Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

यस्ता छन् अदुवा खानुका फाइदाहरु

खबरडबली संवाददाता

काठमाडाैं । अदुवा नचिन्ने मानिस संसारमै शायदै होला । हामी नेपालीहरुको भान्छाघरमा त सजिलै उपलब्ध हुने, अझ भनौं नभई नहुने मसलामध्येको एक हो अदुवा । अदुवाको अभावमा हाम्रो भान्छाघरमा पाक्ने परिकारहरु शायदै स्वादिलो होलान् ।

त्यसो त अदुवा खानेकुरा स्वादिलो बनाउने जरुरी मसला मात्रै हैन, औषधीको भण्डार पनि हो । इतिहासलाई फर्केर हेर्दा आजभन्दा करिब ४००० वर्षअगाडिदेखि नै मानिसले अदुवाको प्रयोग गर्दै आइरहको पाइन्छ ।

खासगरी, दक्षिणपूर्वी एशियामा उत्पत्ति थलोमा मानिएको अदुवा चीनमा २००० वर्षपहिलेदेखि नै औषधीको रुपमा पनि प्रयोग हुँदै आइरहेको छ । आजभोलि त अदुवा संसारभरि नै उत्पादन हुने गर्छ । यसो हुनुको कारण चाहिँ यसको मसलामा उपयोग त हुँदै हो, त्यसबाहेक यसका औषधीय गुणहरुबारे मानिसले थाहा पाएर पनि हो ।

अदुवालाई विभिन्न रुपमा प्रयोग गर्ने गरिन्छ । यसलाई काँचै पिनेर लेदोको रुपमा, सुकाएर पिनी धुलोको रुपमा तथा प्रशोधन गरेर तेल निकालेर पनि अदुवालाई प्रयोग गर्ने गरिन्छ । यो चियादेखि खानेकुराहरु अनि आयुर्वेदीय–जडीबुटी औषधीहरुमा व्यापक मात्रामा प्रयोग हुने गर्छ ।

अदुवाका फाइदाहरु

भनिबस्नै परेन– अदुवाले खानेकुरा स्वादिलो बनाइदिन्छ । त्यसबाहेक यसको औषधीय गुणहरु पनि कम छैन । अदुवामा जिन्जेरोल (gingerol) र सोगावोल (shogaol) जस्ता बायोएक्टिभ तत्वहरु हुने गर्छन् ।

यी तत्वहरुमा डाहा कम गर्ने तथा एन्टिअक्सिडेन्ट गुणहरु हुन्छन् । वाकवाकी लाग्ने समस्यामा त यो अत्यन्तै प्रभावकारी हुने गर्छ । खासगरी, बिहानको समय लाग्ने वाकवाकी, यात्रा गर्दा हुने वाकवाकी तथा अपरेशन गरिसकेपछि वा केमेथेरापी गरेपछि लाग्ने वाकवाकीहरुको रोकथाममा यो अत्यन्तै उपयोगी हुने गर्छ ।

त्यसैगरी, अदुवाले महिनावारीको समयमा हुने पेट दुख्ने तथा मासु बाउँडिने समसया अनि वाथरोगका कारण मांसपेशीहरु कडा हुने समस्यामा पनि राहत मिल्छ । खाना राम्ररी पचाउन, हाम्रो शरीरको रोग प्रतिरोधी क्षमतलाई सही ढंगले काम गर्न समेत अदुवाले सहयोग गर्छ ।

अदुवाले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ । अदुवामा घाँटी दुखेको वा स्वर बसेको, रुघाखोकी लागेको, मांसपेशीहरु दुखेको समस्यामा पनि अदुवाको सेवनले राहत पुग्छ । त्यसबाहेक, यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित राखेर शरीरको स्वास्थ्यलाई ठीक अवस्थामा राख्न समेत काम गरिरहेको हुन्छ ।

अदुवाले मस्तिष्कको कार्यक्षमतालाई सही ढंगले सञ्चालित हुन तथा स्मरण शक्तिलाई दुरुस्त राख्न सहयोग गर्छ । कतिपय विज्ञहरुको भनाइमा त यसले यौन क्षमतालाई सही राख्न समेत भूमिका निर्वाह गर्ने गर्छ । यसबारेमा पनि विभिन्न अध्ययनहरु भइरहेका छन् ।

कति खाने अदुवा ?

धेरै खायो भने चिनी पनि तीतो हुन्छ भन्ने नेपाली उखान नै छ । त्यसैले कुनै पनि चीज फाइदा गर्छ भन्दैमा जथाभावी धेरै खानु पनि हुँदैन । सामान्यतः एउटा स्वस्थ मानिसले दिनको ४–५ ग्राम अदुवा खानु ठीक मानिन्छ भने गर्भवती महिलाले चाहिँ १ ग्रामसम्म खानु ठीक हुन्छ ।

त्यसैगरी, २ वर्षभन्दा मुनिका बच्चालाई अदुवा नखुवाउनु नै जाति मानिन्छ । धेरै अदुवा खायो भने वाकवाक लाग्ने, छाती पोलेको जस्तो हुने र कोहीकोहीलाई त पखालासमेत लाग्ने गर्छ । त्यसैगरी, पाइल्सको समस्या हुनेहरुलाई पनि अदुवाले फाइदाभन्दा बेफाइदा गर्ने गर्छ । त्यसैले त्यस्ता रोगीहरुलाई अदुवा नखान नै सल्लाह दिने गरिन्छ ।

अदुवाले रगत पातलो बनाउने काम पनि गर्छ । त्यसैले रक्तस्राब हुनेहरुलाई पनि अदुवाले फाइदा गर्दैन । त्यस्ता समस्या हुनेहरुले अदुवा नखाएकै जाति । त्यसबाहेक, लामो समयदेखि औषधी सेवन गर्दै आइरहेका दीर्घरोगीहरुले पनि अदुवा खानुपूर्व आफ्ना चिकित्सकसँग सल्लाह गर्नु उचित हुन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेतृत्वको कमजोर प्रवृत्तिका कारण थारू मतदातामा वितृष्णा

नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !

धनुषाका गाउँमा चुनावी रौनक नहुँदा मतदातामा निराशा र आक्रोश

जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...

स्वच्छ चुनाव भयो भने नेकपा पहिलो पार्टी बन्छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...

‘गाई काट्ने’ अभिव्यक्तिमा विवाद : खगेन्द्र सुनारलाई रास्वपाको चेतावनी, सार्वजनिक रूपमा क्षमायाचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...

चिर्पट प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान्ले गरे प्रहरीसमक्ष आत्मसमर्पण

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...

तीन जनाको हत्या आराेपमा पक्राउ परेका सार्वजनिक

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending