बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका खेलेनन् भन्ने धारणालाई “पूर्णतः भ्रमपूर्ण” बताएका छन् ।
उनले विगतका सरकारहरूले गरेका प्रयास, उपलब्धि र जनपक्षीय कामलाई नदेख्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै यथार्थ बुझेर मात्र मूल्यांकन गर्न आग्रह गरे । नेपालगन्जस्थित त्रिभुवन चोकमा नेकपा बाँकेले आयोजन गरेको एकता सन्देशसभामा बोल्दै नेता नेपालले आफू र नेकपा संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका अवधिहरू देशको राजनीतिक रूपान्तरण, राजनीतिक स्थिरता र संरचनागत परिवर्तनका हिसाबले महत्वपूर्ण रहेकाबारे विस्तृत रूपमा प्रकाश पारे । उनले संघीयता कार्यान्वयन, सामाजिक सुरक्षा कार्यक्रमको विस्तार, पूर्वाधार निर्माण र शान्ति प्रक्रियाको समापनजस्ता काम जनताकै हितमा थालिएको बताउँदै ती उपलब्धि बेवास्ता गर्न नहुने बताए ।
पूर्वप्रधानमन्त्री नेपालले अहिलेका राजनीतिक परिवेशमा “राजनीतिप्रति निराशा छर्ने गतिविधि” बढेको टिप्पणी गर्दै कुनै कमजोरी वा विवादलाई लिएर सबै राजनीतिक दललाई नकारात्मक रूपमा चित्रण गर्नु गलत भएको धारणा राखे । “राजनीतिक दलले केही गरेनन् भन्ने कुरा तथ्यमा आधारित छैन । जनताका मुद्दा राजनीतिक दलहरूले नै अघि सारेका छन्, संविधान निर्माणदेखि संघीय संरचनाको निर्माणसम्म सबै काम राजनीतिक नेतृत्वकै पहलमा भएको हो,” उनले भने ।
उनले वर्तमान राजनीतिक घुम्ती र पार्टी एकताको आवश्यकता पनि सभामा केन्द्रित गर्दै, देशको समग्र विकास, सुशासन र स्थिरताका लागि वाम एकता अत्यावश्यक रहेको उल्लेख गरे । “जनताको अदालत भन्दा ठूलो अदालत अर्को कुनै हुँदैन,” भन्दै पार्टी नेतृत्व अहिले जनताको मूल्यांकनका लागि गाउँ–गाउँ पुगेको र तिनको विश्वास जितेर अघि बढ्ने उद्देश्य रहेको बताए ।
सभामा नेकपा बाँकेका संयोजक नरेन्द्र पाण्डेले जिल्लामा पार्टी एकता र संगठन विस्तार तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए । उनले स्थानीय तहदेखि केन्द्रसम्म जनताका सवाल उठाउन पार्टी प्रतिबद्ध रहेको बताउँदै बाँकेलाई वाम राजनीति र जनआन्दोलनको सक्रिय केन्द्रका रूपमा विकसित गर्ने योजना प्रस्तुत गरे ।
कार्यक्रममा सहभागी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले संघीयताको प्रभावकारी अभ्यास, समावेशी शासनसंरचना, दलीय एकता र स्थिर सरकार निर्माणका विषयमा जोड दिए । उनले देश आर्थिक चुनौतीबाट गुज्रिरहेको समयमा राजनीतिक स्थिरता र नीति निरन्तरताको आवश्यकता रहेको उल्लेख गरे ।
त्यसैगरी नेता कर्णजित बुढा, युवा नेता अब्दुल हुसेन खाँलगायतले पनि संबोधन गर्दै पार्टीभित्रको एकता, संगठन सुदृढीकरण, आर्थिक संकट, बेरोजगारी, सीमा–समस्या तथा स्थानीय विकासका मुद्दामा पार्टीले जनतासँग कन्धासँगै कन्धा मिलाएर चल्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा ठूलो संख्यामा स्थानीय नागरिक, व्यापारी, विद्यार्थी र पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ । सभामा उपस्थित सहभागीहरूले नेपाललगायतका वक्ताहरूको मन्तव्यका क्रममा उत्साहजनक प्रतिक्रिया देखाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - २०:२०
काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशील...
मंसिर २६ गते, २०८२ - २०:१७
नवलरासी । पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगा...
मंसिर २६ गते, २०८२ - २०:१४
बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका ख...
मंसिर २६ गते, २०८२ - २०:०७
चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका...
मंसिर २६ गते, २०८२ - २०:०४
मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...
मंसिर २६ गते, २०८२ - २०:०१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...
मंसिर २६ गते, २०८२ - १९:५७
काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...
मंसिर २६ गते, २०८२ - १९:५१
कैलाली । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...
मंसिर २६ गते, २०८२ - १९:४६
ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए । ब...
मंसिर २६ गते, २०८२ - १९:३८
बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...




प्रतिकृया लेख्नुहोस्: