कञ्चनपुर। कञ्चनपुरस्थित हुलाकी सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बेलडाँडी गाउँपालिका वडा नं-१ को हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका २२ वर्षीय सुनील सार्कीको मृत्यु भएको हो ।
मंगलबार दिउँसो बेल्डाँडी गाउँपालिका वडा नं १ अवस्थित भण्डारी टोल नजिक सुपप्र ००३प ७२११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सार्की गम्भीर घाइते भएका थिए । त्यहाँबाट महाकाली अस्पताल रिफर गरिएको र उपचारका क्रममा त्यहीँ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज नरेन्द्र कुँवरले बताए। शव पोस्टमार्टमका लागि महाकाली अस्पतालमै राखिएको छ।
हुलाकी सडक निर्माणको जिम्मा पाएको शर्मा राजेन्द्र जेभी कम्पनीको लापरबाहीले सार्कीको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । ०७३ सालमा ३० महिनाभित्रै सडक निर्माण गरिसक्ने गरी ठेक्का भए पनि निर्माण कम्पनीले ७० महिना बितिसक्दा पनि सडक निर्माण गरेको छैन । निर्माण कम्पनीले लापरबाही गरेको भन्दै बुधबार बिहानैदेखि स्थानीय युवाले हुलाकी सडक बन्द गराएका छन्।
स्थानीय युवा किरण ठगुन्ना निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा सडक थप बिग्रिएको र सोही सडकको अवस्थाका कारण दैनिक सामान्यदेखि मृत्युसम्मका दुर्घटना भइरहेको बताउँछन्। दैनिक दुर्घटना हुँदासमेत सम्बन्धित पक्षबाट कसैले चासो नदिएको स्थानीयको आरोप रहेकाे छ ।
स्थानीयले सडक निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेर हुलाकी सडक बन्द गर्नुका साथै पालिका, प्रदेश र संघीय सरकारलाई सडक सुधारमा ध्यान दिन आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ९ गते, २०८१ - २१:०३
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । अदालतको आदेश अनुसार उपचार गराउन उनलाई अस्पताल लगिएको साइबर ब्यूरोका ए...
मंसिर ९ गते, २०८१ - २०:५८
काठमाडाैं । धितोपत्र बाेर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएकाे छ । बोर्डको अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अध...
मंसिर ९ गते, २०८१ - २०:५३
कैलाली । जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिम...
मंसिर ९ गते, २०८१ - २०:४७
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाको धर्मद...
मंसिर ९ गते, २०८१ - २०:०७
माेरङ । मोरङमा हायसको ठक्करबाट आइतबार दिउँसो साइकल यात्रीको मृत्यु भएकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा हायसले सा...
मंसिर ९ गते, २०८१ - २०:०१
काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको चार महिनामा १० अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन, भदौ, असोज र कार्तिक गर...
मंसिर ९ गते, २०८१ - १९:५४
काठमाडौं । आइतबार तीन घण्टा खुलेकाे धरहराबाट दुई लाख बढी राजस्व संकलन भएकाे छ । सःशुल्क धरहरा खुलेको पहिलो दिन दुई लाख २० हजार ६५० रुपियाँ राजस्व संकल...
मंसिर ९ गते, २०८१ - १९:४७
काठमाडाैं । महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका प्रहरी जनाएको छ । उदयपुर घर भएकी ४५ ...
मंसिर ९ गते, २०८१ - १९:४०
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । कम्बो...
मंसिर ९ गते, २०८१ - १९:३३
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटक...
प्रतिकृया लेख्नुहोस्: