Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक स्वीकृतिपछि सुदूरपश्चिमका नागरिक खुसी

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत गरेपछि सो क्षेत्रका नागरिक खुसी भएका छन् । 

त्यहाँ स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गरेर गत जेठमा आन्दोलनमा उत्रिएका नागरिकदेखि यसका लागि विगत लामो समयलेखि लागिपरेका नीति निर्माताहरु पनि सरकारको यो निर्णयबाट खुसी भएका हुन् ।

विगत लामो समयदेखिको मागको सम्बोधन गर्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यसै हप्ताको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो ।

मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले सो विश्वविद्यालय विधेयक संसद्मा दर्ता गर्नका लागि स्वीकृति प्रदान गरेको हो । नेपाल सरकारले स्वीकृति प्रदान गरेपछि उक्त विधेयक अब संसद्मा पेस हुने भएको छ । संसद्बाट कानुन बनेपछि विश्वविद्यालय सञ्चालनमा आउनेछ । 

गएको जेठ १५ गते प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष २०८०र०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय शय्याको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा यस निर्णयका विरुद्धमा आन्दोलन सुरु भएको थियो । यहाँका नागरिक आन्दोलित भएपछि सुदूरपश्चिममा आमहड्ताल गरिनुका साथै विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रदेशसभा घेराउसमेत गरिएको थियो ।

नेपाल सरकारले यस वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सैद्धान्तिक सहमतिको व्यवस्था गरेको भए पनि बजेटमा गेटा मेडिकल कलेज नै भनेर आएपछि यसको विरोधमा सो क्षेत्रमा आन्दोलन भएको थियो । 

कैयौँ दिनसम्म आन्दोलन जारी रहेपछि डोटीबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेसहित सो क्षेत्रका सांसद एवं जनप्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कैलालीको गेटामा सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय सञ्चालन गर्न मागसहित ज्ञापनपत्र बुझाएको थियो । प्रधानमन्त्रीले सो विश्वविद्यालय स्थापनाको सुनिश्चितता गरेपछि मात्र आन्दोलन स्थगित भएको थियो । 

कैलालीको गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनमा लागेका पूर्वमन्त्री आलेले अब विधेयक संसद्मा दर्ता गर्ने कानुनी बाटो खुला भएको बताए । उनले भने, “विश्वविद्यालय सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीज्यूसँग हामीले पटकपटक छलफल गरेका थियौँ, ऐन ल्याउँदा विश्वविद्यालय बनाउने गरी ल्याउन दबाब पनि दिएका थियौँ, सहमतिबमोजिम नै सरकारले विधेयक दर्ता गर्ने स्वीकृति दिएको छ, अब जतिसक्दो चाँडै संसद्मा विधेयक दर्ता होस् ।”

यसअघि सरकारले गत माघमा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । गेटामा रु पाँच अर्ब लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवन निर्माण सम्पन्न भइसकेको भए पनि अहिलेसम्म सञ्चालन नहुँदा सबै भवन अलपत्र अवस्थामा रहेका डोटीका नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद यज्ञराज पाठकले बताए । 

उनले भने, “गेटामा मेडिकल कलेज बनाउने भनेर अर्बौंको लगानी गरी भवन निर्माण हुँदासम्म सञ्चालन नगरिँदा समस्या भएको थियो । अब मन्त्रिपरिषद्ले विधेयक स्वीकृत गरेपछि सञ्चालन हुने आशामा यहाँका राजनीतिक दलसहित आमनागरिक निकै खुसी भएका छन् । यो राम्रो काम भएको छ ।”

सुदूरपश्चिमका सांसद, राजनीतिक दलका नेता, आमनागरिक लगायतले लामो समयदेखि विश्वविद्यालय सञ्चालनका लागि माग गर्दै आएका थिए । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले विश्वविद्यालय निर्माणसम्बन्धी विधेयक स्वीकृत गरेसँगै अब जतिसक्दो चाँडै संसद्मा दर्ता गर्ने काममा लाग्न सरकारसमक्ष माग गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending