काठमाडाैं । जाजरकोट र रुकुम पश्चिममा शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैरआवासीय नेपाली संघले राहत सामग्री हस्तान्तरण गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बागान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो ।
राहत सामग्री वितरण गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले भूकम्पको कारणले सिंगो देश लगायत विदेशमा रहेका नेपालीहरुको मन दुखेको बताएका छन् । उनले विदेशमा बस्ने नेपाली दाजुभाई दिदी बहिनीहरुको गाँस काटेर संकलन भएको सानो सहयोग भूकम्प पीडित समक्ष ल्याउन पाउँदा सन्तोष मिलेको बताए । उनले सन् २०१५ मा गएको महाभूकम्पमा समेत गैरआवासीय नेपाली संघले ५ सय भन्दा बढी स्वयं सेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको स्मरण गर्दै जाजरकोट र रुकुम पश्चिमको पुर्नर्निमाणमा समेत विदेशमा बस्ने नेपालीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
यस्तै संघका महासचिव गौरीराज जोशीको नेतृत्वमा रुकुम पश्चिम पुगेको संघको टोलीले स्थानिय सरकारको समन्वयमा मंगलबार विहान राहत सामग्री वितरण गरेको छ । सो टोली तीन दिन लगाएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो ।
संघका महासचिव गौरीराज जोशीका अनुसार भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा गैरआवासीय नेपाली संघको तर्फवाट भूकम्प पीडित घरपरिवारहरुको लागि राहत सामग्री हस्तान्तरण गरिएको हो । संघले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी, १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ ।
यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामाग्री वितरण गरिएको हो । यसअघि संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षमा बसेको आकस्मिक बैठकले न्यूनतम १ करोड रुपैयाँको राहत कोषको स्थापना गर्ने घोषणा गर्दै भूकम्प प्रभावित क्षेत्रमा खट्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेको थियो ।
राहत सामाग्री वितरणको संघका अध्यक्ष डा. केसी र महासचिव जोशीसहित उपाध्यक्ष राज रेग्मी, महिला उपाध्यक्ष रोजिना प्रधान, उपमहासचिव प्रविन गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्षद्धय कृष्ण तिमल्सीना, अभिमन्यू बस्नेत लगायतको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...
जेष्ठ १३ गते, २०८३ - १९:४२
कैलाली । घोडाघोडी नगरपालिका–१० मा निर्माण हुने नमुना सभाहलको १ करोड रुपैयाँ बजेट स्थान विवादका कारण फ्रिज हुने जोखिममा परेको छ । वडाध्यक्ष विजयराज ...
जेष्ठ १३ गते, २०८३ - १९:३८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको...
जेष्ठ १३ गते, २०८३ - ०८:२२
एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...
जेष्ठ १३ गते, २०८३ - ०८:२०
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...
जेष्ठ १३ गते, २०८३ - ०८:१८
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...
जेष्ठ १३ गते, २०८३ - ०८:१६
काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...
जेष्ठ १३ गते, २०८३ - ०८:११
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...
जेष्ठ १३ गते, २०८३ - ०८:०५
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...
जेष्ठ १३ गते, २०८३ - ०८:००
तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...



प्रतिकृया लेख्नुहोस्: