काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबिच पाँच वर्षको सम्झौता भएको छ ।
पोखरामा आयोजित एक भव्य कार्यक्रमबिच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो । यसअघि २०८१ भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो ।
त्यो सम्झौताको केही समय बाँकी नै रहँदा नै ब्रिजले सन्दीपसँग सम्झौता नविकरण गर्दै थप पाँच वर्षको लागि सम्झौता गरेको हो । ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरी र सन्दीप लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरे।
ब्रिज इन्टरनेशनलका सिइओ भुवनले सम्झौता पाँच वर्षको रहेको र नेपालको खेलकुद इतिहासमै एकै पटक यति लामो समयमको लागि सम्झौता भएको यो पहिलो पटक भएको बताए । भुवनले सन्दीपसँग पहिलो पटक सम्झौता गर्दा त्यो गर्वको क्षण रहेको र फेरि सम्झौता गर्न पाउँदा धेरै खुशी लागेको पनि बताए।
‘‘हामीले करिब दुई वर्ष अघि सम्झौता गरेको थियौँ । कति छिटो समय बित्यो पत्तै भएन । फेरी हामीले पाँच वर्षको लागि सम्झौता नविकरण गरेका छौँ, उनले भने, ‘‘हाम्रो सहकार्यलाई अझ धेरै समय निरन्तरता दिनका लागि हामीले केही समयअघि नै सम्झौता नविकरण गरेका छौँ ।’’
भुवनले सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई चिनाउने काम गरेको र सगरमाथा र गौतम बुद्धपछि नेपाललाई चिनाउने फरक क्षेत्रको व्यक्ति सन्दीप नै रहेको बताए।
कार्यक्रममा नेपाली क्रिकेटलाई ग्रासरुट स्तरमबाट विकास गर्ने लक्ष्यका साथ राइजिङ एण्ड साइनिङ विथ एस २५ कार्यक्रम समेत घोषणा गरिएको थियो । जसअनुसार हरेक प्रदेशमा प्रतिभावान खेलाडीको खोजी गर्ने र कम्तीमा पाँच जना खेलाडीलाई स्कलरसिप दिने योजना छ ।
यस्तै ब्रिज कन्सल्टेन्सीका चियरम्यान महेश गिरीले सन्दीपसँग सम्झौता भन्दा एउटा टिम स्पिरिडको भावना रहेको बताए। सन्दीप ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाएको थिए।
उनले ७३ खेलमा उक्त उपलब्धी हासिल गर्दै अस्ट्रेलियाको मिचेल स्टार्कले ७७ खेलमा बनाएको कीर्तिमान तोडेको हो । यस्तै सन्दीपको नाममा ओडिआईमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान पनि छ ।
कार्यक्रममा सन्दीपले दुई वर्षअघि आफू कठिन समयमा हुँदा ब्रिज इन्टरनेसनलले उठाउने काम गरेको भन्दै यो सम्झौता मात्र नभएर परिवार जस्तै भएको बताए। ‘‘म कुनै समय कठिन अवस्थामा हुँदा लडेको बेला उठाउने काम ब्रिजले गर्यो । यो सम्झौताले मलाई जुन जिम्मेवारी दिनुभाछ । त्यो अटुट सम्बन्धको रुपमा लिएर जानेछौँ ।’’
यस्तै सन्दीपले ब्रिज इन्टरनेसलन नेपालकै नम्बर वान कन्सल्टेन्सी भएको र आफूलाई विश्वास गरेर फेरि पाँच वर्षको लागि सम्झौता भएकोमा आभार व्यक्त पनि गरे। ‘मलाई तपाईँहरुले यो जिम्मेवारी दिनुभाछ । म जब नेपालको प्रतिनिधित्व गर्छु सधैँ नेपाल र नेपालप्रति लोयल हुनेछु ।’
सम्झौता कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, प्रदेश सांसद टिका माया बस्याल, डाइरेक्टर अफ ग्लोबल बिजनेस एन्ड रिलेसन्स एन्ड्रु होपकिन्स, एनआरएनएका प्रवक्ता सोमप्रसाद सापकोटा, नेपाल स्कुल स्पोर्ट्स फेडेरेसनका महासचिव राजकुमार कार्की लगायतले सन्दीपले नेपाली क्रिकेटमा गरेको योगदान र उहाँले नेपाललाई विश्वमा चिनाउने काम गरेको धारणा राखेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...
आषाढ़ ६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्। शुक्रबार भएक...
आषाढ़ ६ गते, २०८३ - १४:४७
बर्दिया। बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरमा कर्णाली नदीमा अस्थायी बाँध बाध्न गएका एक जना डुबेर बेपत्ता भएका छन् । नहरमा पानी ल्याउनका ल...
आषाढ़ ६ गते, २०८३ - १४:३३
सर्लाही। सर्लाहीको बागमती नगरपालिका–७, मा बागमतीखोलाले बगाएर एक बालक बेपत्ता भएका छन् भने अन्य तीन जना भने सकुशल बाहिर निस्कन सफल भएका छन् । बागमत...



प्रतिकृया लेख्नुहोस्: