Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

सत्तामा हुँदा अनियमिता रमेकाहरू भ्रष्टाचारविरुद्धको अभियानबाट अत्तालिएका छन्ः प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र व्यथितिकाविरुद्ध सरकाले चलाएको अभियान लामो समयदेखि परिर्वतनका लागि जनताले गरेको त्याग र बलिदानीको निरन्तरता भएको बताएका छन् । आइतबार मकवानपुरको हेटौँडामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन् । 

आफु अहिले पार्टीको अध्यक्ष मात्रै नभएर देशको प्रधानमन्त्री पनि भएको नाताले निकै भ्रष्टाचार र व्यथिति विरुद्ध जनताको पक्षमा अभियान चलाउँन पाउँदा खुसी लागेको बताए । यद्यपी आफु सात्तामा हुँदा अनियमिता र व्यथितिमा रमेकाहरू भ्रष्टाचारविरुद्धको अभियानबाट अत्तालिएको उनकाे भनाइ छ । 

प्रधानमन्त्री प्रचण्डले भने-'भ्रष्टाचारविरुद्धबाट एकथरी मान्छेहरु खुसी छैनन् । जो सात्तामा हुँदा अनियमिता र व्यथितिमा रमेका थिए ती मान्छे को अभियानदेखि अत्तालिएका छन् । मैले यो अभियान सुरु गरे लगत्तै शान्ति सम्झौता विपरित प्रधानमन्त्री कार्यकारी प्रमुखविरुद्ध पटकपट मुद्धा हाल्ने गरेका छन् । यो परिर्वत कसरी उल्टाउन सकिन्छ भनेर लागेका छन् ।'

प्रधानमन्त्रीले प्रचण्डले सरकाले एउटा नँया आन्दोलन, नयाँ अभियान भ्रष्टाचारविरुद्ध समाजिक न्याय र समृद्धिको पक्षमा अभियान शुरु गरेको बताउँदै  जसमा जनता, सत्ता गठबन्धन र समाजवादी मोर्चाका नेताले साथ दिएको बताए  । सरकाले भ्रष्टाचारविरुद्ध गरेको काममा साथ दिने कुरा प्रधानमन्त्रीलाई साथ दिने कुरा मात्रै नभएर यो परिर्वतनप्रति जनताले गरेको त्याग र बलिदानीको सम्मान गर्ने कि नगर्ने भन्नेसँग सम्बन्धित  रहेकाे उनकाे भनाइ थियाे ।

समाजवादी मोर्चाको सभा बागमति प्रदेशसम्म आइपुग्दा समाजवादी मोर्चाको कार्यक्रम देशैभरी एउटा नयाँ तरङ्ग आएको उनले बताए ।  समाजवादी मोर्चाको ऐतिहासिक महत्त्व रहेको बताउँदै समाजवादी गणतन्त्रसम्म देशलाई पुर्याउन समाजवादी मोर्चाले नेतृत्व गर्ने दाइत्व रहेको बताए  ।

प्रधानमन्त्री प्रचण्डले भने -'यो समावजादी मोर्चा गठन गर्नुको रणनितिक महत्व छ समाजवादी मोर्चाको ऐतिहासिक, रणनीतिक महत्त्व छ । जनताको गणतन्त्र बनाउने दायित्व हाम्रो काँधमा छ,यो गणतन्त्रलाई जनताको गणतन्त्र बनाउँन कम्युनिष्टहरु एकजुट हुन आवश्यक छ ।'

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending