Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

महिलाकाे पिडा किन दुख्छ स्तन ?

खबरडबली संवाददाता

काठमाडाैं । स्तनको दुःखाई त्यसको अवस्था हेरेर चिकित्सा क्षेत्रमा मास्टाल्जिया, मामाल्जिया र मास्टडेनिया नामले चिनिन्छ । महिलाको स्तनमा पीडा उत्पन्न हुनु प्रायः सामान्य घटना हो ।

स्तन दुख्दा त्यो सुस्तरी आउने र जाने हुनसक्छ, स्तन गह्रौँ र कडा भएको महसुस हुने, स्तनका तन्तुमा जलन हुने वा स्तन नरम परेको अनुभूति हुनसक्छ ।

स्तनको पीडा यदि रजस्वला चक्रसँग जोडिएको छ भने त्यसलाई सामान्य रूपमा लिइन्छ । यो अवस्था मास्टाल्जिया हो । स्तनको पीडा वा कडापना वा नरमपना ठीक स्तनमै हुनु पर्छ भन्ने छैन, यो कोखामुनि वा स्तन वरिपरिको अन्य कुनै भागमा हुनसक्छ । हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने स्तनको पीडाको अर्थ क्यान्सर नै हुन्छ भन्ने होइन ।

प्रायः अवस्थामा स्तनको दुःखाई दुवै स्तनको माथिल्लो भागमा उत्पन्न हुन्छ र कोखातिर फैलिन्छ । माथि नै भनिसकियो स्तनको पीडालाई प्रायः सामान्य नै मानिन्छ र यसको सम्बन्ध कुनै अन्य वा ठूलो समस्यासँग हुँदैन । लगभग ७० प्रतिशत महिलाले सामान्य कारणबाट आफ्नो स्तन दुखेको अनुभव गर्छन् ।

तैपनि स्तन दुख्नुका पछाडि कहिलेकाहीँ केही चिकित्सकीय वा अन्य कारण लुकेका हुन सक्छन् । ती निम्नानुसार छन्:
कस्टोकोन्ड्राइटिस

कस्टोकोन्ड्राइटिस एक प्रकारको बाथ समस्या हो । करङ र स्तन जोडिने स्थानमा यो समस्या आउँछ । स्तनसँग यो समस्या जोडिएको हुँदैन तर यसको पीडाले स्तन नै दुखेको जस्तो लाग्छ । पाको उमेर र बस्ने आसनका कारण यो समस्या बढी देखिन्छ ।

मास्टाइटिस

यो सङ्क्रमणले हुने गर्छ । स्तनमा हुने सङ्क्रमणले पीडा उत्पन्न हुन्छ । प्रायः स्तनपान गराइरहेका महिलालाई यो समस्या आउँछ, स्तनपान गराइरहेका महिलाको स्तनमा सरसफाइको कमीले सङ्क्रमणको जोखिम उच्च रहन्छ ।

थुनिलो भएमा बढी जसो महिलाले यो समस्या अनुभव गर्छन् । यस सङ्क्रमणले ज्वरो आउने, आलस्य लाग्ने, स्तन रातो हुने, दुख्ने लक्षण देखिन्छ ।

सिस्ट
स्तनको आकार विभिन्न खालको हुन्छ । सबै महिलाको स्तन एकै आकार प्रकारका हुँदैनन् । साथै केही महिलामा स्तन दुख्ने गर्छ भने केहीलाई खासै केही हुँदैन । महिलामा दुग्धनली वा ग्रन्थीको विकास हुँदा स्तनमा सिस्ट बन्ने गर्छ ।

स्तनको सिस्ट पानी भरिएका थैली हुन् । जो नरम वा कडा हुनसक्छ । यिनले पीडा उत्पन्न गर्न पनि सक्छन्, नगर्न पनि सक्छन् । रजस्वला अवधिमा यी सिस्ट ठूला हुन्छन् र महिला रजोनिवृत्तिमा पुगेपछि सिस्ट आफैँ हराउँछन् ।

औषधि

केही प्रकारका औषधिले समेत स्तनमा पीडा उत्पन्न हुनसक्छ । प्रजनन समस्याको उपचारमा प्रयोग गरिने औषधि, गर्भ निरोधक खाने चक्की, रजोनिवृत्तिपछि प्रयोग गरिने एस्ट्रोजिन र प्रोजेस्टेरोन हर्मोन औषधि, डिप्रेसनका औषधि, मुटुको उपचारमा प्रयोग गरिने केही औषधि, पिसाब लगाउने केही औषधि आदिले स्तनमा पीडा उत्पन्न हुनसक्ने देखिएको छ ।

असजिलो ब्रा

ब्राका कारणले पनि स्तनमा पीडा हुन्छ । धेरै चुस्त वा खुकुलो ब्रा हुँदा स्तन त्यसमा राम्रोसँग अडिँदैन । जसले गर्दा स्तन दुख्छ ।

स्तन क्यान्सर

प्रायः स्तन क्यान्सरले सुरुमा पीडा हुँदैन । यसै कारण महिलाले स्तन क्यान्सर सुरु भइसकेको सुरुमा चाल पाउँदैनन् ।

स्तनमा अस्वाभाविक गाँठो देखा पर्यो, पीडा उत्पन्न भयो, मासुको झुप्पा महसुस भयो, मुन्टाको रङ फेरियो वा रगतजस्तो देखियो भने तुरुन्त चिकित्सकको सेवा लिनुपर्छ । क्यान्सरले चर्को रूप लिएमा पीडा उत्पन्न हुन्छ । स्तनको पीडाबाट राहत पाउन हामीले केही घरेलु र व्यावहारिक उपाय अपनाउन सक्छौँ ।

घरेलु उपाय

-स्तनमा मिल्ने आकारको ब्रा लगाउने ।
-केफिन र सोडियम (नुन)को उपभोग घटाउने । चिया, चकलेट, कफी, हल्का पेय पदार्थ कम खाने ।
-चिल्लो कम खाने तथा फलफूल, तरकारी र अङ्कुरित खाद्यवस्तु बढी खाने ।
-उचाइ अनुसार शरीरको तौल कायम गर्ने ।
-भिटामिन बी६, बी१ र ई पाइने खाद्यवस्तु बढी खाने ।

सबै उमेरका महिलाले आफ्नो स्तनमा कहिलेकाहीँ पीडा महसुस गर्छन् । रजस्वला उमेर वा रजोनिवृत्ति दुवै अवस्थमा यो समस्या आउन सक्छ । रजोनिवृत्तिपछि स्तन दुख्ने समस्या बारम्बार हुन्छ भने तुरुन्त चिकित्सा सेवा लिन ढिलाइ गर्नुहुँदैन । तथापि अन्य उमेर समूहका महिलालाई पनि असामान्य रूपमा स्तन दुख्छ भने उपचारको बाटो समयमै खोज्न चिकित्सकले सल्लाह दिने गरेका छन् ।

सामान्यतया हर्मोन प्रणालीमा आउने परिवर्तनले गर्दा स्तन दुख्ने गरेकाले महिलाले आत्तिनु पर्दैन । रजस्वला, गर्भावस्था, स्तनपान वा रजोनिवृत्तिले हर्मोनको अवस्थामा उतारचढाव आउँछ । यसैले ती अवधिमै स्तन दुख्ने समस्या बढी उत्पन्न हुन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...

तीन जनाको हत्या आराेपमा पक्राउ परेका सार्वजनिक

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

म निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु: सभापति थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् । मधेश प्रदेश क...

रोचक बन्दै सिन्धुपाल्चोक–१, गठबन्धनविहीन प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

सिन्धुपाल्चोक । २१ फागुन नजिकिँदै गर्दा सिन्धुपाल्चोक–१ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। चिया पसलदेखि टोल–टोलका भेला, सामाजिक सञ्जालदेखि घर...

प्रचण्ड–विप्लव दोहोरी : वैचारिक विचलनको ‘ट्याग’

काठमाडौँ । १० वर्षे जनयुद्धका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारको नेतृत्व गरिरह...

प्रचण्डमाथि विप्लवको कडा हमला : ‘केन्द्रीय समितिकै आकारले कम्युनिष्ट आन्दोलन बदनाम’

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट आ...

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending