Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

पक्की विद्यालय भवन निर्माणले पठनपाठनमा सहज

खबरडबली संवाददाता

भोजपुर । भूकम्पबाट जीर्ण बनेको भवनमा पढ्दै आएका विद्यार्थीलाई पक्की भवन बनेपछि सहज भएको छ । पौवादुङमा गाउँपालिका–३ को पञ्चकन्या माध्यमिक विद्यालयमा पक्की भवन बनेपछि पठनपाठनमा सहज भएको हो ।

नेपाल सरकार तथा साउदी अरब सरकारको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको हो । १२ कोठा रहेको भवन भ्याटबाहेक रु तीन करोड २४ लाख लागतमा निर्माण गरिएको छ । भवन निर्माणका लागि रु पाँच करोडको बोलपत्र आह्वान भएको थियो ।

प्रधानाध्यापक रामकुमार राईले भूकम्पबाट जीर्ण बनेको भवनको ठाउँमा नयाँ भवन बनेपछि सहजता भएको विद्यालयका बताए । “भूकम्पले जीर्ण बनाएको भवनमा पठनपाठन गराउन समस्या थियो”, उनले भने, “अहिले सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन बनेको अवस्था छ, यसले हामीलाई पठनपाठन गराउन सहजता थपिएको छ ।”

भवन निर्माणले भावी दिनमा विद्यालयको शैक्षिक सुधारका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्न ऊर्जा मिलेको उनको भनाइ छ । “विद्यालयमा यो भवन बन्नु हाम्रा लागि गौरवको कुरा हो”, उनले भने, “यसले विद्यालयलाई थप हौसला मिलेको छ, अबका दिनमा गुणस्तर सुधारमा योजनाबद्धरुपमा थप काम गर्छौं ।”
नवनिर्मित विद्यालय भवनको गाउँपालिका अध्यक्ष किरण राईले उद्घाटन गरेका छन् । गाउँपालिका अध्यक्ष राईले धेरै समयको अथक प्रयासपछि नमुना भवन निर्माण गर्न सफल भएको बताए ।
    
“धेरै समयको मेहनतपछि नमुना विद्यालय भवन निर्माण गर्न सफल भएका छौँ”, अध्यक्ष राईले भने, “भवन निर्माणका लागि १७ महिना काठमाडौँका विभिन्न मन्त्रालय तथा कार्यालय धाएको छु, यो भवनका लागि हामीले निकै मेहनत गरेका छौँ ।”

गाउँपालिकाको शैक्षिक सुधारका लागि योजनाबद्धरुपमा काम भइरहेकाले यसबाट गुणात्मक परिणाम लिन सबै जिम्मेवार बन्नुपर्ने आवश्यक रहेको अध्यक्ष राईले बताए । गाउँपालिकाले प्राविधिकसँगै आधुनिक शिक्षामा जोड दिएको उनको भनाइ छ ।

गाउँपालिकाले पाएको कुशल नेतृत्वको कारण विकासले गतिलिएको भूतपूर्व विद्यार्थी सङ्घका सचिव काजीमान थापाले बताए । भूतपूर्व विद्याथीहरुले पनि विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्ने उनले बताए ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रुद्र राईले जिल्लामा नै नमुना भवन बनेको बताए । भवन निर्माणका लागि गाउँपालिकाले खेलेको भूमिका प्रशंसायोग्य रहेको उनको भनाइ छ । विद्यालयको शैक्षिक सुधारका लागि काम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईले जानकारी दिए 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरूषोत्तम यादवले दिए मानव अधिकार आयोगमा तीन घन्टा बयान

काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...

सुशीला कार्की सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...

बाँके २ बाट अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...

उम्मेदवारी मनोनयनअघि मन्त्री पदबाट राजीनामा दिने/नदिने निर्णय गर्छु : कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची, १७ अर्ब बराबरको ठेक्का रद्द

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित आठ जनाको मृत्यु

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...

गगन थापाले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर, अरु क-कसले गरेनन् ?

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...

नख्खु कारागारबाट फरार कैदीद्धारा ठमेलमा एक युवकको हत्या, रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...

बङ्गलादेशमा दासमाथि भएको घटनाको विरोधमा इनरुवामा प्रदर्शन

इनरुवा। बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending