Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

एभरेष्ट चिनी मिलको ८९ दिनको उखु क्रसिङ सम्पन्न

खबरडबली संवाददाता

बर्दीबास। महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले विविध चुनौतीका बाबजुद यस वर्षको उखु क्रसिङ सफलतापूर्वक सम्पन्न गरेको छ। गत पुस ७ गते सञ्चालनमा आएको मिलले बिहीबार ९चैत ५ गते० राति २ बजेदेखि चालु सत्र ९२०८२/८३० को क्रसिङ औपचारिक रूपमा बन्द गरेको हो।

यस वर्ष मिलले न्यूनतम ३१ लाख क्विन्टल उखु क्रसिङ गरी करिब दुई लाख ७९ हजार क्विन्टल चिनी उत्पादन गर्ने लक्ष्य राखेको थियो। तर उखु अभावका कारण २८ लाख ५३ हजार १७८ क्विन्टल मात्र क्रसिङ गर्न सकियो, जुन लक्ष्यभन्दा करिब २ लाख क्विन्टल कम हो।

उद्योगका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार किसान आन्दोलन, मौसमी प्रतिकूलता, चुनावी व्यस्तता र ‘नो केन’ ९उखु अभाव० जस्ता समस्याले उत्पादनमा असर पारेको छ।

आर्थिक वर्ष २०८१/८२ सत्रमा मिल ९२ दिन सञ्चालन भएको थियो भने यस वर्ष उखु अभावका कारण ८९ दिन मात्रै सञ्चालन हुन सक्यो। निर्वाचन, सरसफाइ र उखु अभावका कारण क्रसिङ पटक–पटक प्रभावित भएको पनि ठाकुरले जनाए।

मिलको मुख्य उखु उत्पादन क्षेत्र महोत्तरी र सर्लाही भए पनि अपेक्षित उत्पादन नहुँदा लक्ष्य पूरा हुन सकेको छैन। महोत्तरीबाट २४ लाख क्विन्टल उत्पादन हुने प्रक्षेपण गरिएकोमा २२ लाख क्विन्टल मात्र प्राप्त भएको छ भने सर्लाही पूर्वी क्षेत्रबाट ५ लाख क्विन्टल उखु प्राप्त भएको छ।

चिनीको रिकभरी दर गत वर्ष ८।७२ प्रतिशत रहेकोमा यस वर्ष करिब ९ प्रतिशत पुग्ने अनुमान गरिएको छ। हाल क्रसिङ सम्पन्न भएकाले चिनी उत्पादनको यकिन विवरण केही दिनभित्र सार्वजनिक गरिने जनाइएको छ।

खरिद गरिएका उखुमध्ये फागुन २६ गतेसम्म २६ लाख ३२ हजार क्विन्टल उखुको एक अर्ब ६१ करोड ७२ लाखभन्दा बढी रकम १,१७४ किसानको खातामा भुक्तानी गरिएको छ। बाँकी रकम पनि एक साताभित्र भुक्तानी गरिने वित्तीय महाप्रबन्धक ठाकुरले जानकारी दिए।

समयमै भुक्तानी सुरु भए पनि किसानहरू उचित मूल्य नपाएको भन्दै असन्तुष्ट छन्। उनीहरूले उखुको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ७५० रुपियाँ कायम गर्न माग गर्दै मिल गेटदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए। सरकारले यस वर्ष प्रति क्विन्टल समर्थन मूल्य ६२० रुपियाँ तोकेको छ। ७० रुपियाँ अनुदान थपिएपछि मूल्य ६९० रुपियाँ पुगेको छ।

उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले उत्पादन लागत, अनुदान र बजार मूल्यबिचको असन्तुलन सुधार गर्न सरकारसँग माग गर्दै आएका छन्। उखु उत्पादक कृषक महासंघका केन्द्रीय सदस्य महाशंकर थिङले पनि कृषक समस्यालाई कृषि क्षेत्रको विश्वसनीयतासँग जोडिएको भन्दै नयाँ सरकारले सकारात्मक पहल गर्ने अपेक्षा व्यक्त गरेको छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र

कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट ठ...

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, ९ विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन...

प्रभु बैंककी सिबिओ रश्मी पन्त पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्...

सरकार र चिकित्सक संघबीचको वार्ता सकारात्मक, आन्दोलन अन्त्य हुने संकेत

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि जारी चिकित्सक आन्दोलन अन्त्य हुने संकेत देखिएको छ। सरकार र नेपाल चिकित्सक स...

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक: छ अर्ब ५५ करोडको कार्यक्रम पारित

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको ...

कर्णालीका मुख्यमन्त्री शाहीले लिए शपथ, मन्त्रिपरिषद् विस्तार भने रोकियो

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमु...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की अनुमोदित, दुई आयुक्तको नाम पनि सर्वसम्मत पारित

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा...

यी चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले आवश्यक नीति, निर्देशिका र मापदण्ड तयार नभएसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै प्रशासनका नाममा अन्तरिम...

विश्वकप लिग-२ : नेपाल र नेदरल्यान्ड्स भिड्दै, सन्दीप लामिछाने बेन्चमा

काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending