महोत्तरी । बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ । पछिल्ला पाँचरछ दिनयता ८० विद्यार्थी ज्वरोले बिरामी परेका छन् । उनीहरुको शुक्रबारदेखि परीक्षा रहेको बताइएको छ ।
ग्रामीण भेग अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । ज्वरो आएकामध्ये तीन जनामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको अस्पतालका मेडिकल अफिसर डा।किशोर अधिकारीले जानकारी दिए ।
एक्कासी उच्च ज्वरो आउने र टाउको दुख्ने सबैजसो विद्यार्थीमा समान लक्षण पाइएको छ । यसअघि चौथो सेमेस्टरको परीक्षा चलिरहँदा पनि विद्यार्थीलाई ज्वरोले समस्या बनाएको क्याम्पस प्रमुख हरि भुजेलले जानकारी दिए ।
बर्खायाममा धमिलिएको दूषित पानी सेवनले ज्वरो फैलिएको अनुमान गरिए तापनि अझै कतिपयमा डेङ्गु सङ्क्रमण देखिन सक्ने जाँचमा संलग्न चिकित्सकको भनाइ छ । धमाधम ज्वरो र टाउको दुख्ने लक्षणबाट विद्यार्थी बिरामी हुन थालेपछि बर्दिबास–६ का वडाअध्यक्ष पद्म आलेमगरले बुधबार नै बर्दिबास अस्पतालसँग समन्वय गरेर स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको बताए । अहिले केही बिरामीलाई कलेज नजिकका स्वास्थ्य क्लिनिकमा र केहीलाई बर्दिबास अस्पतालमै उपचार चलाइएको छ ।
परीक्षा स्थगन गर्न प्राकृतिक स्रोत व्यवस्थापन कलेजले पनि कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको डिनको कार्यालयलाई पत्र लेखिएको निमित्त क्याम्पस प्रमुख भुजेलले जानकारी दिए । विद्यार्थीको स्वास्थ्य अवस्थाबारे नगरप्रमुख र अन्य सरोकारवालाबीच संंयोजन भइरहेको वडाध्यक्ष मगरको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: