काठमाडौं । भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तीमा तीनजना बेपत्ता भएको र हजारौं स्थानीयलाई उक्त स्थानबाट सुरक्षितस्थलमा स्थानान्तरण गर्नु परेको छ ।
होन्शुको यामागाता र अकिता प्रान्तका स्थानीय सरकारहरूले दुई लाखभन्दा बढी मानिसहरूलाई उक्त ठाउँ खाली गर्न सल्लाह दिएको अग्नि तथा विपद् व्यवस्थापन समितिले जनाएको छ ।
तीमध्ये कम्तीमा चार हजारलाई आश्रयस्थलमा उद्धार गरिएको सार्वजनिक प्रसारणकर्ता एनएचकेले जनाएको छ । यामागाताको दुईवटा नदी र अकितामा एउटा नदीमा आएको बाढीले कटान निम्त्याएको एनएचकेले प्रसारण गरेको फुटेजमा देखाइएको छ ।
‘बेपत्ता व्यक्तिलाई खोज्ने अभियानमा रहेका दुई प्रहरी अधिकारीसहित तीन जना बेपत्ता छन्,’ एक स्थानीय अधिकारीले एएफपीलाई जानकारी गराए ।
जापानको मौसम पूर्वानुमान निकायले यस हप्ता यामागाता प्रान्तको साक्ता र तुजामा भारी वर्षाको अनुमान गर्दै त्यस स्थानका लागि उच्च आपतकालीन चेतावनी जारी गरेको छ ।
जापान मौसम विज्ञान विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा सम्भावित भूस्खलन र बाढीबाट सतर्क रहन नागरिकलाई आह्वान गरेको छ । जापानले हालका वर्षहरूमा देशका धेरै भागमा अनपेक्षित भारी वर्षाको सामना गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १६ गते, २०८२ - ०८:२८
रोल्पा । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रोल्पाबाट अन्तिम सार्वजनिक चुनावी सम्बोधन गर्ने भएका छन्। नेपाल कम्यु...
फाल्गुन १६ गते, २०८२ - ०८:२३
काठमााडाैें । झापामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् । गएराति बिर्तामोड नगरपालिका ४ ...
फाल्गुन १६ गते, २०८२ - ०८:१९
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा...
फाल्गुन १६ गते, २०८२ - ०८:१६
काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको छ। सार्वजनिक सवारीसाधनमा यात्रुको भीड ह्वात्तै बढेपछि ‘रिजर...
फाल्गुन १६ गते, २०८२ - ०७:४५
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा ह...
फाल्गुन १५ गते, २०८२ - २०:२५
परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक: उम्मेदवार पाण्डे
फाल्गुन १५ गते, २०८२ - २०:०२
भक्तपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ यतिबेला सबैको चासोको केन्द्र बनेको छ। सामाजिक सञ्जालमा ‘हट सिट’ का रूपमा प्रस्तुत गरिएको यस क...
फाल्गुन १५ गते, २०८२ - १९:३३
ललितपुर। ललितपुर महानगरपालिका–इमाडोलस्थित प्रहरी परिसर नजिकै गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनी गरिएको बस अझैसम्म सडकबाट हटाइएको छैन। करिब ६ महिनादे...
फाल्गुन १५ गते, २०८२ - १९:१४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन हुन अब केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप र शक्ति प्रदर्शन तीव्र बनेको छ। नेपाली कांग्रेस, ...
फाल्गुन १५ गते, २०८२ - १९:१२
महोत्तरी। औरही गाउँको सडकछेउको खेतमा दिनेश यादव र उनकी श्रीमती पुलमकुमारी यादव लसुन–प्याजको गोडमेलमा व्यस्त थिए। माघ–फागुनमै फुटेका गह्रा र चिरा परेका...



प्रतिकृया लेख्नुहोस्: