण्डा मच्चिएपछि विश्वमा थप खाद्य सङ्कटको जोखिम आँकलन गर्न थालिएको छ ।

230807075143-04-china-floods-grain-regions-0805-henan

विश्वकै दोस्रो ठुलो अर्थतन्त्र चीनमा ठुलो खाद्य सङ्कटको जोखिम औँल्याइएको छ । हेइलोजियान, जिलिन र लियाओइगं प्रदेशमा आएको बाढीबाट भटमास, मकै र धान खेती प्रभावित बनेको छ । चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयले समेत पछिल्लो बाढीले ठूलो मात्रामा खाद्यान्न उत्पादनमा कम आउने अनुमान गरिसकेको छ । यसबाहेक हेनान प्रदेशमा आएको बाढीबाट गहुँको उत्पादन प्रभावित हुने आँकलन गरिएको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो वर्ष ०.९ प्रतिशतले गहुँको उत्पादन घट्ने प्रक्षेपण गरिसकेको छ । गत साता मात्रै चीनले अस्ट्रेलियाबाट आउने जौमा ‘एन्टीडम्पिङ ल’ लगाएको थियो । यही समयमा रुसले ब्ल्याक सीबाट निर्यात हुने युक्रेनको खाद्यान्नमा प्रतिबन्ध लगाइसकेको छ । टर्कीको मध्यस्थतामा भएको सहमति नमान्ने घोषणा रुसले गरेपछि युक्रेनमा हुने उत्पादन विश्व बजारमा पुग्ने बाटो बन्द भएको छ । युक्रेनबाट मध्य एसिया, युरोप, पूर्वी तथा दक्षिण एसिया र अफ्रिकातर्फ खाद्यान्न निर्यात हुँदै आइरहेको थियो । जसबाट विश्वमा खाद्य सङ्कट आउने चेतावनी विश्व खाद्य संगठनले दिइसकेको छ ।

230807075123-02-china-floods-grain-regions-0805-heilongjiang

यसबाहेक, बढ्दो बजार मूल्यलाई नियन्त्रण गर्ने भन्दै भारतले आफ्नो देशबाट चामलको निर्यात पूर्णरुपमा प्रतिबन्ध लगाइसकेको छ । विश्वकै सबैभन्दा ठुलो निर्यातक मुलुक भारतले चामलमा प्रतिबन्ध लगाएपछि थप सङ्कट गहिरिने चिन्ता छ । यही समयमा विश्वकै ठुलो धान उत्पादक राष्ट्र चीनमा आएको बाढी कारण झनै समस्या थपिने अनुमान लगाउन थालिएको छ ।  एजेन्सीहरूको सहयोगमा

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

लेबनान सीमामा द्वन्द्व बढ्दै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE