तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा अठार लाख मूल्य बराबारको अंगुर उत्पादन भएको छ । खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबारको अङ्गुर उत्पादन गरेका हुन् । गतवर्ष ७० रोपनी जग्गा खरिद गरेर उहाँले व्यावसायीक अंगुर खेती थालनी गरेका थिए ।
‘भाइन यार्ड एन्ड रिसर्च सेन्टर’ फार्म स्थापना गरी सुरुमा रु एक करोड ५० लाख लगानी गरेको सञ्चालक कार्कीले जानकारी दिए । “नौ हजार किलोग्राम अंगुर उत्पादन भएको छ, उनले भने,“बजारको ‘मूल्य अनुरुप प्रतिकिलो रु दुई सयका दरले उक्त मूल्यको अंगुर उत्पादन भएको हो ।” उक्त क्षेत्रमा करिब नौ हजार पाँच सय बिरुवा रोपिएको उनले बताए ।
कम्पनीले वार्षिक १० हजार किलो अङ्गुर उत्पादन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको नजिक नजिक पुग्न सफल भएको उनले बताए । जिल्लामा उत्पादन भएका सबै अङ्गुरबाट वाइन उत्पादन गर्नका लागि धादिङमा पठाइएको छ, उनले भने “कम्पनीले सात सय ५० एमएलको बोतलमा तीन प्रकारका वाइन उत्पादन गरिरहेको छ ।”
धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा तीस हजार बिरुवा लगाएर व्यावसायिक अङ्गुरखेती गरीे वाइन उत्पादन गर्दै आएको छ । कम्पनीले धादिङमा रु ३८ करोड ५० लाखको लागतमा अङ्गुरखेती र वाइन उत्पादन गर्दै आएको हो । वाइन बजारमा प्रतिबोतल रु एक हजार दुई सयमा बिक्री गरिरहेको छ ।
‘हामीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ”, उनले भने, “यसले पनि अङ्गुरखेतीलाई प्रोत्साहन गरेको छ ।” वर्षामा एक पटक अङ्गुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट र बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउने लगायतका कार्य गर्ने गरिएको छ । फार्ममा विभिन्न ३२ प्रजातिका अङ्गुरखेती गरिए पनि ८ देखि १० प्रजातिका अङ्गुरले मात्रै राम्रो उत्पादन दिएको कार्कीले बताए ।
फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमान लगायतका जातका अङ्गुर रहेको छ । अङ्गुरको बोटमा चैत, वैशाखमा फूल फूल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुने फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङले बताइन् । फागुनदेखि फूल खेल्ने र असार पहिलो सातासम्म फल टिप्न सकिने छ । फार्ममा दैनिक ज्यालादारीमा आवश्यकता अनुरुप स्थानीय मानिसले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् ।
धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म शीर्ष अन्तर्गत १२ फार्ममापर्न सफल भई रु ५५ लाख अनुदानसमेत प्राप्त गरिसकेको सञ्चालक कार्कीले बुताए । घिरिङको माटोमा अङ्गुर उत्पादन राम्रो हुने भएपछि किसानलाई पनि खेतीतर्फ प्रोत्साहन गर्न पालिकासँग समन्वय भइरहेको कृषि शाखा अधिकृत रवि रामदामले बताए ।
यस क्षेत्रको हावापानी र माटो अङ्गुरखेतीका लागि उपयुक्त मानिएकाले किसानलाई यसतर्फ आर्कर्षित गराउन लागिएको सो गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...
पौष ३ गते, २०८२ - १४:४०
काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ समारोह आज अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा हुने निर्वाचन आयोगले जानकारी दिएको ...
पौष ३ गते, २०८२ - १४:३२
काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। पदाधिकारीमा पनि ओली पक्षको प्रभुत्व कायम रह्यो। अध्यक्ष केपी शर्म...
पौष ३ गते, २०८२ - १४:२५
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये केवल एक जना महिला अटाएकी छिन्। सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्य...
पौष ३ गते, २०८२ - १४:०७
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। २२ सय २७ खसेको मतमा ल...
पौष ३ गते, २०८२ - १४:०२
काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश...
पौष ३ गते, २०८२ - १३:४६
काठमाडौं। नेकपा(एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित भएको छन् । निर्वाचितमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गर...
पौष ३ गते, २०८२ - १३:४२
काठमाडौं । नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलले पूर्ण वर्चश्व कायम गरेको छ। सचिव पदमा सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गर...




प्रतिकृया लेख्नुहोस्: