Ntc summer Offer
Khabar Dabali ८ कार्तिक २०८१ बिहीबार | 24th October, 2024 Thu
Investment bank

सडक अवरुद्ध हुँदा कैलाली र कञ्चनपुरमा तरकारी अभाव हुनुका साथै मूल्य वृद्धि

खबरडबली संवाददाता
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरो कारण यातायात सेवा नियमित हुन नसकेपछि कैलाली र कञ्चनपुरमा तरकारी अभाव हुनुका साथै मूल्य वृद्धि भएको छ । 
 
सडक नियमित रुपमा पहिरोका कारण सुचारु हुन नसक्दा पहाडी जिल्ला बैतडी, डडेल्धुरा र डोटीबाट यहाँ आउने तरकारी आयात समेत प्रभावित बनेको छ ।
 
तरकारी उत्पादन गरी बिक्री वितरण गर्ने बेला सडक अवरुद्ध भएपछि किसान मर्कामा परेका छन् भने तराईका कैलाली र कञ्चनपुरका सदरमुकाम र आसपासका क्षेत्रका उपभोक्ताले पहाडको तरकारी सहज रुपमा पाउनसक्ने वातावरण तयार हुनसकेको छैन । महेन्द्रनगरस्थित कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले अहिले पहाडी जिल्लाबाट विगतको तुलानामा आधा जति मात्रै तरकारी आयात भइरहेको जानकारी दिए ।
 
“सडक अवरुद्ध हुनुअघि दैनिक ४० देखि ५० क्विन्टल तरकारी पहाडबाट आउँथ्यो,” अध्यक्ष साटेनारले भने,“ अहिले सडक अवरुद्ध भएको ठाउँमा मजदुरी लगाएर ढुवानी गराउनुपर्ने र आयात पनि कम हुँदा बजारमा तरकारीको मूल्य वृद्धि हुनपुग्यो ।”
 
उनका अनुसार महेन्द्रनगरमा विगत लामो समयदेखि डडेल्धुराको विभिन्न पालिका, डोटीको गैरा, बैतडीको खोड्पे लगायतका स्थानबाट यहाँ तरकारी आयात हुन्थ्यो ।
 
“सुदूरपश्चिमको पहाडी जिल्लाको तरकारी नेपालगञ्ज बुटवलसम्म पनि निर्यात हुन्छ ।” उनले भने,“ यहाँ लगातारको वर्षाका कारण स्थानीय किसानले लगाएको तरकारीबालीमा समेत क्षति पुगेको छ ।” केही समयअघि कैलालीको बुढितोला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको थियो । सडक अस्थायी रुपमा आवागमनका लागि सहजता मिल्ने गरी निर्माण गरिएको छ ।
 
तर अझै सो क्षेत्रमा साना सवारीसाधन फस्ने लगायतका समस्या भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुपरभाइजर दिनेश खनालले जानकारी दिए ।“ठूला सवारीसाधन चल्न समस्या छैन ।” सडक निर्माणमा खटिएका खनालले भने,“ पहिरो गएको ठाउँमा तारजाली भरान गरेर अस्थायी रुपमा बाटो सञ्चालनमा ल्याएका छौँ ।”
 
त्यसका साथै त्यसको विकल्पका रुपमा कञ्चनपुरको दैजी–जोगबुढा सडक सुचारु गर्न पनि काम अघि बढेको छ । यो मौसममा पहाडी जिल्लाबाट फूलकाउली, मुला, धनिया, खुर्सानी, गोलभेडा आलु, बन्दा, निउरो, सिमी र हरियो साग लगायतको तरकारी तराईमा निर्यात हुन्छ ।
 
कञ्चनपुरमा अहिले स्थानीय उत्पादन र भारतबाट तरकारी आयात गरिँदै छ । 
 
“वर्षाले स्थानीय उत्पादनमा पनि ह्रास आउने अवस्था आयो ,” उनले भने,“ उत्पादन कम हुँदा मूल्य वृद्धि हुने गर्छ ।” त्यसैगरी फलफूल व्यवसायी सङ्घ कैलालीका अध्यक्ष हरि भट्टले पहाडी जिल्लाबाट तरकारी आयातमा कमी आउँदा बजारमा तरकारीको अभाव रहेको बताए । “पहाडबाट दैनिक ५० क्विन्टल भन्दा बढी तरकारी आयात हुन्थ्यो ।” उनले भने “सडक अवरुद्ध भएका बेला किसानको तरकारी बाटोमै कुहिने स्थिति पनि यो पाली आयो ।”
 
उनले सडककै कारण तरकारी समेत कुहिने, दागी हुने समस्या भइरहेको बताए । यहाँ स्थानीय उत्पादनले बजारमा तरकारी पाइरहेको बताउँदै पहाडबाट तरकारी नियमित नआउँदा भारतबाट गोलभेडा लगायतको तरकारी आयात गर्नुपरेको उनले बताए । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का वडाध्यक्ष बसन्तबहादुर चटौतले किसानको तरकारी सडकअवरुद्ध हुँदा नोक्सान भएको बताए । “मेरो वडामा मात्रै ५० प्रतिशत किसान तरकारी उत्पादनमा छन्,” उनले भने,“ सिजनमा यहाँ फलेको गोलभेडा भारतको बरेलीसम्म पुग्छ ।”
 
उनले पछिल्लो समय फाटफुट रुपमा तरकारी निर्यात भइरहेको भए पनि साउनको अन्तिम साता भने किसान धेरै मर्कामा परेको बताए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतल निवास पुगे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षी दलका नेताहर राष्ट्रपति निवास शीतल ...

फिल्म ‘देववाणी’ को टिजर सार्वजनिक

काठमाडौँ । आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देववाणी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक  टिजरले फिल्मको कथावस्तुबारे प्रकाश ...

जनकपुरमा बढ्यो माटोका भाँडाको माग, पुर्ख्यौली पेशा विस्थापित हुने डर

जनकपुरधाम । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरु यतिबेला दीपावली तथा छठ पर्वको तयारीमा लागेका छन् । यि दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्याधिक ...

सहकारी ठगमाथि कारबाही र बचत फिर्ता सँगसँगै हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथिको कारबाही र बचत फिर्ताको काम सँगसँगै हुने बताएको छन् ।बुधबार सिंहदरबारबाट  सरकारको सय दिनको उपल...

रवीका समर्थकले हुल–हुज्जत गरेर न्यायिक प्रक्रियालाई प्रभावित पारे- कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले हुल–हुज्जत र स...

यस्ता छन् प्रधानमन्त्रीको १०० दिने उपलब्धि (सम्बोधनको पुर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पुगेको अवसरमा विशेष सम्बोधन गरेका छन् । सिंहदरबारबाट प्रधानमन्त्री ...

सरकार ढल्ने दिवा सपना नदेख्नु- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदे...

चार लाख नगदसहित २० जुवाडे पक्राउ

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बाट करिब ४ लाख रुपियाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् । राप्ती सोनारी गाउँपालिका–६ स्थित सञ्जय र...

सहकारी ठगी गर्नेहरुमाथि कानुनी कारवाही सुरु भयो- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन् ।  सिंहदरबाबाट सम्बोधनमार्फत स...

नेप्सेमा २० अंकको गिरावट, ६ अर्बको कारोबार

काठमाडौँ । बुधबार नेप्से परिसूचक २० अंकले घटेको छ । आज नेप्से २०.४१ अंकले बढेर २४५.३९ विन्दुमा बन्द भएको छ । आज कुल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy