Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

गुरुङको अध्यक्षतामा एनआरएनए दक्षिण कोरियाको कमिटी गठन

खबरडबली संवाददाता

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियामा संस्थापनलाई निरन्तरता कमिटी गठन गरिएको छ । निक ट्राभलमा भएको भेलाले विपिन कुमार गुरुङको संयोजकत्वामा राष्ट्रिय समन्वय परिषद् गठन गरेकाे हाे ।

 गुरुङ पूर्व वरिष्ठ उपाध्यक्ष समेत हुुन् । भेलालाई सम्बोधन गर्दै एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष विनोद कुँवरले संस्थामा देखा परेको समस्या समाधानको लागि आफूले निकै पहल गरेको तर अर्को पक्ष पन्छिएपछि कमिटी गठन गर्नुपरेको बताए । “संस्थाभित्रको समस्या समाधानको लागि हामीले निकै पहल गरेका थियौँ तर अर्को पक्ष तयार भएन । कोरियामा रहेका नेपालीहरुको हक अधिकारको पक्षमा लड्न कमिटी गठन गरिएको हो” कुँवरले भने । उनले सन् २००६ मा गठन भएको स्थापन भएको संस्थाको निरन्तरताको लागि कमिटी गठन भएको बताए । लामो समयसम्म नेतृत्व गरेका कुँवरले स्थापनकालदेखि हालसम्म एनआरएनए कोरियाको अभिभावकत्व गर्दै आएका छन्  ।

त्यस्तै भेलामा उपस्थित सचिव जुनु गुरुङले एनआरएनएको निरन्तरताको लागि कमिटी गठन भएको बताइन् । कमिटीको उपाध्यक्षमा महेश बजागाई, जित कुँवर तथा महासचिवमा प्रशान्तराज बानियाँ, सचिवमा अवदेश राज चौरासिया, सहकोषाध्यक्षमा मदन गौतम, युवा संयोजकमा अजय सोडारी, महिला संयोजकमा सोरी रानाभाट चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा युवराज गौतम, नरेश शर्मा, अविरल राम वुढाथोकी, विमला सुनुवार र गोबिन्द पोखरेल चयन भएका छन् । प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भएको सहमतिमा बद्री केसी समूहले कार्यान्वयन नभएपछि एनआरएनएको एकता भाडिएको थियो । केसी समूहले सहमतिलाई लत्याउँदै अघि बढेपछि आफूहरु कमिटी गठन गर्दै कुँवर पनि अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका हुन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक गठबन्धनका लागि भइरहेकाे खेलकुद जसपा विभाजनपछि समाप्त

माधव नेपालको बार्गेनिङ पावर समाप्त

श्रीमतीलाई चक्कुप्रहार गर्ने श्रीमान पक्राउ

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा श्रीमान्‌ले श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । दोगडाकेदार-२ कफलकोटका ३४ वर्षीय महेश महराले पत्नी ३२ वर्षीया ...

चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँको शंखरापुर नगरपालिका ९ बाट चोरीको मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ । पकउ पर्नेमा काभ्रेपलाञ्चोकको खानिखोला ...

बाल्यकालका स्मृतिलाई समेटेर अनिलले ल्याए नयाँ गीत 'सम्झ त्यो दिन'

काठमाडाैं । बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले 'सम्झ त्यो दिन' बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिक...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न...

संदिग्ध काश्मिर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या

काठमाडौं । भारत प्रशासित काश्मिरमा एउटा सैन्य ‘एस्कर्ट’ मा संदिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना ...

कीर्तिपुरमा यात्रुबस दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं ।  रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने  बा.३ ख. २०२७ नम्बरको  यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको छ।...

दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

तनहुँ । प्रसूति गराउनसमेत अन्यत्र जानुपर्ने भएपछि दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । यसअघि अस्पतालमा सामान्य शल्यक्रियासमेत नह...

विश्वविद्यालय स्थापना गर्नपाउने अधिकार कार्यान्वयन प्रक्रिया सुरूभयोः मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्ने पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया...

वीर अस्पताललाई भक्तपुरमा विस्तार गर्न आवश्यक बजेट उपलब्ध गराउँने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्वता

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भक्तपुरको दुवाकोटमा पहिलो चरणमा ५०० शय्याको मेडिकल कलेज र अस्पताल बनाउन आवश्यक बजेट उपलब्ध गराउने ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies