Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

क्यानडाद्वारा भारतीय कूटनीतिज्ञलाई देश निकाला, भारतले पनि गर्याे काउन्टर

क्यानडेली शिख नेताको हत्या पछि चुलीयाे दुई देशबीच तनाव

खबरडबली संवाददाता

काठमाडौं । भारतीय खुफिया एजेन्सीले क्यानडामा एक शिख नेताको हत्या गरेपछि दुई देशबीच तनाव चुलिएको छ । क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ भने भारतले पनि प्रतिवादमा उस्तै कदम चालेको छ ।

क्यानडेली प्रधानमन्त्री जस्टिन टुडो ले सोमबार संसदमा बोल्दै शिख समुदायका नेता हरदिप सिंह निज्जारको गत जूनमा भएको हत्यामा भारत सरकारका एजेन्टहरूको हात रहेको बताएका थिए । टुडोका अनुसार क्यानडा सरकारले आफ्ना गुप्तचरमार्फत यो सूचना प्राप्त गरेको हो । यस सम्बन्धमा आफूले जी २० को बैठकमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुरा गरेको उनले जानकारी दिएका थिए  ।

‘क्यानेडियन भूमिभित्र क्यानडेली नागरिकको हत्या एउटा विदेशी सरकारको कुनै पनि किसिमको संलग्नता हाम्रो सार्वभौमिकताको उल्लंघन हो र यो अस्वीकार्य छ,’टुडोले भने । शिख स्वायत्तताको वकालत गर्दै आएका निज्जारको हत्यामाथि अनुसन्धानका लागि समन्वय गर्न भारतलाई दबाब दिने उनले बताएका थिए । लगत्तै क्यानडेली विदेशमन्त्री मेलानी जोलीले क्यानडाले आफ्नो देशमा रहेका भारत सरकारका प्रमुख कूटनीतिज्ञलाई देश निकाला गरेको घोषणा गरिन् ।

भारतीय विदेश मन्त्रालयले भने क्यानडेली प्रधानमन्त्रीको दाबीलाई खण्डन गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको सुरक्षामा धावा बोलिरहेका ‘खालिस्तानी आतङ्ककारी र अतिवादीलाई क्यानडाले आश्रय दिइरहेको’ आरोप समेत लगाएको छ । खालिस्तान भनेको शिख पृथकतावादीहरूले स्थापना गर्न खोजेको स्वायत्त राज्य हो ।

मन्त्रालयले टुडोले लगाएको आरोपलाई प्रधानमन्त्री नरेन्द्र मोदीले ठाडै खण्डन गरेको जनाएको छ । साथै, मन्त्रालयले एक वरिष्ठ क्यानेडियन कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको छ । यसै महिना क्यानडाले भारतसँगको एउटा व्यापार वार्ता स्थगित गरेको थियो । जि २० शिखर सम्मेलनमा मोदीले द्विपक्षीय वार्ता गर्ने नेताहरूको सूचीबाट टुडोलाई हटाएका थिए ।

टुडोका अनुसार शिख नेताको हत्याबाट क्यानडामा रहेका भारतीय मूलका नागरिकहरू आक्रोशित र चिन्तित बनेका छन् । क्यानडाको कुल जनसंख्यामा ४ प्रतिशत अर्थात् करिब १४ लाख भारतीय मूलका मानिसहरू रहेका छन् । उनीहरूमध्ये धेरै शिख समुदायका हुन् । जगमित सिंह क्यानडाको प्रतिपक्षी न्यू डेमोक्रेटिक पार्टीका नेता थिए, जसले टुडेको अल्पमतको सरकारलाई सत्तामा टिक्न सहयोग गरिरहेको छ ।

४५ वर्षीय निजारको ब्रिटिस कोलम्बियाको सर्रे स्थित एक शिख मन्दीरमा गोली हानी हत्या गरिएका थियो । भारतको पञ्जाव प्रान्तसमेत समावेश रहने गरी स्वतन्त्र खालिस्तानको पक्षमा संघर्ष गरिरहेका निज्जारलाई भारत सरकारले आतङ्ककारी घोषणा गर्दै वान्टेडको सूचीमा राखेको थियो । निज्जारले आफ्नो ज्यानमाथि खतरा रहेको बताउँदै आएका थिए ।

पाँच दिनभित्र देश छाड्न क्यानडाका उच्च कुटनीतिज्ञलाई भारतको निर्देशन

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

लेबनान सीमामा द्वन्द्व बढ्दै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE