जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका छन् ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले संविधान दिवसका अवसरमा आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संविधान जारी भएपश्चात्का उपलब्धिलाई संस्थागत गरी अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए ।
मुख्यमन्त्री सिंहले विरोध र समर्थनका बीचमा जारी भएको संविधानमा यदि केही त्रुटि छभने त्यसलाई संशोधन गरी अघि बढ्नुपर्ने धारणा राख्ने । उनले प्रदेशमा आफ्नो प्रशासन नभएसम्म सुशासन कायम गर्न चुनौती रहेको बताउँदै शिक्षामा सुधारका लागि शिक्षक भर्नाको अधिकार प्रदेशलाई दिनुपर्ने बताए ।
देशमा सङ्घीयता प्राप्तिपछि विभिन्न उपलब्धि र विकास भएको उल्लेख गर्दै संविधानको मूल मन्त्रलाई पालना गरी अघि बढेमा देश समृद्ध हुने उननको भनाइ छ । उनले सङ्घीयता आन्दोलनबाट प्राप्त भएकाले कसैले भन्दैमा समाप्त नहुने दाबी गरे ।
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानमा गरिब र धनी सबैका अधिकार समेटिएको उल्लेख गरे । उनले संविधान विश्वकै उत्कृष्ट भएकाले यसलाई इमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने, “देशमा धेरै विचारहरू छन् । त्यो सबै विचारको साझा विचार संविधान हो ।”
गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संविधानले संशोधनको बाटो खोलेका कारण संविधानभित्रका त्रुटि पहिचान गरी संशोधन गर्न सकिने बताए । कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले संविधानको विकास क्रम र सङ्घीयताको अवस्था विषयक प्रस्तुति रराखेकका थिए ।
कार्यक्रममा कलाकारहरूले देशभक्ति गीतमा नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा मधेस प्रदेशका मन्त्रीहरू, मन्त्रालयका सचिवहरू, चारवटै सुरक्षा निकायका प्रमुखहरू, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, पत्रकार नागरिक समाजका व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रम सुरु हुनु अघि रामानन्द चोकबाट प्रभावत फेरी निकालिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८१ - ०९:३१
काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई अर्को चेतावनी दिए...
फाल्गुन २७ गते, २०८१ - ०९:२०
काठमाडौँ । लक्जमबर्गका राजकुमार रोबर्टका छोरा राजकुमार फ्रेडरिकको २२ वर्षको उमेरमा मृत्यु भएको छ । उनको मृत्यु पिओएलजी माइटोकोन्ड्रियल रोग भनिने दु...
फाल्गुन २७ गते, २०८१ - ०९:२०
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ...
फाल्गुन २७ गते, २०८१ - ०९:१६
कति छ आजको तरकारी र फलफूलको थोक मूल्य ?
फाल्गुन २७ गते, २०८१ - ०९:०५
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतमा नेपालमा हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु धर्मावलम्वी राजा र ...
फाल्गुन २७ गते, २०८१ - ०९:०२
रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बुटवल जाने भएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल...
फाल्गुन २७ गते, २०८१ - ०८:५९
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा बैंकिक कसूर तथा सजाय (दोस्रो...
फाल्गुन २७ गते, २०८१ - ०८:१९
काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल ...
फाल्गुन २७ गते, २०८१ - ०८:१९
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारको मनोनयन मंगलबार हुँदैछ। बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ। ...
फाल्गुन २७ गते, २०८१ - ०८:०९
काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिने भएको छ । हिजो माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ब...
प्रतिकृया लेख्नुहोस्: