Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

सडक अवरुद्ध हुँदा कैलाली र कञ्चनपुरमा तरकारी अभाव हुनुका साथै मूल्य वृद्धि

खबरडबली संवाददाता
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरो कारण यातायात सेवा नियमित हुन नसकेपछि कैलाली र कञ्चनपुरमा तरकारी अभाव हुनुका साथै मूल्य वृद्धि भएको छ । 
 
सडक नियमित रुपमा पहिरोका कारण सुचारु हुन नसक्दा पहाडी जिल्ला बैतडी, डडेल्धुरा र डोटीबाट यहाँ आउने तरकारी आयात समेत प्रभावित बनेको छ ।
 
तरकारी उत्पादन गरी बिक्री वितरण गर्ने बेला सडक अवरुद्ध भएपछि किसान मर्कामा परेका छन् भने तराईका कैलाली र कञ्चनपुरका सदरमुकाम र आसपासका क्षेत्रका उपभोक्ताले पहाडको तरकारी सहज रुपमा पाउनसक्ने वातावरण तयार हुनसकेको छैन । महेन्द्रनगरस्थित कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले अहिले पहाडी जिल्लाबाट विगतको तुलानामा आधा जति मात्रै तरकारी आयात भइरहेको जानकारी दिए ।
 
“सडक अवरुद्ध हुनुअघि दैनिक ४० देखि ५० क्विन्टल तरकारी पहाडबाट आउँथ्यो,” अध्यक्ष साटेनारले भने,“ अहिले सडक अवरुद्ध भएको ठाउँमा मजदुरी लगाएर ढुवानी गराउनुपर्ने र आयात पनि कम हुँदा बजारमा तरकारीको मूल्य वृद्धि हुनपुग्यो ।”
 
उनका अनुसार महेन्द्रनगरमा विगत लामो समयदेखि डडेल्धुराको विभिन्न पालिका, डोटीको गैरा, बैतडीको खोड्पे लगायतका स्थानबाट यहाँ तरकारी आयात हुन्थ्यो ।
 
“सुदूरपश्चिमको पहाडी जिल्लाको तरकारी नेपालगञ्ज बुटवलसम्म पनि निर्यात हुन्छ ।” उनले भने,“ यहाँ लगातारको वर्षाका कारण स्थानीय किसानले लगाएको तरकारीबालीमा समेत क्षति पुगेको छ ।” केही समयअघि कैलालीको बुढितोला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको थियो । सडक अस्थायी रुपमा आवागमनका लागि सहजता मिल्ने गरी निर्माण गरिएको छ ।
 
तर अझै सो क्षेत्रमा साना सवारीसाधन फस्ने लगायतका समस्या भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुपरभाइजर दिनेश खनालले जानकारी दिए ।“ठूला सवारीसाधन चल्न समस्या छैन ।” सडक निर्माणमा खटिएका खनालले भने,“ पहिरो गएको ठाउँमा तारजाली भरान गरेर अस्थायी रुपमा बाटो सञ्चालनमा ल्याएका छौँ ।”
 
त्यसका साथै त्यसको विकल्पका रुपमा कञ्चनपुरको दैजी–जोगबुढा सडक सुचारु गर्न पनि काम अघि बढेको छ । यो मौसममा पहाडी जिल्लाबाट फूलकाउली, मुला, धनिया, खुर्सानी, गोलभेडा आलु, बन्दा, निउरो, सिमी र हरियो साग लगायतको तरकारी तराईमा निर्यात हुन्छ ।
 
कञ्चनपुरमा अहिले स्थानीय उत्पादन र भारतबाट तरकारी आयात गरिँदै छ । 
 
“वर्षाले स्थानीय उत्पादनमा पनि ह्रास आउने अवस्था आयो ,” उनले भने,“ उत्पादन कम हुँदा मूल्य वृद्धि हुने गर्छ ।” त्यसैगरी फलफूल व्यवसायी सङ्घ कैलालीका अध्यक्ष हरि भट्टले पहाडी जिल्लाबाट तरकारी आयातमा कमी आउँदा बजारमा तरकारीको अभाव रहेको बताए । “पहाडबाट दैनिक ५० क्विन्टल भन्दा बढी तरकारी आयात हुन्थ्यो ।” उनले भने “सडक अवरुद्ध भएका बेला किसानको तरकारी बाटोमै कुहिने स्थिति पनि यो पाली आयो ।”
 
उनले सडककै कारण तरकारी समेत कुहिने, दागी हुने समस्या भइरहेको बताए । यहाँ स्थानीय उत्पादनले बजारमा तरकारी पाइरहेको बताउँदै पहाडबाट तरकारी नियमित नआउँदा भारतबाट गोलभेडा लगायतको तरकारी आयात गर्नुपरेको उनले बताए । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का वडाध्यक्ष बसन्तबहादुर चटौतले किसानको तरकारी सडकअवरुद्ध हुँदा नोक्सान भएको बताए । “मेरो वडामा मात्रै ५० प्रतिशत किसान तरकारी उत्पादनमा छन्,” उनले भने,“ सिजनमा यहाँ फलेको गोलभेडा भारतको बरेलीसम्म पुग्छ ।”
 
उनले पछिल्लो समय फाटफुट रुपमा तरकारी निर्यात भइरहेको भए पनि साउनको अन्तिम साता भने किसान धेरै मर्कामा परेको बताए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

परीक्षा फारम विवादले मावि कुपहीमा तालाबन्दी

राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशास...

सुर्खेतमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि बेपत्ता

सुर्खेत । सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार, सुर्खेत बराहताल गाउँपालिका...

एन्फाको एकतर्फी निर्णयविरुद्ध ए डिभिजन क्लबहरूको विरोध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी निर्णय गरेको विरोधमा क्लबहरू आन्दोलित बनेका छन्। सोमबार प...

पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी

कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म प...

इनिशा विकको न्याय माग गर्दै आजपनि काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्ड...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: