काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ । ३७ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स र एसटीडी नियन्त्रण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।
उक्त प्रतिवेदन अनुसार पाँच लाख २४ हजार ९० जनाको एचआइभी परीक्षण गर्दा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ भएको हो । पुरुषमा सबैभन्दा बढी एचआइभी पुष्टि भएको छ । पुरुषमा एक हजार ५२८ र महिलामा ८८१ जनामा र ६६ जना ट्रन्सजेन्डर एचआइभी पुष्टि भएको छ ।
एचआइभी पुष्टि हुनेमा १४ वर्ष मुनीका ७७ र १५ वर्षमाथी दुई हजार ३९८ जना रहेका छन् । केन्द्रका अनुसार सुईबाट लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, तेस्रोलिङ्गी एचआइभीको जोखिममा रहेका छन् ।
सन् २०२० मा भएको राष्ट्रिय सर्वेक्षण अनुसार नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरुमा तीन प्रतिशतका दरले एचआईभीको सङ्क्रमण रहेको पाइएको छ । यसैगरी, सन् २०१७/२०१८ मा भएका सर्वेक्षहरु अनुसार महिला यौनकर्मीहरुमा २.२ प्रतिशत र पुरुष समलिङ्गीहरुमा ६.२ प्रतिशतका दरले एचआइभीको सङ्क्रमण रहेको पाइएको छ । सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षण अनुसार भारतमा कामदार नेपालीहरुमा एचआइभीको सङ्क्रमण ०.२ प्रतिशत रहेको थियो ।
सरकारले ६३ जिल्लाका ९२ एआरटी केन्द्रबाट एन्टीरेट्रोभाइरस उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ । विभिन्न केन्द्रमा २५ हजार ७२८ जना उपचाररत छन् । उपचाररत सङ्क्रमित सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा छ हजार ७३५, लुम्बिनी प्रदेशमा चार हजार ८५२, मधेश प्रदेशमा चार हजार ३३२, सुदूरपश्चिममा तीन हजार ७२३, कोशी प्रदेशमा दुई हजार ४०३, गण्डकी प्रदेशमा दुई हजार ९६८, कर्णली प्रदेशमा ७१५ जना छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: