विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेसँग छलफललाई तिब्रता दिएका छन् । सोमबार एमाले नेताहरूसँग छलफल गरेका कार्कीले अहिले सरकारमा सहभागी दलकै सरकार निरन्तर हुने सङ्केत गरे ।
असोज २७ गते एमालेका ३९ र नेपाली काँग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री चयन भएका कार्कीले सरकार गठनमा पनि त्यहीँ अनुसार अगाडि बढ्ने अडान लिएका छन् । कोशी प्रदेशको अङ्क गणितले एमाले बाहेकको सरकारले काम गर्न नसक्ने बताउँदै उनले सरकारलाई प्रभावकारी बनाउन एमाले चाहिने धारणा राखेका छन् ।
नेकपा एमाले कोशी प्रदेश सभाका प्रमुख सचेतक रेवतिरमण भण्डारीले सोमबारको छलफलमा सम्पूर्ण विषय टुङ्गो नलागेको बताएका छन् । मंगलबारको छलफलमा सरकारमा मन्त्रालयको भागबन्डा देखि न्यूनतम साझा कार्यक्रम लगायत विभिन्न विभागको समेत टुङ्गो लाग्ने बताए । केही दिनभित्र मन्त्रालय बिस्तार हुने बताउँदै भण्डारीले अब प्रदेश सरकारले गति लिने विश्वास व्यक्त गरे ।
कात्तिक १ गते एमाले, काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले कार्कीलाई विश्वासको मत दिएका थिए । केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्री कार्कीलाई एमाले विनाको मन्त्रिपरिषद् विस्तार गर्न निरन्तर दबाब दिँदै आएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बारम्बार एमालेलाई सरकार छाड्न आग्रह गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: