बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका खेलेनन् भन्ने धारणालाई “पूर्णतः भ्रमपूर्ण” बताएका छन् ।
उनले विगतका सरकारहरूले गरेका प्रयास, उपलब्धि र जनपक्षीय कामलाई नदेख्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै यथार्थ बुझेर मात्र मूल्यांकन गर्न आग्रह गरे । नेपालगन्जस्थित त्रिभुवन चोकमा नेकपा बाँकेले आयोजन गरेको एकता सन्देशसभामा बोल्दै नेता नेपालले आफू र नेकपा संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका अवधिहरू देशको राजनीतिक रूपान्तरण, राजनीतिक स्थिरता र संरचनागत परिवर्तनका हिसाबले महत्वपूर्ण रहेकाबारे विस्तृत रूपमा प्रकाश पारे । उनले संघीयता कार्यान्वयन, सामाजिक सुरक्षा कार्यक्रमको विस्तार, पूर्वाधार निर्माण र शान्ति प्रक्रियाको समापनजस्ता काम जनताकै हितमा थालिएको बताउँदै ती उपलब्धि बेवास्ता गर्न नहुने बताए ।
पूर्वप्रधानमन्त्री नेपालले अहिलेका राजनीतिक परिवेशमा “राजनीतिप्रति निराशा छर्ने गतिविधि” बढेको टिप्पणी गर्दै कुनै कमजोरी वा विवादलाई लिएर सबै राजनीतिक दललाई नकारात्मक रूपमा चित्रण गर्नु गलत भएको धारणा राखे । “राजनीतिक दलले केही गरेनन् भन्ने कुरा तथ्यमा आधारित छैन । जनताका मुद्दा राजनीतिक दलहरूले नै अघि सारेका छन्, संविधान निर्माणदेखि संघीय संरचनाको निर्माणसम्म सबै काम राजनीतिक नेतृत्वकै पहलमा भएको हो,” उनले भने ।
उनले वर्तमान राजनीतिक घुम्ती र पार्टी एकताको आवश्यकता पनि सभामा केन्द्रित गर्दै, देशको समग्र विकास, सुशासन र स्थिरताका लागि वाम एकता अत्यावश्यक रहेको उल्लेख गरे । “जनताको अदालत भन्दा ठूलो अदालत अर्को कुनै हुँदैन,” भन्दै पार्टी नेतृत्व अहिले जनताको मूल्यांकनका लागि गाउँ–गाउँ पुगेको र तिनको विश्वास जितेर अघि बढ्ने उद्देश्य रहेको बताए ।
सभामा नेकपा बाँकेका संयोजक नरेन्द्र पाण्डेले जिल्लामा पार्टी एकता र संगठन विस्तार तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए । उनले स्थानीय तहदेखि केन्द्रसम्म जनताका सवाल उठाउन पार्टी प्रतिबद्ध रहेको बताउँदै बाँकेलाई वाम राजनीति र जनआन्दोलनको सक्रिय केन्द्रका रूपमा विकसित गर्ने योजना प्रस्तुत गरे ।
कार्यक्रममा सहभागी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले संघीयताको प्रभावकारी अभ्यास, समावेशी शासनसंरचना, दलीय एकता र स्थिर सरकार निर्माणका विषयमा जोड दिए । उनले देश आर्थिक चुनौतीबाट गुज्रिरहेको समयमा राजनीतिक स्थिरता र नीति निरन्तरताको आवश्यकता रहेको उल्लेख गरे ।
त्यसैगरी नेता कर्णजित बुढा, युवा नेता अब्दुल हुसेन खाँलगायतले पनि संबोधन गर्दै पार्टीभित्रको एकता, संगठन सुदृढीकरण, आर्थिक संकट, बेरोजगारी, सीमा–समस्या तथा स्थानीय विकासका मुद्दामा पार्टीले जनतासँग कन्धासँगै कन्धा मिलाएर चल्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा ठूलो संख्यामा स्थानीय नागरिक, व्यापारी, विद्यार्थी र पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ । सभामा उपस्थित सहभागीहरूले नेपाललगायतका वक्ताहरूको मन्तव्यका क्रममा उत्साहजनक प्रतिक्रिया देखाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: