Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

माओवादी जनताको एजेन्डा बोक्ने पार्टीको रूपमा स्थापित हुँदैछः संयोजक कटुवाल

खबरडबली संवाददाता

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को अहिले देशव्यापी रूपमा ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान २०८०’ चलिरहेको छ । अभियानले जनता र माओवादी केन्द्रको सम्बन्ध सुमधुर र सुदृढ बनाउने लक्ष्य लिइएको छ ।  यही अभियानमा केन्द्रित रहेर माओवादी केन्द्र जिल्ला समन्वय समिति उदयपुरका जिल्ला ‘संयोजक’ विनोद कटुवाल ‘दिवस’ सँग खबरडबलीले गरेको संक्षिप्त कुराकानीकाे सम्पादित अंशः

नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियान कसरी चली रहको छ ?

माओवादी केन्द्र पार्टीको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान २०८०’ को उद्घाटन जिल्लाको ७५ वटै वडामा उत्साहजनक रूपमा भएको छ । उद्घाटनपछिका कामहरू आ–आप्mनो सापेक्षतामा विभिन्न कामहरू भएका छन् । कतै जन भेटघाट, कतै पार्टी सदस्यता नवीकरण, कतै टोल कमिटी गठन लगायतका कामहरू निरन्तर रूपमा अगाडि बढिरहेको छ । सहिद परिवारसँग भेटघाट, पूर्व जनमुक्ति सेनका योद्धाहरू, घाइते अपाङ्ग योद्धाहरू र जनयुद्धकालिन सेल्टरहरूमा भेटघाटका कामहरू जारी छन् । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान २०८०’ ले पार्टीलाई एउटा रूपान्तरणको बाटोमा लगिरहेको छ ।

यो अभियानले माओवादी केन्द्रको रूप कस्तो बनाउँछ ?

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान २०८०’सम्पन्न भइसक्दा माओवादी केन्द्र पार्टी र जनताबिचको सम्बन्ध सुमधुर हुनेछ । जन आधारित क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको प्रक्रियाले गति लिने छ । माओवादी केन्द्र पार्टी जनताको नजिकको साथीको रूपमा स्थापित हुनेछ । जनताको एजेन्डा बोक्ने पार्टीको रूपमा स्थापित हुनेछ । राष्ट्रको हितका निम्ति समर्पित पार्टीको रूपमा जनताले बुझ्नेछन् ।

उदयपुर जिल्लामा माओवादीलाई बलियो बनाउन के गर्नु पर्ला ?

उदयपुर जिल्लामा माओवादी केन्द्र पार्टी कमजोर छैन । आठ स्थानीय तहमध्ये तीन वटामा जितेको छ । पार्टीको यो महाअभियानले पार्टीलाई झनै बलियो बनाउने छ । बलियो बनाउन हामीलागि परेका छौँ । पार्टीलाई बलियो बनाउन जनसम्बन्धलाई सुदृढ बनाउनु पर्छ । जिल्लामा भएका विकास निर्माणहरूका कामको नेतृत्व लिनु पर्छ । पार्टीका उम्मेदवारहरू निर्वाचित भएका वडा, पालिका, सांसदहरूले जनसेवा र सुशासनका कामलाई प्राथमिकतामा राख्नु पर्छ । 

पहिचानको मुद्धालाई माओवादी केन्द्रले छाड्यो भन्ने आरोप किन लागिहेरेको छ ?

पहिचानको मुद्राको सवालमा एक नम्बर प्रदेशको सन्दर्भ हो । यसमा माओवादी केन्द्रको तर्फबाट कमजोरी भएको छ, भने जनमत पहिचान विरोधीलाई दिने र पहिचान पक्षधरलाई कमजोर बनाउने, अनि कमजोर जनमत रहेको पहिचान पक्षधर शक्तिसँग पहिचानको मुद्दा कार्यान्वयन गर भन्नु मिल्दो सवाल भएन । माओवादी केन्द्रले पहिचानको मुद्दा छाडेको छैन । अहिले पनि माओवादी केन्द्र पहिचानकै पक्षमा छ । 

सकारको सुशासनको मुद्रालाई कसरी नियाल्नु भएको छ ?

अहिलेको सरकारले सुशासनको कामलाई उच्च प्राथमिकतामा राखेको छ ।उच्च प्राथमिकताको साथ काम गरिरहेको छ । जनताले थाहा पाउने गरी सुशासनको क्षेत्रमा कामहरू गर्दै आएको छ । यसमा अब जनताले पनि साथ दिएका छन् । माओवादी केन्द्रले अझै सशक्त रूपमा सुशासनको मुद्रालाई जोड दिनुपर्छ ।

समाजवादी मोर्चाको भावी लक्ष्य के हो ?

समाजवादी मोर्चाले आफ्नो लक्ष्यमा समाजवादको नेपाली बाटो तय गर्ने, विभेदको अन्त्य गर्ने, त्यसकालागि जनदबाब सृजना गर्ने, पिछडिएको क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने,राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा पछाडि पारिएका सीमान्तकृत समुदायका अधिकार प्रत्याभूत गराउने जस्ता कुराहरू समावेश गरेको छ । त्यही नै हो समाजवादी मोर्चाको भावी लक्ष्य । 

अब आवश्यकता जनयुद्धबाट आएका माओवादी घटकको एकता जरुरी छ, कि छैन ?

पहिलो कुरा, देशका सामु देखा परेका चुनौतीहरूको सामना गर्न माओवादी घटकहरू एक हुन जरुरी छ । किनभने समावेशी, समानुपातिक सहभागितासहितको लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संवाहक भएको माओवादी शक्ति हो । यो व्यवस्थालाई भत्काउन प्रतिगामी शक्तिहरू एक भएर लागेका छन् । हामी यो व्यवस्थालाई सुदृढ गर्दै समाजवादी व्यवस्थाको आधार तय गर्नु छ । तसर्थ सम्पूर्ण माओवादी घटकहरूको एकता आजको आवश्यकता हो । दोस्रो माओवादी शक्तिसँगै सम्पूर्ण बाम शक्तिहरू पनि एक हुन जरुरी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा योगदान गरेका सबै लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनु आजको राष्ट्रिय आवश्यकता हो ।माओवादी घटकदेखि लोकतान्त्रिक शक्तिहरू एक हुन जरुरी छ ।

उदयपुरमा माओवादी केन्द्रले जितेका स्थानीय तह र वडामा माओवादीको दृष्टिकोणबाट काम भएको छ, कि छैन ?

उदयपुरमामाओवादी केन्द्रले आठ स्थानीय तहमध्ये तीन गाउँपालिका र केही वडाहरूमा जितेको छ । जितेका पालिकाहरूमा अन्य पालिकाको तुलनामा राम्रो काम भइरहेका छन् । माओवादी केन्द्रले जितेका पालिकाहरूमा विशेष गरेर जनताका जनजीविकासँग जोडिएका सवालमा काम भइरहेको छ । तपाईँ हामीले हेर्दा पनि प्रस्ट देखिने गरी काम भएका छन् । 

अन्त्यमा उदयपुरले जनतालाई माओवादी केन्द्रको तर्फबाट के सन्देश दिन चाहनु हुन्छ ?

माओवादी केन्द्र पार्टी जनताको पार्टी हो । जनताको पक्षमा सधैँ उभी रहन्छ । जनताका जनजीविकाका सवालमा सधैँ बोलिरहन्छ । जनताको पक्षमा उभिइरहन्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

लमजुङ ।  लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...

कुम्मायक गाउँपालिकाको बजेट खर्च ८२.७४ प्रतिशत

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...

राष्ट्रिय सभामा दुई मन्त्रीले प्रश्नको उत्तर दिने

समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने

आजका लागि कालीमाटीको थोक मूल्य सार्वजनिक, गोलभेँडा ५० रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...

२३ वर्षपछि टुंगियो भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गोविन्दराज जोशी दोषी, जग्गादेखि डलरसम्म जफत हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...

‘धैर्यताको परीक्षा नलिन’रास्वपा सांसद पुकार बमको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...

घाइते गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...

हुम्लाको स्याँडामा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी

हुम्ला । हुम्लाको  स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक ...

जडिबुटीमा जबर्जस्ती गाडीमा चढाउने तथा झोला तानेर दु:ख दिने ३२ जना प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...

भेन्टिलेटरमा गणेश नेपाली, भारत लैजाने तयारी अन्तिम क्षणमा रोकियो

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ। उनी हाल वीर अस्पतालको बर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending