Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ

खबरडबली संवाददाता

चितवन । चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ गर्ने भएको छ । माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनिटरिङ’ गर्नका लागि क्यामेरा ट्यापिङ गर्न लागिएको हो ।

निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम ९ताल०को सहयोगमा यही असोज २५ गतेदेखि क्यामेरा ट्यापिङ गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आगामी कात्तिक २५ गतेसम्म क्यामेरा ट्यापिङको विधिबाट बाघको अवस्थाबारे जानकारी लिइनेछ । यसका लागि ६२ वटा क्यामेरा दुई वर्ग किलोमिटरको फरकमा जडान गरिनेछ । 

तीन ब्लकमा विभाजन गरी क्यामेरा ट्यापिङको काम गरिने उनले जानकारी दिए । एउटा ब्लकमा १७ देखि २१ वटा ग्रिड निर्माण गरी क्यामरा जडान गरिनेछ । एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरिने उनले बताए । बाघको सम्भावित क्षेत्रको अध्ययन गरी ग्रीड निर्माण गरिनेछ । टाइगर इकोलोजिकल मोनिटरिङ अफ सोमेश्वर हिल कार्यक्रमअन्तर्गत बाघको बासस्थान र अवस्थाको अध्ययन गर्न लागिएको हो ।

उनका अनुसार सन् २०१८ मा सो क्षेत्रमा तीन बाघ रहेको र सन् २०२२ मा यो सङ्ख्या बढेर आठ पुगेको छ । सोमेश्वर पर्वत माला र भारतको वाल्मिकी टाइगर रिजर्भ क्षेत्र पर्ने भएकाले यहाँ बाघको बासस्थान, आहारा र अवस्था कस्तो रहन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको हो । संरक्षणसम्बन्धी योजना निर्माणका लागि सहयोग पुग्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको तिवारीले जानकारी दिए ।

क्यामेरा ट्यापिङ्का लागि निकुञ्ज र तालका १५ जना कर्मचारी परिचालन गरिनेछ । ती कर्मचारीबाहेक अन्य अनुगमनको काम भने निकुञ्ज प्रशासनले गर्नेगरी काम गर्न लागेको हो । वन पैदावार प्रयोगका क्रममा राखिएका क्यामेरामा क्षति पुग्नसक्ने भएकाले सामुदायिक वनका पदाधिकारी, उपभोक्तालाई जानकारी गराइएको उनले बताए ।

निकुञ्जले आज एक कार्यक्रमको आयोजना गरी बाघको अध्ययनका लागि क्यामेरा ट्यापिङ विधिबारे जानकारी गराएको हो । कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुन, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, ताल कार्यक्रमका वाइल्डलाइफ बायोलोजिक शशांक पौडेल लगायतले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरको दुवाकोटमा केएमसी अस्पतालको सेवा, सुनील शर्माद्धारा उद्घाटन

भक्तपुर । दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको सेवा सुरु भएको छ । आइतबार आयोजित एक समारोहका बिच अस्पतालका सञ्चालक डा। सुनील शर्माले अस्पत...

अमेरिकी–इरानी तनाव : ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्...

राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा, महाधिवेशनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ले पदबाट राजीनामा दिएका छन्। गत २१ गते भएको प्...

हिमपात र असिनाको चिसोले १२ भेडा मरे

हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...

हिमपात र असिनाको चिसोले १२ भेडा मरे

हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...

अब एउटै विवरणका लागि छुट्टाछुट्टै फारम भर्नु पर्दैन : गृहमन्त्री अर्याल

ललितपुर। सरकारले एकीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह सुरु गरेको छ । ...

कुवेतमा अलपत्र परेका ३३ नेपाली साउदीमार्फत गन्तव्यतर्फ पठाइए

काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ। कुवेतस्थित नेपाली राजदूतावा...

राप्रपा र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने

काठमाडौं । प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्। उक्त सुविधा नपाउने दलहरूमा राष्ट्रिय प्रजातन्त...

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध ४६ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पोखरा क्षेत्रीय अन्तर्र...

नेविसङ्घको ऐतिहासिक योगदान कसैले बिर्सन सक्दैन : महामन्त्री घिमिरे

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएको छन् । ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: