Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

धनकुटाको उत्तरपानी प्राविधिक शिक्षालय जीर्ण

खबरडबली संवाददाता

धनकुटा । मर्मतसम्हारका लागि बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । 

विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एकमात्र कृषि प्राविधिक पढाइ हुने विद्यालयका नामले चिनिने यो विद्यालय कुनै बेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो । तर अहिले यहाँ निर्मित ४७ भवन जीर्ण अवस्थामा छन् । यस वरिपरिका रमणीय चिया बगान, माछा पोखरीलगायत स्थल अव्यवस्थित छन् ।

बनेका भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको विद्यालयका प्राचार्य शङ्कर कोइरालाले जानकारी दिए। मर्मतसम्हारका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको उनको भनाइ छ । “भवनका विषयमा विद्यार्थीको गुनासो आइरहन्छ”, कोइरालाले भने, “लाइभस्टक र प्रयोगशाला जीर्ण हुँदा प्रयोगात्मक परीक्षा नै रोकिने गरेको छ ।”

हाल विद्यालयको अन्य शीर्षकमा आएको रकमबाट मिलाएर टालटुल गरी शिक्षालय सञ्चालन गरिरहेको उनले जानकारी दिए। शिक्षालयको भवन तथा संरचना मर्मत गर्न करिब रु चार करोड जति खर्च लाग्ने प्रचार्य कोइराला बताउछन् ।

वार्षिक एक सय ६० जना भर्ना लिने यस शिक्षालयमा हाल तीन सय २० विद्यार्थी अध्ययनरत छन् । सिटिइभिटीबाट सम्बन्धन प्राप्त देशभरिका ६५ आंगिक शिक्षालयमा कोशी प्रदेशअन्तर्गत सात वटा रहेका छन् । यसमा यो धनकुटाको एकमात्र पुरानो शिक्षालय हो । पछिल्लो समयमा स्थानीय तहहरुमा नै प्राविधिक शिक्षा सञ्चालनमा आउन थालेपछि यहाँ अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्यामा कमी आएकाले यसलाई बचाउनसमेत चुनौती थपिएको प्राचार्य कोइरालाको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

परीक्षा फारम विवादले मावि कुपहीमा तालाबन्दी

राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशास...

सुर्खेतमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि बेपत्ता

सुर्खेत । सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार, सुर्खेत बराहताल गाउँपालिका...

एन्फाको एकतर्फी निर्णयविरुद्ध ए डिभिजन क्लबहरूको विरोध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी निर्णय गरेको विरोधमा क्लबहरू आन्दोलित बनेका छन्। सोमबार प...

पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी

कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म प...

इनिशा विकको न्याय माग गर्दै आजपनि काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्ड...

कालीकोटमा करेन्ट लागेर एकको मृत्यु

कालीकोट। कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको रास्कोट नगरपालिका –८ बाँखरकोटका अन्दाजी ५० वर्षे मन वरालको करेन्ट लागेर मृत्यु भएको ह...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

इनरुवा। सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । खुल्ला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा...

व्यक्तिको हार–जितभन्दा पनि देशको जित नै सबैभन्दा ठुलो कुरा हो: ज्ञानेन्द्र मल्ल

काठमाडौँ । पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले व्यक्तिगत उपलब्धि भन्दा पनि देशको जीत नै सबैभन्दा महत्वपूर्ण भएको बताएका छन्। मल्लले क्रिकेटबाट सिकेको ...

जेनजी अलायन्सको विरोध: कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न र राजनीतिक नियुक्ति खारेज गर्न माग

काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न र सरकारका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: