Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बारा बस दुर्घटना: ज्यान गुमाउने सातै जनाको सनाखत

खबरडबली संवाददाता

बारा । बारा बस दुर्घटनामा ज्यान गुमाउने  सातै जनाको सनाखत भएको छ।

बाराका डिएसपी दलिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपटी नगरपालिका ५ का ४१ वर्षीय विजय लाल पण्डित, भारतको राजस्थानका ७०वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ६७ वर्षीया बैजन्ती देवी र ६५ वर्षीया मिरा देबी छन्।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस राति २ बजेतिर चुरियामाई अगाडि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

दुर्टनामा १७ जना घाइते छन्। तीमध्ये तीन जना नेपाली रहेको डिएसपी न्यौपानेले जानकारी दिए।

भारत राजस्थानका अन्दाजी ४८ वर्षीय घनश्याम चतुरबेदी, ५३ वर्षीया माया देबी, ३५ वर्षीय अनिल कुमार, ५० वर्षीय  तारावती चतुरबेदी, ४८ वर्षीय श्यामलाल माली, उनकी नातिनी ९ वर्षीया क्रितिका चतुरवेदी, ४७ वर्षीय हरवारी माली, ७० वर्षी चौथी देबी, ७२ वर्षीय सुरेस चन्द्र चक्रवती, ७३ वर्षीय राम प्रसाद, ६३ वर्षीय धरम सिंह, ६० वर्षीया ईन्दु धाकद, १६ वर्षीया गर्बिदा चतुरबेदी र ५४ वर्षीय राम कुमार चतुरबेदी घाइते छन्। 

घाइते नेपाली नागरिकहरुमा महोत्तरी जलेश्वर नगरपालिकाका ३८ वर्षीय बिहारी मुखीया, धनुषाको मौवा गाउँपालिका १८ जनकपुरका ४१वर्षीय घुरन मण्डल, महोत्तरीको लोहारपति नगरपालिका५ का २६ वर्षीय जसबेन्दर पासवान छन्।

बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

परीक्षा फारम विवादले मावि कुपहीमा तालाबन्दी

राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशास...

सुर्खेतमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि बेपत्ता

सुर्खेत । सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार, सुर्खेत बराहताल गाउँपालिका...

एन्फाको एकतर्फी निर्णयविरुद्ध ए डिभिजन क्लबहरूको विरोध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी निर्णय गरेको विरोधमा क्लबहरू आन्दोलित बनेका छन्। सोमबार प...

पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी

कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म प...

इनिशा विकको न्याय माग गर्दै आजपनि काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्ड...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: