Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

‘सुन कोशी बग्यो सलल’ म्युजिक भिडियो सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौ । गायक सबु थापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौको दरबारमार्ग स्थीत क्युज हलमा एक भव्य कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो । समिप इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा स्व. पुर्ण गुरुङको शब्द तथा संगीत रहेको छ ।

दिलिप समनद्धरा निर्देशित म्युजिक भिडियोमा सुनिल न्यौपाने र बिना राउत फिचर्ड छन् । ‘सुन कोशी बग्यो सलल’ म्युजिक भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ गायक यम बरालले भिडियोको बारेमा बोल्दै टिमलाई नै शुभकामना दिए । उनले नेपाली गीत संगीतको पहिले र अहिलेको अन्तरका बारेमापनि बोलेका थिए । त्यस्तै कार्यक्रमका विशेष अतिथीहरु क्रमशः नेपाल पुलिसका एआइजी टेक तामाङ, चर्चित गायक कमल खत्री, एसियन म्युजिकका एमडी इश्वर गुरुङ, निर्देशक विभोर पोखरेल लगायतलेपनि गीतका बारेका बोल्दै सुनिल र बिनाको कामको तारिफ गरेका थिए । समिप इन्टरटेनमेन्टकी अध्यक्ष मीना बर्तौलाले पनि म्युजिक भिडियोमा जोडिएका सबैलाई बधाई दिएकी थिइन् ।

कार्यक्रममा मोडल बिनाले भिडियोको बारेमा बोल्दै मेलाको फरक सेटमा पहिलो चोटि काम गरेको बताइन् । उनले सुटिङका रमाइला किस्साहरुपनि कार्यक्रममा सुनिएकी थिइन् । त्यस्तै भिडियोका मोडल सुनिललेपनि राम्रो काम गर्ने मेहेनत गरेको बताए । त्यस्तै कोरियोग्राफर रोशन विश्वकर्माले पनि बिनाको साथमा नन–डान्सर सुनिललाई डान्स गराउन गाहो हुदाहुदै सफल भएको बताए । निर्देशक दिलिपले भिडियोको बारेमा बोल्दै राम्रो काम निकाल्नका लागी बजेटका लागी आपन भएर काम गर्नु भनेकालेपनि कामको रिजल्ट राम्रो आएको बताए ।

निर्देशक दिलिपले सुनिल र बिनाको जोडीलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । गीतको भाव अनुसार एक मेलाको झझल्को दिन्छ यो म्युजिक भिडियोले । सुनिल र बिनाले मेलामा मज्जाले ठुम्का लगाएका छन् । यस भिडियोलाई दिलिपले निर्देशन गरेका हुन्, भने चिफ एसिस्टेन्ट निर्देशन सुनिल बुढाथोकीले गरेका छन् । त्यस्तै रोशनले कोरियोग्राफी गरेको भिडियोमा हरि हुमागाईको सिनेमाटोग्राफी रहेको छ, भने नहकुल खड्काको सम्पान रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: