गलकोट । बागलुङ नगरपालिकाको अधिकांश क्षेत्रमा लगाइएको कोदोबालीमा खुम्रेकिराको समस्या देखिएको छ । खुम्रेकिराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि बागलुङ नगरपालिकाभित्रका किसान चिन्तित बनेका छन् ।
बागलुङ नगरपालिकाको सिगाना, मालिका, भान्सा, रायडाँडा र सिमलगायत क्षेत्रमा लगाइएको कोदोमा खुम्रेकिराको समस्या देखिएको बागलुङ नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
कोदोको जरामा खुम्रेकिरा र डाठमा गबारो देखिएको छ भने धानखेतीमा ढुसीजन्य रोग देखिएपछि अहिले रोग नियन्त्रण, रोकथाम र अनुगमनको कामलाई बागलुङ नगरपालिकाले तीव्रता दिएको छ ।
बागलुङ नगरपालिका ८ सिगाना, वडा नं ५ मालिका, वडा नं ६ सिमलगायतका स्थानमा खुम्रेकिराको समस्या अत्यधिक रूपमा पाइएको कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिए ।
सङ्क्रमण फैलिएकाले नियन्त्रणका लागि नगरपालिकाले विषादी छर्नका लागि किसानलाई विषदी प्रदान गरिरहेको छ । बागलुङ नगरपालिकाको एक दर्जन गाउँमा लगाइएको कोदो खेतीमा खुम्रेकिराको समस्या देखिएको उनको भनाइ छ ।
‘अहिले समस्या भएका किसानको बारीमै पुग्ने, रोग पत्ता लगाउने र विषादी वितरण गर्ने काम भइरहेको छ, खुम्रेकिराको समस्या देखिएको स्थानमा ५० प्रतिशत कोदोको उत्पादन घट्ने देखिएको छ’ शाखा प्रमुख सापकोटाले भने, ‘अहिले बागलुङ नगरपालिकाले विपद् व्यवस्थापनबाट रु ८० हजार बजेट विनियोजन गरेर समस्याग्रस्त क्षेत्रमा विषादी वितरण गर्ने कार्य गरिरहेको छ ।’
हुर्कने बेलाको कोदो मर्न थालेपछि समस्या भएको बागलुङ ८ सिगानाका किसान चित्रबहादुर कार्कीले बताए । उनले कोदोमा डढेलो लागे जस्तै भएर मरेपछि वडा कार्यालय र नगरपालिकाको कृषि प्राविधिक आएर अनुगमन गरेको जानकारी दिए ।
बागलुङ ७ र वडा नं ११ बाट समेत खुम्रेकिराको समस्या भएको भन्दै अनुगमनका लागि कृषि शाखामा खबर आएको कृषि शाखा प्रमुख सापकोटाले बताए । नगरपालिकाले सूचना प्रकाशन गरी खुम्रेकिराको प्रकोपको समस्या आएमा र आवश्यक रोगथामका लागि विषादी लैजानका लागि कृषि शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
बागलुङ ८ सिगानामा मात्रै ६० रोपनी जग्गामा लगाइएको कोदोमा खुम्रेकिरा र गबारोको समस्या र ३० रोपनी जग्गामा लगाइएको धानखेतीमा ढुसी लागेर जरा कुहिने समस्या देखिएको वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए ।
यस्तै वडा नं ६ को सिम, भान्सा, लङ्गाउँमा लगाएको कोदोमा खुम्रेकिरा, धानको गुबो मर्ने र सुन्तलामा सेतो ढुसीले पात नष्ट भएर किसान समस्यामा परेको वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए ।
क्षतिको विवरण वडाले सङ्कलन गरिरहेको र विषादी वितरण गर्न थालिएको केसीको भनाइ छ । लगातारको वर्षाका कारण खुम्रेकिराको समस्या बढी फैलन पाएको कृषि प्राविधिकको भनाइ छ ।
विषादी छर्कंदा रोग अन्य स्थानमा फैलन नदिन सहयोग पुग्नेछ । हालसम्म तीन सय रोपनी जग्गामा लगाइएको कोदोबाली खुम्रेकिराको समस्याले सखाप भइरहेको छ । खेती गर्नुपूर्व बाँझो जोत्ने काम किसानले नगर्दा खुम्रेकिरा फैलन पाएको प्राविधिकको भनाइ छ ।
आगामी दिनमा मकै लगाउने सिजनमा माटोमा विषादीको प्रयोग गरेर खुम्रेकिरालाई नियन्त्रण गर्ने गरी किसानलाई सेचत गराइने कृषि शाखाले जनाएको छ । बागलुङ नगरपालिकाका १४ वटै वडामा खुम्रेकिराको समस्याका कारण कोदोमा समस्या देखिन थालेकाले यसको उत्पादनमा गिरावट आउने देखिन्छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...



प्रतिकृया लेख्नुहोस्: