काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ महाधिवेशन र विशेष महाधिवेशन पक्षधर समूहबीचको ध्रुवीकरणले पार्टीभित्र समानान्तर नेतृत्व र गतिविधि स्थापित भएको अवस्था छ।
१४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा हुन्। उनले उपसभापति पुर्ण बहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसपछि पुस २७ गते आयोजित विशेष महाधिवेशनबाट गगन ककुमार थापा सभापति निर्वाचित भए, जसलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको थियो।
तर आधिकारिकतासम्बन्धी विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ। निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै थापाले राजीनामा दिएपछि उपसभापति विश्वप्रकाश शर्माा बैठकको सभापतित्व गरिरहेका छन्। यसरी देउवा र थापा दुवै ‘सभापति’ दाबीमा छन् भने खड्का र शर्मा कार्यवाहक भूमिकामा सक्रिय छन्।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक पार्टी कार्यालयमा चलिरहँदा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसम्पादन समितिको बैठक छुट्टै स्थानमा बस्नुले विभाजनलाई थप स्पष्ट पारेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधता दिएपछि पुरानो कार्यसमितिले आधिकारिकता गुमाएको भए पनि देउवा–खड्का पक्षले अदालतमार्फत कानुनी लडाइँ जारी राखेको छ।
निर्वाचनपछि दुवै पक्षले आ–आफ्नै समीक्षा र संगठनात्मक गतिविधि अघि बढाएका छन्। देउवा नेतृत्व पक्षले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरिरहेको जनाएको छ। विशेष महाधिवेशन पक्षधर समूहले भने चुनावी पराजयका कारण र अन्तर्घातबारे समीक्षा गर्दै कारबाही प्रक्रिया अघि बढाउने संकेत दिएको छ।
दुवै पक्षबीच संवादको अभाव देखिएको छ। नेताहरूका अनुसार अनौपचारिक वार्ता भए पनि सहमतिको वातावरण बनेको छैन। अदालतको निर्णय नै अन्तिम निकास हुन सक्ने आकलन गरिए पनि तिक्तता बढ्दै जाँदा निर्णयपछिको एकता पनि सहज नहुने संकेत देखिएको छ।
यसरी समानान्तर संरचना र वैधानिक दाबीका बीच कांग्रेसभित्रको विवाद थप जटिल बन्दै गएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...
चैत्र १० गते, २०८२ - १९:४२
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन संवाद भएको जानकारी दिएका छन्। मोदीले सामाजिक सञ्जालमार्...
चैत्र १० गते, २०८२ - १९:३९
काठमाडौँ। झापाको दमक नगरपालिका–१० स्थित दमक एग्रिकल्चर फार्म प्रालिमा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झा...
चैत्र १० गते, २०८२ - १९:३५
काठमाडाैँ । इरानमा भएको युद्धका कारण तेल र ग्यास आपूर्ति बाधित भएपछि एसियाली देशहरूले अस्थायी रूपमा कोइलामा निर्भरता बढाएका छन् । यस क्षेत्रले आयातित ...
चैत्र १० गते, २०८२ - १९:३३
सिरहा । नेपाल खुला दिसामुक्त घोषणा भएको साढे ६ वर्ष बितिसक्दा पनि सिरहाको लहान नगरपालिकाका मुसहर बस्तीमा स्वच्छताको अवस्था अझै दयनीय छ । हावाहुरी, घाम...
चैत्र १० गते, २०८२ - १९:२९
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परिसरअन्तर्गत कीर्तिपुरको जंगल क्षेत्रमा मृत भेटिएका कागहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि कीर्तिपुर नगरपालिकाले सात...


प्रतिकृया लेख्नुहोस्: