Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ

खबरडबली संवाददाता

गलकोट । दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् । बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन् । मोटरसाइकलमासमेत पुग्ने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ । दसैँं तिहारको समयलाई अहिले आन्तरिक पर्यटकको हिसाबले महत्वपूर्ण मानिँदै आएको छ । 

दसैँं तिहारको समयमा आन्तरिक पर्यटकले पर्यटकीयस्थल चलायमान हुने गरेको पाइन्छ । विदेशी सिकारी पर्यटकको रोजाइमापर्ने ढोरपाटन पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पनि पर्न थालेको हो । कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै पर्यटक आउने गर्थे ।  सडकमार्गको पहुँच र यस क्षेत्रको प्रचारप्रसारले दसैँंअघि र दसैँंपछि ढोरपाटनमा आन्तरिक पर्यटकको चाप देखिएको हो । 

दसैँं सुरु हुनुभन्दा अघि र दसैँंको टीकाको भोलिपल्टदेखि ढोरपाटनमा आन्तरिक पर्यटकको चाप बढी भएपछि होटल तथा घरवास भरिभराउ भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिए । 

“दसैँंको टीकाको पर्सिपल्ट ६० वटा भन्दा बढी चारपाङ्ग्रे सवारीसाधन ढोरपाटन पुगेका थिए, पर्यटकको सङ्ख्या ढोरपाटन सिकार आरक्षले राख्छ, तर अहिले ढोरपाटनमा खोलिएको २२ वटा भन्दा बढी होटल तथा घरबासमा पर्यटकले भरिएको छ, कतिपय पर्यटक ढोरपाटन नपुगेर बोबाङमै बास बसेका  छन्” कायतले भने “ढोरपाटनमा यो चाडवाडको समयमा अहिलेसम्मकै धेरै पर्यटक आएको अनुमान छ, यस्को मुख्य कारण प्रचारप्रसार नै हो ।”

कायतका अनुसार ढोरपाटनमा असोज १५ र १६ गते नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रिय बैठक आयोजना गरिएपछि धेरै स्थानमा ढोरपाटनको महत्वले थप व्यापकता पाएको छ । तीन दिनदेखि ढोरपाटनका सबै होटल तथा सामुदायिक घरबासहरु आन्तरिक पर्यटकहरुले भरिभराउ भइरहेको ढोरपाटन सामुदायिक होटलका सञ्चालक सुरज पौडेलले बताए ।

“कात्तिक लागेपछि दसैँंको दिनमाबाहेक मेरो होटलमा पाहुँनाको कमी छैन, अन्य होटल तथा सामुदायिक घरबासमासमेत लगातर तीन दिनदेखि भरिभराउ छ, यहाँका होटल व्यवसायी उत्साहित बनेका छन्, दसैँं र तिहारको याममा यति धेरै पर्यटक पहिलो पटक ढोरपाटन आएको हाम्रो अनुमान छ” पौडेलले भने “ढोरपाटनको प्रचारप्रसार र पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र टिकटकका कारण ढोरपाटनमा पर्यटक बढेको पाइयो, ढोरपाटनमा जनैपूर्णिमाको दिन सबैभन्दा बढी पर्यटक आउँछन् तर घुम्नका लागि दसैँंपछि निकै आन्तरिक पर्यटक आएको पाइयो ।”

पौडेलका अनुसार ढोरपाटनमा बागलुङसहित छिमेकी जिल्ला म्याग्दी, पर्वत, कास्की ९पोखरा०, गुल्मी, चितवन र नारायणगढ लगायतको स्थानबाट बढी मात्रामा पर्यटक आएको पाइएको छ । सिकार आरक्षमा सिकार खेल्न विदेशी पर्यटक दुई याममा ढोरपाटनमा सिधै हेलिकप्टरमार्फत आउने भएकाले ढोरपाटन उपत्यका आन्तरिक पर्यटककैभरमा छ । 

गत आर्थिक वर्षमा सात हजार ६ सय ४५ पर्यटक ढोरपाटन घुम्न आएका छन् । जसमध्ये जम्मा ७८ जना मात्रै विदेशी पर्यटक र अन्य सबै नेपाली पर्यटक रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । दसैँं तिहारमा फुर्सदको समयलाई सदुपयोग गर्नसमेत पर्यटकीयस्थलमा घुम्न जाने संस्कारको विकास भइरहेको छ । 

आन्तरिक पर्यटकहरु ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र सिकार आरक्ष कार्यालयको अवलोकनका लागि त्यहाँ पुग्ने गरेका छन् । त्यसमध्ये ढोरपाटन शिकार आरक्षभित्रैको जलजला पुग्ने पर्यटकको लर्को रहेको दसैँंको भोलिपल्ट ढोरपाटन घुम्न गएका आन्तरिक पर्यटक नारायण रिजालले बताए । 

त्यहाँ पुगेका पर्यटक घोडा सफारी र बाइकमार्फत जलजला पुग्ने गरेको रिजालको भनाइ छ । जलजलाबाट एक दर्जन हिम शृङ्खला देख्न पाइने उहाँको भनाइ छ । ढोरपाटनमा विदेशी सिकारी भने नाउर र झारलको वैधानिक सिकार खेल्न आउने गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending