काठमाडाैं । आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा जय हो टिम अहिले व्यापक प्रचार प्रसारमा व्यस्त छ । सिनेमाको निर्माण टिम अहिले दैनिक जसो कुनै न कुनै कार्यक्रममा सहभागी भएर जय हो प्रचार गरिरहेको देखिन्छ ।
यसैबीच सिनेमाको टिम शुक्रबार विहान चुच्चेपाटी स्थित मनास्लु कलेज पुगेर जय हो प्रचार गरेको छ । कलेजका करिब एक हजार विद्यार्थीमाझ सिनेमाका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, प्रस्तुतकर्ता शोभित बस्नेत र निर्देशक टेक पौरखी राई जय होको बारेमा जानकारी दिएका थिए ।
सिनेमाका मुख्य अभिनेत सलोन बस्नेतले आफ्नै स्वरमा रहेको बिहीबार सार्वजनिक गीत सपनाको वेडिङ्ग गाएर सुनाएका थिए । करिब एक घन्टा जय हो टिमले विद्यार्थीसँग विताएको थियो । निर्माण टिमका अनुसार विद्यार्थीले सिनेमाको बारेमा निकै चासोका साथ टिमसँग अन्तरक्रिया गरेका थिए ।
सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो सिनेमाबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: