काठमाडौं । भेपमार्फत् ९ किलो सुन तस्करी र भन्सार जाँचपास भई गएको १०० किलो सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मी पक्राउ गरेको विरोधमा विमानस्थल भन्सारका कर्मचारी आन्दोलित भएका छन् । भदौ २४ गतेदेखि सुरु आन्दोलनका क्रममा सोमबार कार्गो जाँचपास बन्द गराएको हो।
आइतबार जारी गरिएको विज्ञप्तिमा आइतबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले ३ घण्टा पेन डाउन गरेर विरोध जनाए । पूर्व निर्धारित विरोधका कार्यक्रम अनुसार भदौ २५ गते सोमबार र भदौ २६ गते मंगलबार उनीहरूले त्रिभुवन विमानस्थल भन्सार कार्यालय अन्तरगत कार्गो जाँचपास शाखामार्फत हुने निकासी र पैठारीको सम्पूर्ण काम बन्द गर्ने जनाएका थिए । सोही योजना अनुसार सोमबार कार्गो जाँचपास ठप्प पारिएको हो ।
कर्मचारीहरूले विमानस्थलका प्रमुख भन्सार प्रशासकलाई सम्बोधन गरी लेखेको पत्रमा असल नियतले गरेको कामलाई पनि अपराध भन्दै धरपकड गरी हतोत्साहित पार्न खोजिएको आरोप लगाएका छन् ।
भन्सार ऐन, २०६४ को दफा ६६ मा रहेको ‘कुनै भन्सार कर्मचारीले आफ्नो कर्तव्य पालनको सिलसिलामा असल नियतले गरेको कामकारबाही प्रति निज व्यक्तिगत रूपमा जबाफदेही हुनेछैन’ भनिए पनि सुन प्रकरणमा व्यक्ति विशेषलाई जबाफदेही बनाइएको भन्दै कर्मचारीले आपत्ति जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १७:५४
दाङ । दाङको लमहीमा अज्ञात व्यक्तिले चलाएको गोलीले लमही नगरपालिका –५ लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलका सञ्चालक १६ वर्षिय दीपक सुनार घाइते भएका ...
मंसिर २१ गते, २०८२ - १७:५१
मकवानपुर । हेटौँडा बजार क्षेत्रमा सुरु गरिएको सडक सीमा विस्तारीकरण अभियानअन्तर्गत ५३१ घरटहरा तथा विभिन्न संरचना भत्काइएका छन्। सडक डिभिजन कार्यालय हेट...
मंसिर २१ गते, २०८२ - १७:४५
काठमाडाैं । काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात होटलभित्र रहेको क्यासिनोमा भएको चोरी, तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा दुई...
मंसिर २१ गते, २०८२ - १७:४०
पर्वत। दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ। विसं २०४९ मा मार्ग विस्तार गरिए पनि ...
मंसिर २१ गते, २०८२ - १७:३७
जुम्ला । कनकासुन्दरी गाउँपालिका–६ स्थित गोठिज्युला प्रहरीचौकीले सुविधा सम्पन्न पक्की भवन प्राप्त गरेको छ। प्रहरी चौकी स्थापना भएको १४ वर्षपछि आफ्नै सु...
मंसिर २१ गते, २०८२ - १७:३५
काठमाडौं । दुई दिने भ्रमणका क्रममा यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारतको नयाँ दिल्लीमा रहेका छन् । विहिबार बेलुका दिल्ली पुगेका पुटिनलाई वि...
मंसिर २१ गते, २०८२ - १७:३२
काठमाडौँ । सरकारले कृषि क्षेत्रको विकासका लागि कृषियोग्य जमिन छुट्याउने भएको छ । कृषियोग्य जमिनको संरक्षणका लागि कृषि र गैरकृषि जग्गा वर्गीकरण गर्न ला...
मंसिर २१ गते, २०८२ - १७:३०
सुमात्रा । इन्डोनेसियाको सुमात्रा टापुमा थप भारी वर्षाको सम्भावना देखिएको छ, जसले पहिले नै बाढीबाट प्रभावित क्षेत्रहरूमा थप चुनौतीपूर्ण अवस्था सिर्जना...
मंसिर २१ गते, २०८२ - १७:२७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणले देशका अन्य प्रदेशहरूमा पनि प्र...
मंसिर २१ गते, २०८२ - १७:१९
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालका युवापुस्ता, विशेषगरी जेनजी पुस्ताबीच नेकपाप्रतिक...




प्रतिकृया लेख्नुहोस्: