Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

कलेजको बसले शव बोकेको बोलेरोलाई ठक्कर दिँदा चितवनमा भयाे त्रासरदीपुर्ण दुर्घटना

खबरडबली संवाददाता

चितवन ।  चितवनकाे भरतपुर महानगरपालिका र रत्ननगर जोड्ने टिकौली जंगलमा आज ११ बजेर ४० मिनेट जाँदा ८ वटा सवारी साधन एक-आपसमा ठोक्किएका छन् ।

८ वटा सवारी साधन एक-आपसमा ठोक्किँदा १९ जना घाइते भएका छन् । व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ ।

भरतपुर ९ मा पर्ने टिकौली जङ्गलमा सुरुमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना. १ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आँदै गरेको ना. २ च ८४४६ नम्बरकोको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए ।  त्यसपछि बा. प्र.०६-००१ प ९९८१, बा.प्र.०३-००५प ९७, ना६२ प ६०३२, बा.प्र.०३-००१, प ४१४७ मो.सा.हरु , बा.प्र.०६-००१प २२९४ र बा.प्र.०३-००२ प ४१९८ नं.को स्कुटर सहित ८ वा सवारी साधन एकआपसमा ठोक्किएका उनकाे भनाइ छ । दुर्घटनामा घाइते १९ जनालाई चितवनका विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको उनले बताए  । उनका अनुसार घाइतेहरूलाई भरतपुर अस्पताल, मेडिकल कलेज लगायत विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ ।

भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको घाइतेहरूमा चितवन खैरहनी न.पा- ४ बस्ने वर्ष अं.६०/६५ को कृष्णबहादुर तामाङ, हेटौडा १४ बस्ने वर्ष अं.६०/६५ को महोन तामाङ, खैरहनी न.पा.१ बस्ने वर्ष अं.८२ को जित बहादुर तामाङ, रत्ननगर१४ बस्ने वर्ष अं.५०/५५ को कुसुम बहादुर राना, सोही ठाउँका वर्ष ३८ को सुरेश श्रेष्ठ, रत्ननगर ९ का वर्ष अं.३०/३५ को किशोर तामाङ र रत्ननगर १४ का वर्ष अं.५०/५५ को डोलबहादुर कार्की छन् । उनीहरु सबैको अवस्था गम्भीर रहेको डीएसपी पण्डितकाे भनाइ छ  ।

त्यसैगरी रत्ननगर १४ बस्ने वर्ष ४१ को पुर लामा, सोही ठाउँका मध्यम ५५ वर्षका बुद्रिराम तामाङ, रत्ननगर १६ का वर्ष ४४ को रेशम पोख्रेल, काठमाण्डौ गोकर्ण ४ बस्ने वर्ष ४८ की तारा श्रेष्ठ र रत्ननगर १६ घर भएका वर्ष ४७ को दिल बहादुर घिसिङको मध्यम अवस्थाका घाइते रहेका छन् । उनीहरूको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीकािे भनाइ  छ ।

प्रहरीका अनुसार एक जना घाइतेको मध्यम चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । त्यहाँ उपचार हुनेमा बलेरो गाडीमा सवार नवलपुर गैडाकोट ८ बस्ने वर्ष ५१ को लोकराज लामा रहेका छन् ।

यसैगरी ७ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । जसमा बा.प्र.०३-००६ प ९९८१ नम्बरको मोटरसाइकल चालक जि.चितवन र.न.पा.१४ बस्ने वर्ष ३३ को शंकर परियार, सोही मोटरसाइकल पछाडी सवार वर्ष ३६ को दिवेश शाक्य रहेका  छन् ।

त्यसैगरी शव बोकेको बलेरो गाडीमा सवार रत्ननगर १४ बस्ने वर्ष ५० को आईतराम कामी, रत्ननगर ३ बस्ने वर्ष ४४ को गोपाल तामाङ, रत्ननगर १४ का वर्ष २६ कका पुष्प तामाङ, सोही ठाउँका वर्ष ३८ का कृष्ण लामा र रत्ननगर ३ का ने वर्ष ४५ को जीवन लामा छन् ।

याे पनि पढाैंः चितवन टिकौलीको जंगलमा ८ सवारीसाधन एक–आपसमा ठोक्किँदा १८ जना घाइते

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

दरबारमार्गको कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं ।  संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...

संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा संसद भवन अगाडिबाट सात जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...

बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउँदै शिक्षक

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड

काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...

संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...

असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

मुगु  । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ ।  खाद्य व्यवस्था तथा व्या...

प्रदेश सरकारलाई बलियो बनाए मात्र गणतन्त्र मजबुत हुन्छः मुख्यमन्त्री सतिशकुमार सिंह

जनकपुर  । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy