Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

राजर्षी गुरुकुल र काठमाडौं वर्ल्ड स्कुललाई उपाधि

खबरडबली संवाददाता

काठमाडौं । आयोजक राजर्षी गुरुकुल र काठमाडौं वर्ल्ड स्कुलले आरजी अन्तर स्कुल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । राजर्गी गुरुकुल ब्वाइजतर्फ र काठमाडौं वर्ल्ड स्कुल गर्ल्सतर्फ च्याम्पियन बनेको हो ।

सल्लाघारीस्थित राजर्षी गुरुकुलको मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको ब्वाइजतर्फ फाइनलमा राजर्षी गुरुकुलले नेइबरहुड स्कुललाई २–१ ले पराजित गर्‍यो । निर्धारित समयको खेल २–२ को बराबरी भएपछि पेनाल्टीमा राजर्षी गुरुकुलले खेल जितेको हो । राजर्षी गुरुकुलका दिग्गज श्रेष्ठ फाइनल खेलको प्लेअर अफ दि म्याच घोषित भए ।

यस्तै गर्ल्सतर्फ काठमाडौं वर्ल्ड स्कुलले फाइनलमा रातो बंगला स्कुललाई २-१ ले नै हरायो । निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि पेनाल्टीमा काठमाडौं वर्ल्ड स्कुलले बाजी मार्‍यो । काठमाडौं वर्ल्ड स्कुलकी अरुणा सिंह फाइनल खेलको प्लेअर अफ दि म्याच बनिन् ।

प्रतियोगितामा ब्वाइजतर्फ नेइबरहुडका सुसन थापा मगर बेस्ट प्लेअर घोषित भए भने चेल्सी वर्ल्ड स्कुलका आदित्य शाह सर्वाधिक गोलकर्ता, राजर्षी गुरुकुलका दिगग्ज श्रेष्ठ उत्कृष्ट गोलकिपर चयन भए । राजर्षी गुरुकुलकै उर्जन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । अक्सफोर्डले फेयर प्लेको अवार्ड पयो ।

यस्तै गर्ल्सतर्फ रातो बंगलाकी आहाना ढुंगाना उत्कृष्ट खेलाडी घोषित भइन् भने रातो बंगलाकै सान्वी कार्की सर्वाधिक गोलकर्ता र काठमाडौं वर्ल्ड स्कुलकी अरुणा सिंह उत्कृष्ट गोलकिपर घोषित भइन् । च्याम्पियन काठमाडौं वर्ल्ड स्कुलकै सरोज थापा उत्कृष्ट प्रशिक्षक चयन भए । चेल्सी वर्ल्ड स्कुललले फेयर प्ले अवार्ड पायो ।

राजर्षी गुरुकुलको आयोजनामा भएको प्रतियोगितामा विभिन्न २१ स्कुलका १९ ब्वाइज र ८ गर्ल्स गरी कूल २७ टोलीको सहभागिता थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

कांग्रेसले कैलाली–५ बाट चार उम्मेदवार सिफारिस, आरजु राणा देउवा अग्रस्थानमा

धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा दे...

भिमाद नगरपालिकाद्वारा दूध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान

तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। नगरपालिकाले दूध मूल्य पनि तो...

हायात रिजेन्सी बन्द अवधिमा पनि कर्मचारीलाई न्यूनतम तलब दिने सहमति

काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। २४ भदौमा जेनजी आन्दोलनक...

काठमाडौंमा चिसो बढ्यो, तापक्रम ५.४ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौँ। चिसो बढ्दै गर्दा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार बिहान ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्ष काठमाडौँको अहिलेसम्मकै न्यूनतम तापक्...

कांग्रेसले उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्र गर्न मातहतलाई निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्रै गर्न मातहतका पार्टी निकायलाई निर्देशन...

नदीजन्य पदार्थ ओसारपसार गर्ने १३ वटा ट्याक्टर नियन्त्रणमा

मकवानपुर  । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य प...

पूर्वमुख्यमन्त्रीका सहोदर भाइ महावीर चौधरी हत्या आरोपमा पक्राउ

धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending