Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

दुर्गा मूर्ति विसर्जनका क्रममा बेपत्ता भएकाको खोजी जारी

खबरडबली संवाददाता
लुम्बिनी । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनामा परेर दुइ जनाको मृत्यु भएको थियो भने एकजना हराएका थिए । कोटहीमाई गाउँपालिका–१ अमरगञ्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन् । सो दुर्घटनामा परेर हराइरहेका २० वर्षिय सन्तकुमार राजभरको खोजी कार्य भइरहेको र घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कोटहीमाई गाउपालिका–१ दुइमोहानघाट स्थित दानव खोलामा डुबेर मृत्यु भएका दुइजनाको शब खोजतलासका क्रममा हिजो नै स्थानीयले फेला पारेका थिए । उनीहरुको शव पोष्टमर्टमका लागि भैरहवा लगिएको छ । खोलामा डुबेर मृत्यु हुनेमा अमरगञ्जका २४ वर्षिय अजयकुमार नाउँ र १८ वर्षिय अजय राजभर रहेका छन् । मृतक नाउँ जिल्ला प्रहरी कार्यालय पाल्पामा कर्यरत प्रहरी जवान हुन् । दसैँ मान्न घरमा गएका उनी मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनको समीक्षा गर्न ढिलाइ गर्नुहुन्न : पूर्वमन्त्री गुरुङ

दोलखा। नेकपा (एमाले)का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एमालेले निर्वाचनको समीक्षा गर्ने काममा ढिलाइ गर्न नहुने बताएको छन्...

नेपालगन्जबाट लक्ष्यको ८० प्रतिशत राजस्व संकलन

नेपालगन्ज। पश्चिमका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले आठ महिनाको अवधिमा निर्धारित लक्ष्यको ८० प्रतिशतभन्दा बढी राजस्व संकलन...

बर्दिबासमा वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास। शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोक...

मध्यपूर्व सङ्कटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई। मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमे...

दाउन्ने सडकखण्ड रूपमा पूर्ण अवरुद्ध, वैकल्पिक मार्गसमेत बन्द

नवलपरासी । नवलपरासी पूर्वमा लगातारको वर्षाका कारण दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारको ६४ मोड ...

मोटरसाइकल मर्मतको पैसामा विवाद हुँदा सिरहामा झडप, ६ जना घाइते

सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा मोटरसाइकल मर्मतको पैसा नतिरेको विषयमा दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका छन्। जिल्ला ...

रुपनीमा सदा दम्पतिको एकै दिन निधन

सप्तरी। सप्तरीको रुपनी गाउँपालिकामा एकै दिन एक सदा दम्पतिको निधन भएको छ। गाउँपालिका-४, छपकी टोल बस्ने ७० वर्षीय फुलेश्वर सदा र उनकी ६५ वर्षीय पत्नी दु...

हुम्लामा यस वर्ष एसइईमा करिब १३ सय विद्यार्थी सहभागी हुँदै

हुम्ला। यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा हुम्लाका करिब एक हजार तीन सय विद्यार्थी सहभागी हुने भएका छन्। यसमा नियमित, पूरक र ग्रेडवृद्धि परीक...

एभरेष्ट चिनी मिलको ८९ दिनको उखु क्रसिङ सम्पन्न

बर्दीबास। महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले विविध चुनौतीका बाबजुद यस वर्षको उखु क्रसिङ सफलतापूर्वक सम्पन्न गरेको छ। गत पुस ७ गते सञ्चालनमा आएक...

वर्षापछि पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल । लगातार वर्षापछि खसेको पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान स्थित...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: